आदी मानव मुजिक्ना खेयङ्नाका पुत्र सावायुक्पुङ गेम्बा( सुसुबेङ लालाबेङ वा सुसुलिलिम) का छोरा सुच्छुरू सुहाम्फेबा र छोरी तेत्तलारा लाहाङदङ्गना चेली माइती हाडनाता भए पछि जम्मा सत्र जनासम्म सन्तान जन्माए र एक दिन लाहाङदङ्गनाले बडारदै जाँदा उनीहरूको पाल्तु कुकुर बडार्ने ठाँउबाट उठेना र कुकुरलाई लाहाङद्ङनाले कुचोले हिर्कायो जसै कुकुरको कम्मर भाचियो र सकि नसकि कुकुर पंचदेवहरूकोमा उनीहरू कु कृत्य समेत खुलाई जाहेरी गर्यो । उनीहरूको पाल्तु कुकुरको उजुर मुताबिक उसबेलाका समाज तथा पंचदेव भनेका खाम्बोङ लुङबोङ सा र अन्य जीवजनावर तथा चराचुरूङ्गी नै उसबेलाका समाज तथा पंचदेव थिए र उनीहरूकै निर्णय अनुसार सुहाम्फेवा र तेलरा लाहाङद्ङना लोग्ने स्वास्नी सगै बस्न नपाउने भए उनीहरू छुट्टिनु पर्ने भयो यसै समयमा उनीहरूले पंचदेव मार्फत यसरी बिन्ती गरे । हामी कुटुनी को अपराध कामले हामी भलँखाडोमा परेछौ । त्यसकारण हामी छुट्न तयार छौ, तर, यी हाम्रा छोराछोरीहरू मात्र बराबर बाँडी दिनुहोस् भनेर विन्ती गरे । सुहाम्फेबा र लाहाङदङ्नाको त्यस्तो संयुक्त विन्ती सुनेपछि सत्र जनामा एक जना कसरी बाड्ने सिङ्गो दिन नमिल्ने चिरे मरिजाने गम्भिर भई निष्पक्षरूपले बाँडी दिनलाई पंचदेव एकजुट भएर पञ्चशक्तिले (सुन चादीको ) चाल्नु बनाई सो चाल्नुमा राखेर चाल्दा चाल्नुबाट छिरेर तल झर्ने जति आमा लाहाङद्ङनाको भाग र माथी अडिने जति बाबुको भाग भनि राय बाँधेर पञ्चशक्तिले एउटा चाल्नु बनाई सो चाल्नुमाथी सबै छोराछोरी राखी चाल्दा छोरैछोरा आठजना छिरेर तल झरे, र आठ जना माथी अडियो र एक जना छोरी चाही माथी पनि अडिएना तल छिरेर पनि झरेन । जव आठ दिन पगेपछि मात्र छिरेर तल झरेपछि आमा लाहाङद्ङना भएकोमा जाँदा मेरो भागमा होइनस् । तेरो बाबु जहाँ छ उही जा भनेर बाबु भएको ठाँउमा पठाइन् । आमा भन्ने बाबु भएको ठाँउमा जा भन्ने फेरी बुबा भने आमा भएकोमा जा भन्ने यसरी आमाबुबा दुबै पट्टि नगई तागेरानिङ्वाफुमा माङको लक्लुमा गई (माङवा सिरे केथुक्मा सिभाक्या मीभोक्वामा भई तागेरानिङ्वाफुमा माङको लक्लुमा गई बस्न लागे । त्यसलाई नेपालीमा कान्छी बिजुवानी भन्छन् सामसोधा मुन्धुम अनुसार त्यसरी अड्किएको सन्तान बुबाले चाल्नो माथीबाट तान्ने र आमाले चाल्नीमुनीबाट तान्ने दुवैले उक्त सन्तानलाई तानातान गर्दा उक्त सन्तान च्यातिएर मर्यो उसलाई भिरमा लगेर फ्याके त्यहीबाट सामसोघ (मुयाराजा) बस्ने भिमकाय बिशाल टुनिको रूख उम्रियो पनि भनिएको पनि पाइन्छ ) । त्यसरी चाल्नुबाट चाल्दा माथी अडिने आठ जनाहरूको नाम यस प्रकार छ ।
- सुदुक्यु खेदुक्यु फेदाङमा
- फुजिरी फुकाप्पो सिदुई फेक्वाङ फेदाङमा
- सावारा साम्बा,
- आवागो साङलाङगोवा,
- सिभाकयमी येवा,
- आवागो साङलाङगोवा,
- नेत्तियाफु येवा,
- लाअंसी नाअंसी ।
यी माथीका सिभाक्यामी फोक्वामा वाहेक आठजनाहरू चाल्नी माथी अडिएकाहरू बाबु सुहाम्फेबाको भागमा परेकाले यो पृथ्वीको माटो माथी बस्न नपाउने हुँदा सुहाम्फेबाले सोधुङगेनलेम्मुहाङ तेम्बे ( मुरिङला खारिङला तेम्बे) मा लिएर गई आफू सहित बस्न लागे । माङमावा सिरे केथुक्मा समेतलाई जोडेर नौ जना पुर्याई त्यसलाई पेगी फाङहाङ भन्न लागे । अब ती नौ जना पनि देवलोकको देवबंशी नभई यो पृथ्वी तलकैमा नवजाति हुँदा सावायेत्हाङको रक्षार्थ भई आठ राजा तथा सावायेत्हाङबंशीहरूको धेरै पुस्तापछिबाट यो पृथ्वीकै माटो माथी नै आए ।
चाल्नोबाट छिरेर तल झरेका आठजनाहरूको नाम यस प्रकार छ:-
- मिक्नुसो लुम्माहाङ,
- सेसेरा उपाहाङ,
- माङमासो माङओलहाङ,
- लालासो पाङबोहाङ,
- मुधिङ्गे सांलेक्वाहाङ,
- साउन्दु उन्दुहाङ,
- सगिम्सो समिहाङ,
- सेन्छेने सेनेहाङ ।
माथीका आठ जनाहरूको पनि यो माटो माथी जन्मेर पछि चालनीमाथी चाल्दा फेरी यही पृथ्वीको माटो माथी झरेकाले सृष्टीका सुरूआतमा लाहाङद्ङनाको भागमा परेका छोरा आठ जनाले सबभन्दा पहिले आफ्ना पाइला राखेकाले सृष्टिको सुरूआतमा यही मुनाले लेप्तुबा (मनातेम्बे) सिन्योक मुदेन तेम्बे तिब्बतको सम्म भू भाग उत्तरी भेग बाट पृथ्वीको माटोलाई सुहाउने अथवा पृथ्वीको माटो ढुङ्गा खोलानाला रूखपात पशुपंक्षी सवैको मालिक भई राजकाज गरी भोग चलन गरी खाई बस्ने मानवमा सबै भन्दा जेठो सावायेत्हाङहरू नै हुन् । अत: यिनै सावायेत्हाङका सन्तानहरू नै यथार्तमा सुसुलिलिम याक्थुङहाङ औ तुत्तु तुम्याहाङ जाति हौ । यसरी फेदाङमा, साम्बा, येबा तथा सावायेत्हाङहरूको उत्तपति भएको मुन्धुम रहेको पाइन्छ ।