युमा उत्पत्ति बारेमा

1184

युमा याक्थुङ्गबा हरुको प्रमुख धार्मिक देबी हो युमा सर्ब ब्यापी हुन्छिन याक्थुङ्गबा हरु विश्वास गर्छन उन लाइ तागेरा निङ्गवाफुमांग पनि भनिन्छ|बिभिन्न समयमा विभिन्न स्वरूप धारणा गर्ने बहुरुपी गुण उनीमा हुन्छ र बिश्वास पनि छ | युमा ले याक्थुङ्ग सन्तानको उत्पत्ति पोरोक्मे र यम्फामी बाट गराइन पोरोक्मे यम्फामीले माटो साक्मिक्ला पाक्मिक्लाको खारनी तागेरा निवाफु को अहि र पानि आदिबाट याक्थुङ्ग मनुस्य बनाए पाछि उनि संरक्षण लागि युमा हर हमेशा साथ दीइन उनका सन्तान हरु फैलिएर बिभिन्न ठाउँमा पुगे |उनि ति आफ्नो सन्तान को रक्षा को खातिर समय समयमा आफ्नो सन्तान बसोबास गरेको ठाउँमा हेरचार गर्ने गर्थिन |याक्थुङ्ग मुन्धुममा उल्लेख भएअनुसार युमाको बारेमा समय चर्चाको बिषय रोचक भनाइ र सान्दर्भिक हुन्छ |युमा सर्बप्रथम उनले मानब उत्पति गरेको अनुसार त्यो ठाउ मांगजिरी मांगकेवेतामा देखा परिन त्यो ठाउलाइ मुना लेप्तुबा मुना तेम्बे भनिन्छ |यो ठाउ लाइ कसैले मंगोललिया त् कसैले चीनको याक्सिंयांग नदीको मैदानी भाग पनि भनिन्छ र खासमा तेम्बे भनिन्छ| अनि युमा सिन्युक लाजे चिनमा देखापरिन त्यस समयमा त्यहा को शक्तिशालि राजा कन्देन्हांगले अर्कै पहिचान गरि पुजा आराधना गर्यो |त्यस क्षेत्रको (सिचुवान )मा सुनुको सुनुयुमा रानीको आंगमा चढेर राज्य गरिन |त्यहा उनको आराधना भयो |त्यस बेला (युमा साम्यो) युमा धर्मा फैलिएर उत्तर को मंगोलियनर दक्षिणको नेपाल पश्चिम तिब्बत सम्म पुग्यो |पूर्व मा तत् समुन्द्र थियो |त्यसपछि मुदेन लाजे तिब्बत पुगिन | त्यहा ठाउमा मुक्केगुवालाइ उनले शक्ति दिई तिब्बत लाइ अदिनमा लिई शासन गर्न सफल बनाइन त्यहा मुक्केगुवाका छोरा लाशाहांग को पालामा( बौध धर्म )को ब्यापकता हुन् आटेको थियो र युमा धर्म त् पुरानो हो|सृष्टी सगै उत्पति भइ तिब्बतलाइ अदिनमा लिई बसेको थियो |त्यस समयमा (युमा धर्म र बौध धर्म )को लडाई सुरु भई युमा धार्मि लाशाहंग लाइ लामामत धारिहरुले हत्या गर्न पुगेका थिए | त्यस पछि तिब्बतमा(युमा धर्म )को प्रवाब कम हुदै गयो|र फक्तांगलुंग , सेन्चेनलुंग , सेवालुंग ,चेन्जेन्लुंग,हिमालहरु काटेर बिशाल पोखरी (वाइलासो फुल्लासो ) पुगिन त्यो पखरी लाइ आफ्नो शक्ति दुवारा निकास गराई सो भू -भाग मानब बसोबास योग्य जमिन बनाइन|साथै त्यस जमिनमा (युमा धार्मिक) आफ्नो सन्तान युमा अनुयायी मांगजारि मांगयाक्थुंग सा हारु बसे युमा ले राखिन |उनको साथमा एउटा साथि (सबा ) बादर पनि थियो |बादर लाइ पोखरीको पानीलाई निकाश गर्न भनेको थिइन् तर बादरले सकेना अनि आफै निकास गर्न पुगेका थिइन् | र त्यसै गरेर यादाक्कुम सेवाचंग हावायुंग हावा पांग्फे केसाङ्गलुंग नाम्सालुङ्ग नाम्साफांगफे कोक्मा येच्छिरी येत्वादो पुगिन येच्छिरी यात्वादो लाइ (सप्तकोशी बराहक्षेत्र) भनिन्छ |लाइक्कुम फांगफे ताखोक्सा तेम्बे (मदेश)मेचिया कोचिया फांगफे हुदै त्यहा बाट ताखोंग तेम्बे हुदै मांग माओरंग हंगको देश अत्यमा यासोक पुगिन त्|त्यहा तत्कालिन राजा माबोहांगले उनलाई देखेको थियो |र युमा अन्तिम पटक ताक्ताको माबोहांग चेम्जोग खल्बलिया चैजिते पहिचान गरेको थियो |यसै क्रममा तम्मोर खोला याक्थुङ्ग हरुकै अनुसार युमा याक्थुङ्ग लाजे लिम्बुवान र (मुना तेम्बे )तिब्बत चीनको बिभिन्न समयमा आवत जावत गर्थिन |उक्त समयमा उनले साम्लुप्पी फुरुम्बोमा भैसीको बागल पनि उत्पत्ति गराएर छाडेको थियो |तिर्खा लागेर पानि उमारेर पिएको (मित्लुंग )नजिकै थुन्से बिसाएर मांगयुंग नजिकै तान बुनेको यस्तै मुरिंगला खेरिंगला नामसंगओती इत्यादि धेरै छन् | अरु रहेको यसमै मा थप गरेर लानेछु नोगेन रो

  • भुमि सौदेन लिम्बु
  • ताप्लेजुंग सिकैचा याभात्लुंग फावामा (फावाखोला)