याक्थुङ्गबा हरुले मरेको लाश जमिनमा गाडे पछि छोरी मान्छे को तीन तला ढुंगाको गारो र छोरा मान्छे को चार तला को ढुंगाको गारो लगाउछ। साथै ढुंगाको चिहान बनाउने चलन छ र चिहान माथी अग्लो लाम्चो ढुङ्गा गाड्नु लाई ( सुतलुङ्ग) भनिन्छ ।सुतलुङ्ग गाड्ने बारेमा विभिन्न कुरा रहि आएका छन ।याक्थुङ्गबा हरुको पुर्खा को भनाइ अनुसार मरेको लाश माथी कसैले वेबस्था नगरी कन सम्मान गर्न मरेको मृतक को नाम मा सुतलुङ्ग गाडि सम्मान गरेको भन्ने चलन छ र याक्थुङ्गबा हरुको यो चिहान हो भन्ने जनाउन को लागि पनि हो अर्को कुरा याक्थुङ्ग बाहरुको याक्थुङ्ग लाजे को लागि लडाइँ गरेर लडाइँमा मर्दा आ आफ्नो बंश को चिहान चिन्ह को लागि ( सुतलुङ्ग) गाड्ने चलन चली आएको हो।
नोगेन रो सेवारो मैले सुनेको मुन्धुम हरु आदाङ्गबा आदाङ्गमासे
भुमी सौदेन लिम्बू
ताप्लेजुङ सिकैचा ८ ओसे यभत्लुङ्ग फावामा