मि पोक्मा मुन्धुम (आगोको उत्पती )

851


पहिला चरा चुरुङी बन्यजन्तु अनि मानिसको उत्पत्ती पछि निम्नाअनुसाको भद्र भलदमी हरुको कालमा आगो पत्ता नलागेको हो त्यसैले काचै गिट्ठा भ्यगुर जस्ता खाने त्यस समयमा तम्मोर खोलाको (लेलेप) भन्ने ठाउमा जम्मा आठ ८ घर बसोबास थियो ।त्यहा तिनै भद्र भलादमी हरुको नाम उल्लेखित भएको थियो।त्यस समयमा पनि आगो उत्पत्ति भएको थिएना ।र उहिले सेतो कालो गाई हरु बाट जुद्दा ती गाई हरुको सिङ्ग बाट निस्केको आगो एक झिल्का आकाश थर्फ गयो र चट्याङ भयो ।फेरि यसरी सिङ् बाट जुद्दा खेरी त्यहा बाट आगो झिल्का निस्क्यो ।त्यो आगो गोब्रे च्याउमा गोएर लुक्यो। त्यस समयमा सेत्छेरे सेनिहाङ्ग पाखा वारि तिर गुम्दै जादा गोब्रे चेउमा आगो भेट्यो।त्यो आगोलाइ घरमा ल्याइ बाली बन तरुल जस्ता कन्दमुल तरुल भ्यगुर गिट्ठा पोलि खन सुरु गर्यो। त्यसैलाई आगोको प्रथम उत्पत्ति भनेर याक्थुङ मुन्धुम ले बताउछ।त्यस पछि सावायेतहाङ्ग का सन्तान हरु अदुवा लसुन चुराइतो हरु खेती गर्न थाले।त्यसै गरिरुपैया सुन चादिक जस्ता सम्पत्ति ले सप्पन्न हुन थल्यो ।त्यस पछि आगोलाइ सुरक्षीत गरि रख्न नजान्दा यिनै घरको मुल चुलामा माथी सरेङ्गमा मालिङ्गगो झिक्रा हरु राखी घर परिवार हरु मेला पात गए।त्यसै समयमा हवा हुन्डरी चली घरमा आगो सल्कियो त्यहा भएका सुन चादी लत्ता कपडा अन्न प्राणी सबै जलेर नस्ट भयो। बेलुका मेला पात बाट फर्किन्दा आगो लागेर घर सबै धन सम्पती प्राणी सक्खाप भएको देखेर अलमल्ल परे।यस घटना देखेर रुवाइ कराइ गरे। त्यस पछि तागेरा निवाफु माङ्ग को मा सेवा सेन्दो गयो। तागेरा निवाफु मङगले भन्यो मानिस ह टाउको ठूलो भएको दिमाग नभएको आँखा भएको देख्न नसक्ने बोली भएको बोली आउने अब तिमी फर्की जानू। अनि यसरी काम गर्नु। पहिला सोदुङ्गेन लेप्मुहङ्गले भुत प्रेतलाइ हटाउने अग्निसेहे मार्ने फेदाङ्गबा साम्बा येब येमा हरुलाइ ज्ञान् दिएको छ। तिनिहरु लाई दाम दस्तुर राखी बोलाइ लगेर अग्नि सेहे मार्नु भनी सल्लाह दिए। आधा बाटोमा रक्सी बतोल राखी हेम्बेक, थिल्लिङ्गसो नाबापा याङ्ग पिल्लिङ्गसो साप्लाग याङ्ग नाली कुचेन दस्तुरले मान गरि (लाम लक) आगो लागेको ठाउमा बोलाइ ल्याइ आगोको सेहे मार्नु पर्छ भन्यो। यसरी नै अग्नि सेहे (चेक्या) को उत्पती भएको हो ।
नोगेन रो आदाङ्गबा से मैले सुनेको जति मुन्धुम यति नै छ अरु पनि लेख्दै जाने छु।
भुमी सौदेन लिम्बु
ताप्लेजुङ सिकैचा ८ ओसे यभत्लुङ्ग फावामा