याक्थुङ मौलिकता अन्तर्गत सिसेक्पा तङ्नाम् (साउने संक्रान्ती)

2016

साउने संक्रान्तीलाई याक्थुंग पान मा भाषामा सिसेक्पा तङ्नाम् भनिन्छ । साउने संक्रान्ती पर्व याक्थुंगबाहरुकोमहान चाड मध्ये एक हो मुन्धुम छोटकरी लेखेको

पहिलानै मानव सृष्टि हुदा विकास परिवर्तन साथै मानव धेरै जातिमा अलग अलग भएर बाडियो| तागेरा निवाफुंग मांगले मेंछ्यंग याम्मी बनायो अनि मानवले जात बनायो। मुन्धुम:

ओछोन याक्थुङ लाजेमा पान मेंदाङना ले कुराकानी नमिल्दा झागाड़ा मात्र गर्न थाले।शोधुङ्गेन् तेम्भे
मेन्छाम याक्मी पोक्मे देन मा नराम्रो सस्कार संस्कृति भएकोले त्यस ठाउ बाट एक समुह मानिसहरु
छुट्टीएर सिन्युक्ना लाजे अहिलेको चाहि तिब्बत र लिम्बुवान को छेउमा पुग्यो।त्यहाँ पुगेपछी त्यस भित्र एउटा शक्तिशाली राजाको जन्म भयो राजाको नाम माङ्हाङ थियो। र माङ्हाङ्को राज्यमा एक समय ठुलो अनिकाल लाग्यो र राज्यमा जनता भोग भोकै मर्न थालेको राजाले भोकै मरेको देख्न थाल्यो| खाने कुरा हरुपनि सक्यो बन जङ्गल सबै खडेरी लागेर केहि रहेना।स त्यो साल कुनै बरन गर्नै नसकिने अनिकाल लाग्यो । राजा माङ्हाङलाइ दिनरात पीर लाग्यो ।तर माङ्हाङ सेवा माङ्साम धार्मिक मानिस थिए राजा धार्मिक ब्याक्तित्व हुनाले दिनरात माङ्सेवा पुजा गर्न थाल्यो ।एक रात सुतेकोबेला माङ्हाङ्लाई तागेरानिङ्वाफु/युमा माङले सपनामा आएर दर्शन यसरी दियो | मेरो धेरै सेवा प्रार्थना गर्नु भयो म खुशी छु त्यसैले भोलि बिहानै उठेर आफ्नो राज्यको सबै खेतबारीमा गोएर हेर्नु त्यहाँ खानेकुराहरु पाकेको हुन्छ ल्याएर खानु जनताहरु को जीवन् बचाउनु त्यसरी भन्यो।भोलि बिहानै माङ्हाङ उठेर आफ्नु राज्यको खेतबारीमा साच्चै भट्मास सिमि पुरै पाकेर खाउ खाउ लाग्दो देख्यो ।पुरै हरियाली फर्सी, काक्रा ,इस्कूस मकै,बर्खे धान अनेकौं थरीका फालेको थियो ।माङ्हाङ्ले सबै जनतालाई बोलाएर अब यो तागेरानिङ्वाफु/युमा माङ्को देन हुनाले सबै चिजबिज सफा राम्रो सिरुको पातलाई बाटेर डोरीमा उनेर घर घरमा दैलोमा झुन्डाएर तागेरानिङ्वाफु/ युमा माङ्सेवा गर्नु अनि खानु सक्रान्ति आइज मंग्रान्ति जा सहकाल आइज अनिकाल जा भनेर नाङ्लो ठटाएर अगुल्ठो सग दोबाटो साम पुरियाउनु है भनेर भन्नुभयो। त्यसरी भने पछि सबैले त्यसै गर्न थाल्यो। त्यसै गर्दै जादा पछि एउटा राम्रो संस्कृति हुन गयो र पर्व मनाउन थालीयो साथसाथै अहिले सम्म मनाईदै छौं।त्यस् समय देखि याक्थुंगबा हरुले सिसेक्पा तङ्नामलाई बोडि भटमास पाकेको तङनामको रुपमा मनाउन्दै आएको बिश्वास गरिन्छ । याक्थुंगबा हरुले बिशेशको अवसरमा नै चाड मनाउंदै आएकाछन ।जस्तै: चाप फुल्ने याममा कक्फेक्वा तङनाम,आरु फुल्ने याममा याक्वा तङनाम , भट्मास,सिमि पाक्ने बेला सिसेक्पा तङनाम र पैयु फुलेको बेला चासोक तङनाम यसमा याक्थुंगबा हरुले फुल फुलेको मौसमलाई विशेष ध्यान दिदै आएको छ । याक्थुंग समुदायमा फुलको कति महत्व छ भन्ने कुरा यहिबाट स्पस्ट हुन्छ।
नोगेन रो सेवारो
भुमि सौदेन लिम्बु
याभालुंग फावामा