नाहाङ्गमा सम्माङ्गको उत्पत्ति मुन्धुम

732

उहिले परोक्मे यम्भामि माङ्गले (इवा होङ्गवाना) भन्ने गाउमा गइ पक्लुङ्ग हान्ने बाजी जिते र बाजी जितेसके पछी उनिहरुले पक्लुङ्ग पुर्ब,पश्चिम , उत्तर , र दक्षिण, एक एक गर्दै हाने | परोक्मे यम्भाम्मी माङ्गले उत्तर तिर हानेको पक्लुङ्गबाट सोधुङ्गगेन लेप्मुहाङ्ग चेली नाहाङ्गमा साम्माङ्ग को उत्पत्तिको भयो |र त्यस पछी सावा येत्हाङ्ग हरुको गाउमा भरि आगलागी हुन् साथै हरेक किसिमको रोग हरुको आयो अपात बिपत अवस्था आइ लाग्यो | आगलागीमा बाट धेरै गाउ हरु सखाप भए | ति आठ ८ सरदार सावा येत्हाङ्ग हरुको सन्तानहरुलाई खुट्टामा आगो पोल्यो घाउ भायो |त्यस आगोले पोलेर बिमारी भए | एक दिन ति सावा येत्हाङ्गहरुका आमाले सबैलाइ बोलाएर अब यस्तो हालतमा दबाई पानि उपाचार गर्ने माथि उनिहरुको बाबु सोधुङ्गगेन लेप्मुहाङ्ग को मा छ त्यहा बाट लिएर आए पछी मात्र निको हुन्छ बताइन |यसरि आमाको कुरा सुने पछी कान्छा छोरा सेच्छेरेसेनी हंग ले पहिल्यै आगो पनि बाबुको मा गोएर मैले आफैले ल्याएको हुंग भनि बतायो |फेरी बाबु सोधुङ्गगेन लेप्मुहाङ्ग को मा गोएर सबै कुरा सुनायो |कुरा सुनेर बाबु सोधुङ्गगेन लेप्मुहाङ्ग ले सेच्छेरे सेनिहंग लाइ तल सावा येत्हाङ्ग हरुको गाउमा यस्तो प्रकारको जडीबुटी ,दबाई ,पानि ( भाला) फेदांगमा साम्बा पेलिफंगहाङ्ग हरुलाई लगेर जानु भन्यो |तर बाटोमा त्यो (भाला ) बोकेर खेलाउन्दै जादा बाटो देखिनै सेच्छेरे सेनिहांगबा लाइ आपसे आप (काम्न) थाल्यो | बाटोमा जादा चेली हरु तीनजना थिए १,फेन्दिमा,२,वाकेगत वादुम्यङ्गमा ३,साखेरा वेवेइंगमा, चेली हरुले पनि भाला हेर्ने चलाउने र खेलाउने हुदा उनीहरुपनि (काम्ने ) शक्तिवान क्षेमाताहरु भए र सेच्छेरे सेनिहांगबाको बारेमा फेदांगबा साम्बा हरुको ठुलो छलफल भयो | तिनै सोधुङ्गगेन लेप्मुहाङ्ग ले पठाएको फेदांगबा, साम्बा, हरु बाट जोखान हेरियो | जोखाना बाट हेर्दा सावा येत्हाङ्गहरुले (खम्भुलिंग नाहाङ्गमा )साम्मांङ्ग लाइ कुल परम्पराबाट मान्दै आएको इष्टदेब भनि मान्नु पर्छ आ आफ्नो तर्फ बाट पुजा गरि घरको मूल मान्छेको सिर उठाउनु पर्ने भयो भनि जोखाना मा देखियो | पछी पुजा गर्रदै जादा (खम्भुलिंग नाहाङ्गमा )साम्मांङ्ग लाइ युद्द देबीको रुपमा चिनिन पनि थालियो र सावा येत्हाङ्गहरुले पछी पुजा गर्दै जादा सावा येत्हाङ्गहरुको अंग रक्षक ज्वाला मुखी देब भई सबै शक्ति दिने भयो | सावा येत्हाङ्गहरुले यिनै (खम्भुलिंग नाहाङ्गमा )साम्मांङ्ग लाइ आफ्नो कुल परम्पराबाट मान्दै आएको इष्टदेबि लाइ पुजा गरि हरेक काममा जित मिलोस चिताएको पुगोस हाकेको ताकेको पुगोस भनि (सिर उठाउने) यसरि नै (खम्भुलिंग नाहाङ्गमा )साम्मांङ्ग को सुरुवात गरे| हामी याक्थुङ्गबाहरुको लागि (खम्भुलिंग नाहाङ्गमा )साम्मांङ्ग कुल परम्पराबाट मान्दै आएको इष्टदेबि हो | याक्थुङ्गहरुकोमा (खम्भुलिंग नाहाङ्गमा )साम्मांङ्ग पुजा गर्दा काममा जित मिलोस चिताएको पुगोस हाकेको ताकेको पुगोस भनि (सिर उठाउने) ले सफलता हुन्छ भन्ने विश्वास छ र यसरि नै याक्थुङ्गबा हरुको मा (खम्भुलिंग नाहाङ्गमा )साम्मांङ्ग को मुन्धुम उत्पत्ति भएको भनेर पाइन्छ| नोगेन रो सेवारो मैले सुनेको जति खम्भुलिंग नाहाङ्गमा )साम्मांङ्गको मुन्धुम लेखेको है आदांगबा से

भुमि सौदेन लिम्बु

ताप्लेजुंग सिकैचा ८ओसे यभत्लुंग फवामा