च्याब्रुंग (के) उत्पति र इतिहास

2840

च्याब्रुंग (के)बाजाको उत्पत्ति  बिषय मा चर्चा गर्दा  बिभिन्न कथन इतिहास अनुसार  प्राचिन कालमै  भएको  हो र त्यसैले यो याक्थुंगबा लिम्बु हरु को पुरानो पौराणिक बाजा हो ससारमा  सबै जाति समूह हरुको सामुहिक आचारण अनुसार  आ-आफनै  किसिम को  भाषा धर्म  सस्कार  सास्कृतिक परम्परा कला साहित्य रिथिरिवाज  चलचालन हरु क्रमिक रुपमा  सबैको छ र बिकास पनि गर्दै आएको हुन्छन| यहि अनुरुप  लिम्बु   याक्थुंगबाज जाति हरु को पनि बिकाश हुने  क्रम मा आफ्नो बाजाको रुप (के ) च्याब्रुंग समय अनुकुल बिकाश गर्दै ल्याएको यसरी क्रमिक वा जुनै तरिकाले पनि ( के) च्याब्रुंग बाजाको  उत्पति र बिकाश भएकै हो|         

च्याब्रुंग (के) बाजा बनाउदा आविस्कार तथा निर्मणकर्ता को -को थिए? कसरी बनाए? 

बाजाईवाले हगुसिंग नु पेंगु    (लाम्पाते र खामारी) देखाई दिएर न लादेनहंग र फुंगदेनहंग हरुले सो रुख ढाली टुक्रा बनाएर(केसमी) अथवा बाग को छाला मोरि (के ) च्याब्रुंग बाजा बनाएको चर्चा गरेको छन् यहाँ बर्णन मुन्धुम मा आधारित देखिन्छ|

अर्को  उत्पति धनकुटा मा र त्यस वरिपरी च्याउरुंग नृत्य शीर्षकमा यसको उत्पति कसरि भयो र किन भएको यसको नामकरण भएको बारेमा कथा(सत्रु) बाघ भालुहरु  सग जनजीबनको रक्षा को निम्ति बाजा (के) च्याब्रुंग बजाई भेटघाट र भेला हुन सजिलोको लागि यो बाजा (के ) च्याब्रुंग को रचना गरिएको बर्णन  गरेका छन् लिम्बु याक्थुंग हरुको मुन्धुंम मा चर्चा छैना |             

आदिमवासी लिम्बु जातिको संक्षित परिचय अनुसार (बाजाईबाले) फेदांगमा हरु को सल्लह र उपाय अनुसार(लासेमी) भएको ठाउ मा गोइ  लासेमी लाई ( के) च्याब्रुंग बनाइ मागे लासेमिले (हंगु सिंग नु पेंगे सिंग) लाम्पाते र खामारी रुख ढाली गीड़ेर खोपी धोंद्रो बनाइ मृग को छाला तन्काइ बासको सुइरो बनाई  पाग्रा उनेर  राखी बनाएको भनि च्याब्रुंग (के) बनाउने विधिमा मुन्धुम सग जोडिएको छ|              

च्याब्रुंग (के) सोधुँगेन लेप्मुहांग ले लाधकहांग र नाम्धकहंग  लाइ च्याब्रुंग (के) बनाउनु लगाएर उनि हारुले लेख सिन्योकेन् मुदेंन  तर्फ लाधकहंग ले(धुपी सिंग) को र औल (तेम्मेंन वारक) तर्फ नाम्दक हंग ले (हंगे सिंग नु पेन्गे सिं) लाम्पात्ते र खामारी को (के) च्याब्रुंग बनएको थिए लाधकहंग र नाम्धकहंग हरुले (लाम्पाते खामारी ,धुपी) रुखहरु बाट (के) च्याब्रुंग बनाएको मुन्धुम सग जोडिएको छ |     

च्याब्रुंग (के) को उपत्ति को बिषयमा (केसामी र नामसमी ) कथा को मुन्धुम बाट जोडिएको छ र प्रथम पटक च्याब्रुंग बनाउने कै रुपमा भन्न थालिएको छ र  यसरि नै लिम्बु याक्थुंगबा हरुको (सस्कर सस्कृति परम्परा मौलिक पहिचान) अनुसार (के)च्याब्रुंग को निर्मार्ण बिकाश अनुसार मुख्य यी दुइ व्यक्ति  (केसामी र नाम्समी) हरु  बाट निर्माण भएको हाम्रो लिम्बु को (सम्जिक मुन्धम) पाइन्छ| सेवारो सेवारो सेवारो  (के) च्याब्रुंग को उत्पति बारेमा मैले (जाने सिके) जति  लेखेको छु यो मुन्धुम हरु लोप भएर नजाओस भनेर नहारोस जीवित रहिरहोस भनेर लेखेको छ| 

  • नोगेन रो
  • धन्यबाद
  • thank you
  • भुमि सौदेन लिम्बु
  • ताप्लेजुंग सिकैचा फावाखोला