- पहिला सत्य युगमा बारकका देउता माँग ( लेक्वादोमा सुम्वादो ) खोलाको किनार तुङ्गहिक तेम्बे लाहिक तेम्बे नाम्हिक तेम्बे मा बस्थियो | उसको तिन जना छोराहरु थिए | छोराहरुलाई अंश गरिदिदा कान्छा छोरा कहिँ खेल्न गोएको थियो |खेल्न गोएको समयमा छोरा कान्छा लाइ अंश छुट्टीयाउन बिर्सिएछ |खेलि सके पछी घर आयो बाबुलाई अंश सोध्यो ? बाबुले भन्यो छोरा कान्छ तिमि लाइ अंश छुट्टीयाउन बिर्सिएछ | मलाइ दुख लागेको छ त्यसैले म तिमीलाई शक्ति बरदान दिन्छु | तिमि बराहक्षेत्र देखि याक्थुङ्गलाजे फक्ताङ्ग कुम्मकर्ण खुरु खुरु नौ फन्को लगाउनु | नौ फन्को लगाई सक्दा तिमीलाई याक्थुङ्गलाजेको दाजुभाईहरुले हौ हौ हौ हुँ हुँ हुँ दाजुभाई हो भनेर बोलाउदा बोल्दछन | अनि तिमीलाई मानमनितो गर्छन | अनि दुंग दुंग थेबा को शक्ति तिमीलाई होस् भनि मेरो आशिर्बाद बारकका देउता ले भन्यो |तिमीलाई चाहिने (के गप्ला) च्याब्रुंग, याक्थुङ्ग जातिले बजाउने (खो)ढाल तिम्मक ,बन्दुक थाङ्गचेप्पे ,तरवार , निसा रातो सेतो , तरमा कालो सेतो ( चामल को कोदोको ) ६४ वटा साङ्गफे खेचिंगसे को लिङ्गो ५ वाटा (चबेक) बनाइ सिङ्गजागो फुल थोक्फेक्ला को फुल या लालुपातेको फुल चिंग चिंग चुलेत्रोको रुख को हागाको गुदी मेरिहेम्बाङ्ग रातो सेतो पहेलो धागो (नेप्खे )टोटोलाको फुल यद्रामा लगाएर लङ्गमु चामल को भात्ति क्याबो फापर भाले ,बोका तिन बर्स पालेर राखेर याक्थुङ्ग लाजेमा मान मनितो गर्नेछन |तिमीले उनीहरुको नाता सन्तान मा ज्ञान बुद्धि धनसम्पति बढाई दिनु भनि तिमीलाई मेरो आशिर्बाद अब भयो है भनि बाबुले भने |
- बाबु को अर्ति सुनेर उनि याक्थुङ्ग लाजे लागे| चतारा धरान हुदै सर्दु खोला चिउरीबास सागुरी भन्ज्याङ ,धारा पानि ,लेउती खोला , उखु डाडा, हुदै मुलघाट ,बाख्रे खोला ,उकालो तेङ्गगो म नाला, आमगाछी ,घुमाउने चौतारा , धनकुटा , मार्गाथान, सल्लेरी, देब्रेबास , गुरुसे ,खंयुबास हुदै हिले देखि बाया ,पर्खिबास , डिकुरे दियाले , माङ्गमाया , लेगुवा कवा,पिलुवा,दुम्मकट्टा सातटारे,गंद्पानी , कत्ले भन्ज्याङ,हुदै तुम्लिंगटारदेखि सतिघाट,साङ्गखरियो ,बाह्रबिसे ,हुदैकोसिया स्वचिक हेन्छीङ्गगो ,यङ्गलागो काटारिये सिकवादेन लुक्यु जुवारी हेफाबुंग हुदै फाकखाङ्गवा लिम्बु याक्थुङ्ग लाजे मा पुगेर उसले त्यहा हौ दाजु भाई हरु को को छौ ? भन्दै बोलायो |तर कोहि पनि बोलेना यसरि कोहि नबोल्दा उसले मोक्केदांग सावाँ ,फोयांग सावाँ, मादेन सावाँ,थलंग सावाँ, चाङ्गबाङ्गा सावाँ,देशी सावाँ,सुलुम सावाँ भनि नाम राख्यो |त्यसपछी फाक्खंवा खोला हुदै उकालो हंगहंगसे को दाना हेर्दै लुङ्गसुफेको बाटो हुदै उकालो बासेत्छेर पुनाम्ला हुदै खंगखंग लुंङ्ग इवत लुङ्ग हुदै उकालो पिचेक्पा कान्दया पप्पा हुदै याक्थुंग हरु याक्थुङ्ग लाजे आउदा यो जग्गामा बास बस्दा ढुंगा फुटेको ठाउ मा च्य्यापटो ढुंगा सिउरेर ढुंगा झुण्डाएरको जुन दुंगा अझै पनि छनै भन्ने प्रमाण छ |त्यो बाटो हुदै उकालो जलजले डाडा काटी खोला सिर काटेर ओरालो झर्यो |सिरिबुंग हुदै हर्कटे भैसे साम्तोंग ,नेवा खोला तरेर फुंग फुंग युफिबुंग साइंगलुपा याक्थुंग लाजेमा आइ बोलायो हौ हौ हौ दाज्यु भाइ हरु को को छौ हौ ? त्यहा कोइ पनि बोलेना र थोप्रा चिवातेन तंग हरुमा माथि उठान नसक्नु भनि सरापी राख्यो |फेरी घुम्दै मांङ्गलक्सु हुदै हंगफाबुंगका याक्थुंगहरुलाई बोलायो त्यहा पनि बोलेना नियोंग हंग हरुलाई झिगा जस्तो भंकिन्नु भनि राख्यो फेरी घुम्दै फाकुम्बा याक्थुङ्ग लाजे आएर बोलायो फागो सुरुथुम्बा मिक चा चा बा भानु स्वार्थ मात्र हेर्ने भानिराख्यो|त्यहा बाट नेरुवा खोला तरेर् हुइयाक्मा सेत्लोरा हंगथाना ढुंगे सागु हात्तिखेवा याक्थुङ्ग लाजे आइपुगेर त्यो ठाउमा हौ हौ हौ दाजुभाई को को छौ हाउ भन्दै बोलायो त्य पनि कोहो बोलेना |यसरि नबोलदा मास्वातांग लुक्पा कुष्ट होस् भन्दै उकालो साजेप्पा थेगु घुमेरे गोर्जा टार हुदै थुम्के चागे भिर आएर नाच्न थाल्यो |त्यस ठाउँ लाइ तुंगदुंग नाचेको ठाउ भनिन्छ जुन ठाउ हाल चागे सोबुवा मा पर्छ त्यहा नाची सकेर दोभान मैवा खोला उकालो सान्थक्रा सुलाम्फी डाडा खाम्लुंग मा ,लिंगतेप मा अनलोङ्गमा ओख्राबो याक्थुङ्ग लाजे पुगेर त्यहा बोलायो हौ हौ हौ हुँ हुँ हुँ दाजुभाई को को छौ हाउ त्यहा पनि कोहो बोलेना ओख्रबोलाई मिक चिल्लेक्पा भनि राख्यो त्यस्सपछी थिंगलाबो पुग्यो त्यहाँ पनि बोलायो बोलेनन् एफेंग साफेंग नाम राखेर उकालो चड्योा ( सुम सुम लादेन )पान्तोलुंग ) ढुंगा याक्थुङ्ग लाजे पुगेर मादेन सग थर याक्थुंग हरुलाई बोलायो | केहि उत्तर आएना थुक्कीम्मा हुदै नाल्बो गाउ पुगेर बोलायो त्यहा पनि कोहि बोलेना |उसले नाल्बो नबो फुले भनि सराप्यो ||लांगखु किलिंग ,चाङ्गगा घुम्दै ओरालो आयो |मिकवा खोला सिगेंगवा हुदै मिकवा तरेर उकालोलिबांग याक्थुङ्ग लाजे पुगेर बोलायो त्यहा पनि उत्तर आएना |लिबांग लाइ लकातक तिम्बा नाम राख्यो त्यहा बाट थालंग याक्थुङ्ग लाजे आइपुग्यो र त्यहा पनि कोइ बोलेना |फुंग फुंग देन घुम्दै सिंगफुंग तेल्ला चंग हुदै सावाँ याक्थुंग लाजे आएर साँवा हरुलाई हौ हौ हौ हुँ हुँ हुँ दाजुभाइ हरु को को छौ हौ भन्दै बोलायो त्यहा सावाँ याक्थुङ्ग हारुले को हौ यसरी बोलाउने भन्दै बोले हामि यहा छौ भन्दै उत्तर दिए |उसले भन्यो म तुंगदुंग देउता हाउ भने आङ्गमा तुंगदुंग तेबा साम्मांग बराहकोखा माँग कुस्शा फोकवाबा म तुंगदुंग देउता हुंग भनि परिचय दियो थान्छिंग म नौ फन्को घुम्ने म तुंगदुंग देउता हुंग मैले बोलाउदा बोलाउने लाइ याक्थुङ्गबा दाजुभाई हरुलाई दिर्ग आयु दिन्छ बल बरदान दिन्छु जान धन दिन्छु | म घुम्दै हिड्ने हुंग भन्यो त्यस समयमा (मादेन छोंग ) सावाँ ले सोध्यो तिमीलाई के के चाहिन्छ ?अघि बाबुले भनेको सबै चिजबिज हरु बतायो |यसरि नै मलाइ मान मनितो गर्यो भने चिताएको सबै पुग्छ भनी राख्यो | सावाँ थर याक्थुंग हरुले बोका र भाले तुंगदुंग देउता को नाम राखे | त्यहाँ देखि फुंग फुंग हुदै थिलिचंग पोक डाडा हुदै चारंगदेन लामाबगर सेमुक्तु मुक्तुबो फक्तांगलुंग घुमुकन तम्मोर खोला खियाचंग उच्च टुप्पोमा युमा सग भेट भयो |अनि बनदेउता बजु सग भेट भएर त्यहा बाट मिकवा खोला फुंगफुंगदेन हुदै मैवा खोला जलजले डाडा बासांगलुङ्ग देखि गोरुजुरे मेंछ्यांग ,थेगु नुनडाकी ,चित्लंग, पोखरी, मैदाने , हुदै यांगसिंगचंग , हिदंगला, फेक्सिंग , बैदिया , फाखोंग, अलैचिए, बाह्रबिसे , संख खरिया , तुम्लिंग टार, कत्ल भन्ज्याङ, सतिघाट, सातटारे, खहरे मा मानमनितो गर्ने पहालमान फेदंगमा ले गरे |त्यहा बाट पिलुवा ,केवा, लेगुवा , मांग माया , दियाले ,पाख्रिबास , हुदै जलहरा,बेलहारा , याकचनाघाट, उखु डाडा, धारापानी , सागुरी भन्ज्याङ, चिउरीबास , सर्दुखोला ,धररान चतरा बहरक्षेत्र, देखि बरहकोखा झर्यो|उसलाई पहिला मान्ने जागोता भागोता (मादेन छोंग ) सावाँ फेदांगमा ले मान्यो | एक्कु संग्फे सम्मु राखेर तिन बर्ष पुगेको उधौली कार्तिक मंगसिर महिनामा मा फेदांगमा साम्बा येबा ले नौ फन्को मुन्धुम बाचन गरेर बराहक्षेत्र कोखामा पुरिएर पुजा सम्मप्त गर्छन |उभौली चैत वैशाख महिना मा फेदांगमा साम्बा येबा हरुले मुन्धुम नौ फन्को फुंगफुङ्गदेन थिलिचंग पुरियाएर पुजा सम्मप्त गर्छन | यसरी नै सावाँ थर बाट याक्थुंगबा हरुको तुंगदुंगे उत्पत्तिको मुन्धुम आउछ | मैले सुने अनुसार को मुन्धुम
- नोगेन रो याक्थुङ्ग पान बाट मुन्धुम लेख्ने छु
- भुमि सौदेन लिम्बु
- ताप्लेजुङ सिकैचा ८ ओसे यभात्लुंग फावामा