सबा साम्माङ्ग बादर देउको उत्पत्ती

1010


भु- मन्ड्ल तयार भए पछि पहारको चेपबाट उत्पत्ती भएको बादेर देउ त्यही भिर पहारामा भएका फल फुल खादै उफ्रादै मनुष्य हरुको गाउमा आइपुग्यौ । अब यिनै हेम्बेया धारा भन्ने गाउमा (हाङ्ग्तेक्का मुखाङ्गले ) ले भात जाड पकाइ आफ्नो बारीमा काम गर्न गएका थिए।त्यस समयमा भोक तिर्खाले सताएका बादर ले घरमा भएको भात जाड सबै खाइ दियो। हाङ्गतेक्का मुखाङ्गले दिन को मध्ये समयमा भोकै तिर्खै घर फर्किन्दा खेरी घर भित्र बिगार गरि बादर बाहिर निस्कियो।
बादरले बिगार गरेको देखेर उनी रिस ले चुर भइ बदार लाई कुटि मार्नको लागि खेदाउन थाल्यो ।उनले बादर लाई भेटेना बदार पहारा मा पस्यो उनी निरास भै घर तिर फार्कियो।बदार लाई नभेटेपछि उ रात भार निदाउन सकेना ।बिहान उठे र अज पनि बादर चोरी खान आउँछ चोरिखान आउँछ । अब चोर्न आएको बेला कुन मा लुकेर बस्छु ।त्यस लाई कुटेर मारी दिन्छु भनी भाला लिएर बसे ।।हाङ्गतेका मुखाङ्गले माथि लेख तिर गोइ बीस ल्याइ खान जाड मा हालिदिए र आफू चही कुनामा धारिल्लो हत्तियार सग बसे साच्ची नै दिन को समय मा त्यो बादार घरमा आइ जाड ,खान खायो। त्यसारी खाइवरि बाहिर निस्कियो ।त्यसरी नै बीस युक्त खाना खाए पछि खाना उफ्रन सकेना ।त्यही मैका छोपी बादार लाई मुङ्ग्रा ले हान्यो र पनि बादार को प्रण गोएना। त्यसपछी चोया को प्रेङ्गगोमा हाली काबेली खोला मा बगाइ दियो।अब यसरी नै तमोर खोला मा बोग्दै गएर त्रीबेणीमा पुगि पाखा लाग्यो। अब चारै तिर दुर्गम फैलियो ।यसरी धुर्गन्ध फैलिन्दा खोला मा कुचल्डी चरिले देख्यो।र उस्ले बरह भगवान कोमा खबर पुरियायो। यो खबर हरियो झिगा ले पनि पुरियायो। बरहा भगवान ले तिमी कस्को सन्तान हाउ भनी सोत्दा म तपाई कै सन्तान हुङ्ग भनी बदारले भन्यो। अब बरहा को भगवान ले सुन चादिको नाङ्गलोले यिनै बादरलाई प्रण लगाई दिए ।यसरी बदारले पुर्ण जीवन पाए पछि ।छ महिना सम्म त्यही सग सगै बसे। त्यस पछि तिनै बदार बरहा क्षेत्र बाट केबेली तिर लाग्यो। त्यस पछि मलाइ खस्ले बगयो भनी सोध खोज गर्यो। सोध खोज गर्दा ( हेम्बेया पारा) ले बगाइ दिएको पुष्टि गरे । अब तिमिले यी मान्छे हरुको नमारी हात खुट्टा कुजो बनाइ दिनु भनी बरहा को भगवान ले आदेश दियो। त्यस पछि बदार ले हात खुट्टा कुजो रोग हरु गाउँमा फैलाइ दिए ।बरहा भगवान को निर्देशन अनुसार त्यो बादार देउता नाच्दै उफ्रीन्दै हेम्बाया धारा भन्ने ठाउँ मा पुगि ( हेम्बेया माखाङ्गले) को हात खुट्टा बिमार फैलाइ दिए।त्यस पछि उनलेे हाङ्गफारा सित्छिरी भन्ने फेदाङ्गमा लाई जोखाना हेराइ थथरे थबा इधिङो भन्ने स्थाम मा थान मान राख्यो। त्यो जङलको झाडि मा बस्नु गाउँ घर मा बिगार नगर्नु भन्यो। त्यसैले बादार देउ तुल फुल बारिको छेउ तिर बस्छ।
यसरी नै बादार देउको उत्पती भएको हो।
मैले जाने सुने यति नै हो
नोगेन रो।
भुमी सौदेन लिम्बू