पहिलाको समयमा सावा येत्हाङ्ग मध्ये पाजाइबा तेंधुम्हङ्गले बिबाह गर्ने तरखरमा पुर्ब तिर गोइ लाधोतिमालाइ बिबाह प्रस्ताब राख्यो घर नबनाएकोले गर्दा बिबाह गर्न मानिनन |त्यस्तै पश्चिम तिर गएर नामइकवामा लाइ प्रस्ताब राखिन उनले पनि बिहा गर्न मानिनन फेरी अन्धासो ताखोहांङ्ग कि छोरी लुप्सिसो अदंगहाङ्गमा सग पनि बिबाह गर्न प्रस्ताब राखे पछी कसको छोरा ? घर छ कि छैना भनेर सोदीन र पाजाइबा तेंधुम्हङ्गले घर बनाउन भनि दुम्सी , मुसा,चरा , किराफटयाग्र हरुलाई सोध्न थाल्यो तर सुगुर ले आफ्नो गुड बनाउन्दै गरेको देखेर सुगुर जस्तै घर बनाई लुप्सिसो अदंगहाङ्गमा लै बिबाह गरिन् |बिबाहमा भोज भयो भोजले नपुगेका हरु रिसाए र गालि सराप गर्दै बसे पाजाइबा तेंधुम्हङ्ग र लुप्सिसो अदंगहाङ्गमा भने मेला पात हिडे त्यस समयमा लुप्सिसो अदंगहाङ्गमा गर्वती भइन |पछी सन्तान जन्माइन पाजाइबा तेंधुम्हङ्ग को चेली इरेरे इधुक्नामा नाम कि थिइन्|उन लाइ नानिहेर्न लगाइन पाजाइबा तेंधुम्हङ्ग र लुप्सिसो अदंगहाङ्गमा मेला पात तिर लागे |मध्यनमा लुप्सिसो अदंगहाङ्गमाको दुध गाजियो आफ्ना बच्चालाई दुध पिलाउन घरमा आइन घरमा भने अस्ति बिबाहमा भोजले नपुगेका इरेरे इधुक्ना साथीहरुले इरेरे इधुक्ना लाइ आ -आफ्ना भदा भदैनी हरुलाई बाबु आमा बेगार बच्चाहरुलाई (मूल खम्बा ) मा राखेर मासु काटेर खानु पर्ने भन्दै खुट्टाले कोक्रो हल्लाउन्दै थिइन् |त्यस बेला आफ्नो नन्दाले आफ्नो बच्चालाई गालि गर्दै गित गाएको सुनेर लुप्सिसो अदंगहाङ्गमा लाइ सारै चित्त दुख्यो |अनुहार आध्यारो पारि बसिरहेकि थिए अनि बेलुकी पख मध्यरातमा पाजाइबा तेंधुम्हङ्ग ले लुप्सिसो अदंगहाङ्गमा किन अनुहार अध्यारो पारि भनि सोत्दा चेली इरेरे इधुक्नामा ले गित गाउन्दै बच्चालाई गालि गरेको सबै कुरा सुनाइन्| पाजाइबा तेंधुम्हङ्ग ले बैनी इरेरे इधुक्नामा मार्छु भनेर ताथियो | तर लुप्सिसो अदंगहाङ्गमा ले यसो गर्नु हुदैना ठुला बाडा लाइ सोद्नु पर्छ भनि ठुला बाडालाइ सोदना लागे |त्यस समय मा ठुला बडा भनेको चरा हरुपनि थिए | पाजाइबा तेंधुम्हङ्ग ले आफ्नु बैनी ले बच्चा लाइ गालिगरेको मुस्टे चरा लाइ सुनाए तर चराले केहि भनेना पाजाइबा तेंधुम्हङ्ग ले चरा लाइ काटि छिनाइ दिदा चराको पुच्छार मात्र छिन्यो| त्यस बेला उल्लो चरा पनि ठुलो बिजुवा थियो |उल्लु चरा लाइ पनि सोध्यो उल्लु पनि बोलेना उल्लु लाइ पनि घाटी छिनाइ दियो | उल्लु चराले पनि आफ्नो शक्ति जोगाइ बिरालो को टाउको गासेर भाग्यो |त्यस पछी पाजाइबा तेंधुम्हङ्ग ठुलो मान्छेको मा पुग्यो र आफ्नो समस्य राख्यो |ठुला मान्छे हरुले नराम्रो भुत प्रेत आत्मा बसेको (फुला हरु बटुलेर )ल्याई बहिनीको दुध मा खिलिन्ने गरि हानि दिनु भनि सर सल्हा दिए | पाजाइबा तेंधुम्हङ्ग ले आफ्नो बैनी इरेरे इधुक्नामा लाइ भुत प्रेत आत्मा बसेको (फुला हरु बटुलेर) हाने अन्तमा इरेरे इधुक्नामा प्रोलोक गोइन मरिन|यसरि दाजु पाजाइबा तेंधुम्हङ्ग ले बैनी इरेरे इधुक्नामा लाइ मारेको खबर चुइया चरीले उनीहरुको बाबु सोधुंगगेन लेप्मुहाङ्ग लाइ सुनाए सोधुंगगेन लेप्मुहाङ्ग ले छोरा पाजाइबा तेंधुम्हङ्ग लाइ सल्लाको रुखमा खुट्टा दुइ तिर नुहाएर खुट्टालाई सल्ला को टुप्पो मा बादी च्याताएर मारी दिए | बुहारीलाई लुप्सिसो अदंगहाङ्गमा लाइ घरको मूल खम्बा बादेर अनि सिकुवामा पछारेर मारी सिमसारमा गाडी दिए |र सिमसारमा गाडेको लुप्सिसो अदंगहाङ्गमा पछी थाम्मेक्जम्मा भन्ने भुत प्रेत आत्मा भन्ने भनि ससुरा सोधुंगगेन लेप्मुहाङ्ग बाटआशिर्वाद पाइन् त्यस पछी सोधुंगगेन लेप्मुहाङ्ग को नाती पाजाइबा तेंधुम्हङ्ग छोरा बालक लाइ घरको सिकुवामा पछारि मूल खम्बामा लागि पछारि मारी दिए तर भरे सोधुंगगेन लेप्मुहाङ्ग पछुतायो निर्दोष बालक लाइ पछारि मारियो भनेर चेत खुल्यो |उसको नातिलाई सोधुंगगेन लेप्मुहाङ्ग बाजे बाट ( सेरी लारंग र लुप्ली ) छेक्ने हेल्लेरे हांगसिक्लांग मा बसी सेवालुंग अकवाना देब हुने आशिर्वाद पाए | यसरी नै सोधुंगगेन लेप्मुहाङ्ग नाति पाजाइबा तेंधुम्हङ्ग र लुप्सिसो अदंगहाङ्गमा को बच्चा इरेरे इधुक्नामा or खाप्पुना मेल्लांगना को भदै बालक को आत्मा बाट( लुप्ली सेरी लारंग)थाम्ने छेक्ने सेवालुंग अकवानामा साम्मांग को उत्पत्ति याक्थुङ्ग मुन्धुम मा भएको हो भन्ने पाइन्छ |
नोगेन रो सेवारो मैले सुने अनुसार को मुन्धुम लेखेको है अरु सुनेको अनुसार भाग भाग गरेर पनि फेरी अकवाना साम्माङ्गको उत्पत्ति मुन्धुम लेख्ने छु नोगेनरो
भुमि सौदेन लिम्बु
ताप्लेजुंग सिकैचा ओसे ८ यभत्लुंग फावामा