केम्बा सम्माङ्ग मुन्धुम पेभुकुम्म माङ्गे ए नेम्बाङ्ग हाङ्ग ए

843


थाहा नै नपाई जता तेतै दौडि हिडने देउता।लासुक्कुम नाम्सुक्कुम भन्ने ठाउँ बाट उत्पत्ति भएको त्यहा बाट पनि एउटा देउता उत्पत्ती भएको त्यो केम्बा देउता फेरि कबेली खोला र निम्बु खोला को दोभान मा घुम्दै जादा त्यो ठाउमा धनु कार्ण सग उभिरहेको देउता सग भेट भयो ।त्यह बाट फेरि हिड्यो त्यस पछि काम्ने बौलाउने शक्ति समयो।यसै गरि काबेली खोला को शिर अनि फावाखोला को सिरमा पनि पुग्यो उस्लाइ एक दाजु भाइले पच्छ्याइ रहयो।यसै गरि बौलाउन्दै खोला नाला तर्दै तमोर खोला को शिर मा पुग्यो त्यस डाडाको वरिपरि घुम्यो केम्बा देउता त्यहा बाट कालो सेतो देखिन्ने? छागामा पुग्यो अनि नुहायो।यसरी नुवहा पछि हलुका भयो। काम्ने देउता जहाँ गएपनी तिम्रो दाजुले पच्छाएरहेको ।फेरि त्यहा बाट खेबाङ्ग नेम्बाङ्ग गाउतिर पुग्यो। त्यस ठाउमा पुगे पछि पासोमा पर्यो ।तर ती पासोहरु लहराका बन्धनहरु सबै चुडाइ दियो।त्यस पछि फेरि ओखली जातो , बोकाउदा ,पनि केबा देउता उभिरहयो।त्यो पनि फालेर हिमाल तर्फ कुदै हिड्यो।त्यस ठाउमा पुगि केही समय उभिइरहयौ।त्यस समयमा नेम्बाङ्ग गाउमा सुँगुर कराएको र भाले बासेको आवज सुन्यो। त्यस ठाउमा पो मेरो मान मर्यादा हुन्छ कि भनेर फर्केर आयो। त्यस पछि नेम्बाङ्को घर आगनमा आइ धनुकर्ण साथमा लिइ उभि रहयो।त्यस समयमा त्यस घर को खत्तुकी नेम्बाङ्ग लाई काम्ने शक्ति चढयो।यिनै नेम्बाङसोहाङ ले सुरुन्ती पुरुन्ती भन्ने पुजारी ल्याइ जोखना हेराइ यश काम्ने देउलाई लामो पुच्छर भएको सुगुरले मानमर्यादा गर्नु पर्छ। यश पछि मात्र सुख शान्ती हुन्छ भन्ने जोखना पुजारीले हेरिदिए त्यसको साथै सधै साथ दिने दाजुलाइ पनि एक बास्ने भाले ले मानमर्यादा गर्नुपर्छ।सिमाली को लिङ्गो गाडेर पात ओछ्याइ कासको थालमा चामल कलश सारी तयार गर लामो पुच्छर भएको सुँगुर रागा बायाँ पाट्टी साथ दिई रहने दाजुका नाममा एक भालेले मान मर्यादा गर्नु पर्छ । मुयेङखा येङ्गखा देउता लाई एक भाले र एक पेन्जुमा मान मर्यादा गर्ने। यसै समाग्री हरु तयार गरि घरको खत्तुकिलाइ लाई बल बुद्धि आयु सुख सान्तीको लागि फेदाङमाले बिन्ती गरि दियो।अब यिनै केम्बा देउता को चोखिने स्थान सेतो कालो छागा भएको ठाउमा लामो पुच्छर भएको सुँगुर या रागा ले भोग दिई मानमर्यादा गरे साथमा साथ दिने दाजु लाई एक भाले कलस तेल्ला लजाङ्ग राखि गरि सम्मन गरे। कुखुरा मारी पोल पाल गरि थाल राखी थानमा राखे। र केम्बा देउताको थानमान कालो सेतो छागा भएको थेचम्बु क्षेत्रमा थानमान रहेको थियो। अब एउटा रक्सिको कठुवा राखि डाड को मासु केही दाम दस्तुर राखी तुम्मिहाङ्ग लाई बिदाइ गर्नु पर्छ। त्यसतै गरि फेदाङ्गमा लाई एक कठुवा रक्सी राखि एक फिला मासु राखी बिदाइ गर्नु पर्छ भनी मुन्धुम सुनेको थिए र सुने जानेको लेखेको अरु लेख्दै गरौला सेवारो नोगेन रो

भुमी सौदेन लिम्बू
ताप्लेजुङ सिकैचा ओसे यभत्लुङ्ग फावामा