थक थाम्मा (घर पैचौ) मुन्धुम

819

याक्थुङ्गबा समाजको पूर्वकालमा लाक्पारा र हाङ्गफरा भन्ने दुइजना महापुरुषहरु थिए |ति दाजु भाइ हरुले केलाङ्गसिङ्ग र लाभांङ्ग सिङ्ग खोलेर च्याब्रुङ्ग (के) बनाएर कसैको नया घर बनाएको ठाउ मा बिबाह (तेंधाम मेखिम) गरेको ठाउमा गोएर च्याब्रुंङ्ग (के) नाच्थियो | त्यस समयमा मानब को बस्ति थिएनान | सोधुंगेन लेम्मुहांग थिए र उहाको तिन जना छोरा थिए जेट्ठो १, पाजाइबा तेंतुम्मिहांग माइला २, माइला लोक्फादेम्बा कान्छा ३, हाँगबादेम्बा थिए | तिनीहरुको चेली (खाप्पुना मेलांगहाङ्गना or साक्परी पेम्भारी ) थिइन् तर घर उनीहरुको थिएना | खेतीपाती गरेको बारिको भित्तामा बदेल सुगुर चराचुरुंङ्गगीहरुले घर बनआएको देखेर घर बनाउने (खाप्पुना मेलांगहाङ्गना or साक्परी पेम्भारी) चेली ले छलफल गरि सर सल्लाह दीइन |चेलीको सर सल्हा अनुसार तिनै भाइ माइती हरुले धर बनाउने भए | अनि घर बनाउने सुरु भयो माइतीहरू घर को खम्बा खोज्न (सिन्युक मुदेन ) पुर्ब पच्क्षिम उत्तर ( तेमेन वलाङ्ग) दक्षिण चारै दिशा बाट खोजेर खम्बा ( सबेन) सिङ्ग) or (पारंगसिङ्ग) लिएर आइपुगे | त्यो खम्बा गाड्न (खाडल) डोब खन्न थाले | र चेलीले खम्बा गाड्ने खाडल को डोब कति गहिरो भयो भनि केस कोर्दै खाडल हेर्दा केस कोर्ने (परि) खाडल मा झरयो |चेलीले त्यो खाडलमा खसेको परि हतार हतार निकाल्न खोजदै गर्दा माइती हरुको हातमा समति रहेको (खम्बा)हातबाट चिप्लिएर (सिक्लांङ्ग) खम्बाले चेली (खाप्पुना मेलांगहाङ्गना or साक्परी पेम्भारी ) लाइ किच्चिएर मार्यो| हागुआङ सेरु त्यसैले सिङ्ले हागु सिङ्गहाक चाना लुङ्गले हागु लुङ्गहाक चाना रो भनिन्छ सम्जिक तिरिरी मुन्धुम तिरिरी भनेर लान्छन|र त्यस पछी त्यो चेली (खाप्पुना मेलांगहाङ्गना or साक्परी पेम्भारी ) को आत्मा साथो पिशाच बायु ( सोघा ) भयो भन्ने याक्थुङ्ग मुन्धुम मा सुनिन्छ या पाइन्छ | र त्यो समय देखि सोघा को उत्पत्ति मुन्धुम भयो भनेर मुन्धुममा भन्दै आएका पनि छन्| र (खाप्पुना मेलांगहाङ्गना or साक्परी पेम्भारी ) चेलीको मृत्युको सोक सगै माइतिहरुले घर पनि बनाइ सके साथै बाबु सोधुंगेन लेम्मुहांगकोमा गोएर घर बनाइ सकियौ भने त्यसै समयमा बाबु सोधुंगेन लेम्मुहांग ले छोरा हरुले बनआएको घरमा (केलांङ्ग सिङ्ग) सग थक थाम्मा (मुन्धुम) गर्न दुइ जना (लाक्फारा र हाङ्गफारा) लाइ बाबु सोधुंगेन लेम्मुहांग ले पठाए| त्यस समयमा चेलीको सोकमा रहेको छौ भनि माइती हरु रिसाएर हाम्रो घरमा मरी मराउ भएको छ तिमीहरुले (के लांङ्ग) सग रमाइलो गरि नाच्न पाउने छैनौ | भनि माइती हरुले खेदाइ दिए | खेदाए पछी ( लाक्फारा र हंगफारा) ले( के) च्याब्रुङ्ग बजाउने देब्रेताल को(गजो ) बनाएको नया घरको (निदाल ) माथि सिउरी दिएर भागे| र केहि महिना पछी त्यो घर ( घुन, पुतली,किरा ) or ( थक्पा , थक थक वा फे:वाद) ले घरको लाइ खाइ ध्वास्त बनाइ दिए| अनि ति दाजु भाइ हरुले बाबु (सोधुंगेन लेम्मुहांग)को मा बिन्ति बिसाउन गए हामीले बनाएको घर (घुन, पुतलि किरा )लागेर ध्वास्त भयो भने | बाबु सोधुंगेन लेम्मुहांग ले (थक थाम्मा मुन्धुम ) गर्न पठाएको (लाक्फारा र हंगफारा) लाइ खेदाएको कारणले ले घरमा घुन पुतली, किरा लागेको हो अब फेरी नया घर बनाउदा उनीहरु ( लाक्फारा र हंगफारा) लाइ पठाउने छु र (थक थाम्मा मुन्धुम) तिमीहरुले राम्रोरी गर्नु भनि बाबु (सोधुंगेन लेम्मुहांग )ले भनेर पठाए त्यही अनुसार उनीहरुले नया घर बनाए पछी (बिधि) अनुसार (थक थाम्मा) मुन्धुम अनुसार गरे यसरीनै याक्थुङ्गबा हरुको मा परम पूर्व कालदेखिनै नया घर बनाइ पछी ( घुन , पुतली , किरा , )नलागोस भनि ( थक थाम्मा) मुन्धुम बाचन गरि(केलाङ्ग) च्याब्रुङ्ग नाच गरेमा घुन , पुतली, किरा , लाग्दैना भन्ने याक्थुङ्ग समुदायमा विश्वास रहेको पाइन्छ| साथै याक्थुङ्गबा हरुको (तेन्धाम मेक्खिम) बैबिबाहिक कार्यक्रममा पनि (के) च्याब्रुङ्ग ले ताल दिइन्छ र हाङ्ग सिकलांग सेवालुंग अकवानामा मेख्खिम (मेत्कम्मा) हिम काम काम को अर्थ (फेम्बो सा) बर पिपल जस्तो दुलाहा दुलिही लाइ जोडा मिलाउने भन्ने च्याब्रुङ्गको ताल बाट गर्दै आएको याक्थुङ्गबा हरुको मा विश्वास गरेको पाइन्छ |र अनिवार्यता रुपले याक्थुङ्ग सामाजको बिबाह मा च्याब्रुङ्ग बजाएर ( के लाङ्ग) नाच्नु पर्छ |दुलाहा दुलहीको भाबिस्य राम्रो होस् भन्ने विश्वाशमा घरको मुल खम्बा ( हेल्लेरे हाङ्सिकलांङ्ग)मा च्याब्रुङ्ग नाच्दै वरिपरी घुम्दै के साम को गित गाउदै गर्दै च्याब्रुङ्ग (के) नाचिन्छ |यासिर नै (थक थाम्मा) मुन्धुम को उत्पत्ति याक्थुङ्गबा हरुको मा भइ आएको छ| नोगेन रो सेवारो आदङ्गबासे (थक थाम्मा) मुन्धुम सुने अनुसार लेखेको है हजुर ह

भुमि सौदेन लिम्बु

ताप्लेजुंग सिकैचा ८ ओसे यभत्लुंग फावामा