
लिम्बुवानमा दुई सभ्यताको बिकाशको अभ्यासमा युमा साम्यो नै किन ? हजारौबर्स देखि यिनै माटोमा आफ्नो जीवन रोप्दै योहि माटोमा हाम्रा पुर्खाहरुले सभ्यताको बिकाश गरे।आफ्नो खुन पसिनाहरु बगाउदै यिनै माटोमा खोरिया भस्मे फाडेर मलिलो उर्भुरा भुमी बनायो । युमाले यहि सृष्टि गरि भस्मे फाडेर खान र बाच्न सिकाइन।अनि यिनै भुमिमा चेतनशिल प्राणी भै बाचन र खेली रमाउन सभ्य समाजको बिकाश र सम्रक्षणको लागि संस्कार संस्कृतिको बिकाश गरे । तर यिनै समाज ब्यबस्थाको रितिथिती संस्कार संस्कृतिहरु लिम्बुहरुको राज्य राजनिती उथलपुथल भए पछि रितिथितीहरुमा विभिन्न परिस्थितिहरु बाध्य्ताले जालो बुन्दै गयो लिम्बुहरुमा राजा राय हुदै शुभा सुभांङी को दम्भ थियो भने गाउँ गाउँ र थुमथुमको मेला बजारमा लाक्पा खेल्ने चलन थियो र जुन केटि मन पर्यो त्यो जबरजस्ती बिहे गर्ने प्रवृत्ति थियो त्यसरी आफ्नो छोरी चेली जबरजस्ती बिहे गरेको अनि त्यहि दुस्मनी भएकोहरुले नै आफ्नो छोरी चेली लगेर बिह गरेकोले त्योही रिस फेर्न पनि कसेर रित सुनौली रुपौली लिनु थाले बिस्तारै त्योही प्रथा बसेर गयो त्योही प्रथाले लिम्बू समाजमा निकै ठूलो असर देखा पर्नु थाल्यो भने राज्य र राजनिती शक्ति हरण भए पछि लिम्बुहरु खानपिन र रमाइलोमा भुलिनु थाले त्योही उनिहरुमा संस्कार बसेर गयो । किनकी त्यो उनिहरुको बाध्यता थियो राज्य शक्ति आर्यहरुको अधिनमा गई सके पछि लिम्बुहरु आर्थिकसामाजिक हिसाबले कम्जोर भई सकेका थिए।समय काल बित्दै गए पछि त्यो रिति थिती संस्कार संस्कृतिहरु फाल्गुनन्दको उदय पछि कुरिती कुंसस्कार हुन गयो किनकी फाल्गुनन्दको लिम्बू समाज सुधारको नाममा लिम्बुहरुलाई आफू प्रती प्रभाव पार्नु यिनै संस्कार संस्कृती माथी हस्तक्षेप गर्नु थियो भने योहि सुत्र गुरु मन्त्र थियो । लिम्बुहरु पनि त्यो बोझले थिचिन्दै थियो त्योही फाईदा उठाउदै फाल्गुनन्दले लिम्बू समाजको सुधारको नाममा लिम्बुहरु लाई हिन्दु बनाउदै नयाँ सभ्यताको थालनी गर्दै थियो र हिन्दु जस्मुनी मत लाइ लिम्बू दर्शनको नाममा हिन्दुकृत गर्दै आआफ्नो आगनमा खाल्टो खनाई आगो बालेर लिम्बुको मुन्धुम पढी हिन्दुको बिधिले लिम्बुहरुको मौलिक संस्कार संस्कृतिहरु अगोमा पोलाउदै लिम्बुहरुलाई नयाँ दिशामा निर्देशन गर्दै लानु थाल्यो र आफ्नो मौलिक सस्कार संस्कृती लाई घृणा गर्दै जानू थाल्यो भने लिम्बुहरुको मुन्धुम विद तुतुतुम्याहाङ येबा साम्बा फेदाङमाहरुलाई कुदृस्ठिले हेर्नू थाल्यो।र आफुलाई हाङसाम साम्यो (शिव मार्गी ) भन्न थाले।जब फाल्गुनन्दको अन्त्य भयो त्यस पछि अन्धाधुन्ध आत्मानन्दको उदय पद्मम सुन्दर लावती र चन्द्र कुमार सेर्माको राजनिति मिलेमतोमा झुठो भबिस्यबाणी गर्दै लारुम्बाको डाणामा २०५८ सालमा मान्छे भेला गरि सानू गुरु देखि ठूलो गुरु भएर भक्तहरुलाई भोट बैङ बनाई लारुम्बालाई लिम्बुहरुको धार्मिक स्थल भनी राजनितिर धर्मको ब्यापारी केन्द्र बनाउदै खाडल खनी चामल पोलेर लिम्बुहरुको मौलिक संस्कार संस्कृती पोल्ने ठाउँ बनाई मानव तस्करिको एजेन्ट बनी अत्मा ब्यपारि बने।जो हिजो फाल्गुनन्दले लिम्बू समाजलाई सुधारको नाममा लिम्बू नया सभ्यताको अभ्यासको शुरु गरेको थियो । त्यस्ले लिम्बुहरुलाई सुधारको नाममा बिगार गर्दै लिम्बू समाज बिभाजनको बीउ रोपिएको थियो र लिम्बुहरुको मौलिक सभ्यताको अन्त्य हुँदै थियो । त्यो आत्मानन्दको पालामा बिकाशको चरम सिमा पुगि लिम्बू समाजलाई बिभाजित बनाई हाङ्साम साम्यो बाट किरात धर्म बनी लिम्बुहरुलाई बिल्कुलै हिन्दु बनाउदै थियो।हिजो हाम्रा बाजेका पालाकाहरुले मौन बिरोध गरे केही बोल्नन । हाम्रा बाबू काकाहरुले जे भए नि दाजुभाई हुन जे गरोस हाओ दाजुभाई हुन रिसाउछन भनी केही बोलेनन । तर आज हाम्रो पालामा किन बोल्नै पर्ने भो र बिरोध नै गरि मैधान मै किन उत्रीनु पर्यो त । किनकी यिनिहरुले आफू खुशी जे पायो त्योही जहाँ पायो त्यही मनपरी गर्नु थाले । हुदा हुदा हाम्रा ऐतिहासिक धार्मिक र मुन्धुमी स्थलहरु सब अतिक्रमण गरि कब्जा जमाउनु थाले भने मौलिक सभ्यताको अस्तित्वहरु नस्ट गर्नु थाले । प्राकृतिक पुजक लिम्बुहरु लाई मुर्ती पुजक बनाउनु थाले माङहिमको नाममा शिव मन्धिरहरु बनाउनु थाले।सर्ब सृस्टि कर्ता युमा माङ लाई पार्बती बनाउनु थाले पुरुष शक्तिको थेबा सामलाई शिबजी बनाउनु थाले । लिम्बू समाजलाई बिभाजन गरि कुटुम्ब नै नचल्ने बनाई पानी अचल नै जस्तो बनाई दिए त्यसैले मौलिकबादि सचेतहरुले उनिहरुलाई त्यसो नगर्न आग्रह गरियो लिम्बू समाज लाई धर्म बिभाजन होइना एकता गरौ भन्ने सल्ल्हा सुझाव दिईयो तर बदलामा उनिहरुले हामिलाई चुनौती दिए।के रिस गर्छस सक्छस भने तेरो मौलिक अस्तित्व बचाएर देखा तेरो मौलिक्ताको बारेमा सोच चिन्ता लि । तेरो मौलिक्ताले खानु दिन्छ ? हामी किरात धर्मिहरुको चिन्ता चासो नलि।त्यस पछि त्यो चुनौतिहरुले हामिलाई चुनौती दिई बाध्य बनायो । हामिले हाम्रो मौलिक अस्तित्व बचाउन हामिले आफै केही गर्नै पर्ने देखियो| सत्तेहाङ किरात धर्म लारुम्बाले लिम्बुको भाषा लिपि प्रयोग गर्दैमा हाम्रो मौलिक अस्तित्व जोगाउदैना यस्ले पोलि खान्छ अलिली भएको बेची खान्छ ।यिनिहरु अब मौलिकतामा कहिल्यै फर्किने छैना ।अब विश्व मौलिकबादी लिम्बुहरु एक हौ । हाम्रो मौलिक सभ्यताको अस्तित्व जोगाउ भनि विश्व मौलिकबादी लिम्बुहरु लाई आवाहान गरि योहि प्रेणा र चुनौती बाट हामिले मौलिकबादिहरु खोजी गर्दै संघठित बन्दै सबैले आफ्नो पेट र परिवारको छाक काट्दै २०७४ साल माघ २२ गते जिल्ला प्रशासन कार्यलय सुनसरिमा युमा साम्यो महासभाको दर्ता गरि बिधिवत रुपले संस्था थालनी गरिएको थियो । त्यस पछि झन जिम्मेवारी र कर्तव्यहरु थपिन्दै गए । संस्था दर्ता गरेर मात्र हुदैना संस्था दर्ता गरे पछि अधिबेशन गर्नै पर्यो युमा साम्यो खडा भए पछि कामहरु गर्नै पर्यो तुतु तुम्याङ येबा साम्बा फेदाङमाहरु हाम्रा सम्मानित हुन । हाम्रो मौलिक संस्कार संस्कृतिको धरोहर पैत्रिक सम्पती हुन । त्यसकारण उनिहरुको सम्रक्षण र सदुपयोग गर्नै पर्यो । धर्म हराए दर्शन हराउछ । भाषा हराए ईतिहास । संस्कार हराए सस्कृती हराउछ बोङ्स हराए जाती । त्यसैले मान्छेको भाषा धर्म संस्कार र संस्कृती हराए पशु जस्तै हुन्छ । तर हामिलाई धर्म भएर मात्र पनि हुदैना रहेछ धर्म भए पछि दर्शन चाहिन्छ दर्शन भए पछि विधि बिधान त्यसैले युमा धर्म मुन्धुमर दर्शन बिषयक अन्तर्राष्ट्रिय गोष्ठी २०७५ साल बैशाख १६/१७/१८ सम्पन गरिएको थियो । फेरि धर्म र विधि बिधान भएर मात्र भएना त्यसलाई संचालन गर्ने र निर्देशन गर्ने चाहिन्छ । त्यसैले युमा धर्म मुन्धुम र दर्शन बिषयक दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन पेगिफाङ्साम येबा साम्बा फेदाङमाहरुको बिश्व सम्मेलन २०७५ पुस २६/२७/२८ गते धरानमा सम्पन्न गरिएको थियो ।। बास्तबमा यसो गर्नुको मुख्य उध्येश्य नै फाल्गुनन्दको नया सभ्यताको अभ्यासले लिम्बुहरुको मौलिक सभ्यताको अन्त्य गरि हिन्दु मिक्स लिम्बू सभ्यताको बिकाश हुँदै थियो । त्यसैले आफ्नो मौलिक लिम्बू सभ्यातको बिकाश र राम्रक्षण गर्नु हाजारौ बर्ष पुरानो युमा धर्म फेरि ब्युताउनु पर्ने भएको थियो जुन दुई सभ्यताको अन्त्य र सुरुवात हुने होडबाजिमा हामिले आफ्नो पहिचान र अस्तित्व जोगाउनु थियो । किनकी फाल्गुनन्द देखि आत्मानन्दले लिम्बुहरुको मौलिक संस्कार संस्कृती आगोमा पोलाउदै थियो जसरी ॐनन्द भक्त कुमार राईले राईहरुको तिनचुला उखेलेर नौरंगी रेखा भित्र बाईबललाई निस्विइ भनी बान्तवा भाषामा प्रभुको महिमा येसुको भजन सुनाउदै थियो ।। तर फाल्गुनन्दलाई बाध्यता भए पनि आत्मानन्दले हिन्दुको विधि हटाई लिम्बुहरु धार्मिक एकता गर्नु सक्थ्यो तर त्यसो गरेना झन कठोर हिन्दुकृत भएर गयो । यो नै लिम्बू बिभाजनको मुख्य कारण बन्यो ।
।।। ए~तागेरा~ए ~निवा ~ए ~फुमा ए ! युमाङ ~सेवारो ।।। Sunday 24 Feb 2020
बिकेन्द्र पालुङ्वा बिकेन (BIKEN)
ताप्लेजुंग फुङ्गलिंग नगर पालिका दोखु घुमाउने
हाल झापा शिबगन्ज पाथिभरा चोक




