याक्थुङ

1265

हाम्रो देश नेपालमा प्राचीन काल देखि दस लिम्बुवान सत्र थुमको खाम्जिरी खाम्बोङ्गमा सा लुङ्गजिरी लुङ्गबोङ्गमा सा मेन्दही कक केनाबा फाबेक्वा वाकेइज्सीवा कातेक्वा सिङ्गकेदाङ्गबा मच्चिबुङ्ग लुङ्ग केलेप्पा मायाङ्गछिङ्ग खयाङ्गछी याक्थुङ्ग बा हरुको ( मुन्धुम ) साची छ।
मनिस को भाषा लिपि मुन्धुम सस्कार सस्कृती परम्परा मौलिक पहिचान त्यो मुन्धुम हरुको नाम निर्मित थियो र छ याक्थुङ्ग (सुम्सेम्बा येकेसिङ्ग) याग्रासिङ्ग भनेको याक्थुङ्ग लिम्बू हरुको एक राते दुई राते तीन राते तङ्गसिङ्ग को मुन्धुम हरु घर दैलो मा थिए र अझै पनि छन र यो याक्थुङ्गबा हरुको लोप भएर गोएमा हामी याक्थुङ्गबा हरु पसु बराबरको हुने छौ यस्मा हामी याक्थुङ्गबा हरुको अस्तित्व छ।अस्तित्व बारेमा न्यालेर हेर्दा आकाश भन्दा बिशाल छ समुन्द्र भन्दा गहिरो छ सुनसान भन्दा अमुल्य छ श्रीखन्डा भन्दा बसन्दर छ फुल भन्दा पबित्र छ हिमाल भन्दा उच्च- छ मुन्धुम भनेको ज्ञान् हो र यो हाम्रो याक्थुङ्गबा को सम्पत्ती पनि हो पहिला परम पिता पुर्खा देखि मु ख यनिकी मौखिक वर्णन गरि ल्याएको लिखित मा (रामयण) जस्तै रख्न पनि सकिन्छ र याक्थुङबा हरुले धर्म सास्कर सस्कृती परम्परा मौलिक पहिचान (मुन्धुम)हरु खोज गरि जगेर्ना गर्नु पर्छ यस्को जगेर्ना गरियौना भने हामी याक्थुङ्गबा हरु जंगली अबस्थामा नै रहने छौ र इटालियन देशले भनेको छ की मानिस लाई (लोप) गराउन उस्को भाषा लिपि धर्म परम्परा सस्कार सस्कृती मौलिक पहिचान लोप गराइ दिनु पर्छ उ मानिस आफै लोप भएर जाने छ साथै लोप हुन्छ लिम्बू याक्थुङ्ग बुडा पाका फेदाङ्गमा हरु मृत्यु पछि याक्थुङ्ग फेदाङ्गमा भाषा मुन्धुम मृत्यु हुनेछ यस्मा अबको पिडि याक्थुङ्ग बिध्वान हरुले बिशेश ध्यान दिनु पर्ने हुन्छ मातृको काखमा याक्थुङ्ग मातृ लिपि भासा मुन्धुम सिक्नु पर्छ अरु समाजको माझमा आफ्नो आमा यस्तो नराम्रो थोत्रो भयो भन्दैमा यो मेरो आमा मातृ याक्थुङ्ग भासा मुन्धुम यो होइना भन्नू अपराध हो । र अरु बिकसित भासाको छेउमा आफ्नो याक्थुङ्ग भासा लिपि मुन्धुम नभन्नू नबोल्नु महा मूर्ख हो ।बिबेक हिन ब्यक्ती ले अफ्नो भासा लिपि मुन्धुम भन्नू बोल्नु लजाउछ। त्यो हार खाएको ब्यक्ती हो आफ्नो याक्थुङ्ग लिपि भासा मुन्धुम भनेको सम्पत्ती हो आफ्नो सम्पत्तीमा हक लाग्छ ।आर्काको सम्पतिमा मजदुरिको हिसाबले मात्र पाइन्छ तर हाम्रो याक्थुङ्ग बा हरुमा पनि पढ्ने लेख्ने बिद्दुवान छन तर हार खाएको बिद्धवान जस्तो देखिन्छ। आज भोलि यक्थुङ्गबा हरुलाइ याक्थुङ्ग भासा लिपि मुन्धुम धर्म को कुरा गर्दा कसैलाइ अल्छी लाग्ने कसैलाइ मन नपर्ने खालको बुझिन्छ र यस्मा चाहिँ याक्थुङ्गबा हरु जुनै राजनीति पाटी को होस तर सबै यक्थुङ्गबा हरु ले ध्यानाकर्षण गर्नु पर्छ त्यसैले हाम्रो याक्थुङ्ग लिपि भासा मुन्धुम धर्म सस्कार सस्कृती परम्परा मौलिकता हरु लोप भएर नजाओस ।
नोगेन रो

भुमी सौदेन लिम्बू
ताप्लेजुङ सिकैचा फावाखोला