(धर्म र मुन्धुम)

833

मानिसहरुलाई सचेत गर्ने साथै चेतावानी दिने नै मुन्धुम अथाव ज्ञान शिक्षा हो | मुन्धुम या ज्ञान शिक्षा भए पछी धर्म र नियाम कानुन हरु हुन्छ र सारा सृष्टिको उत्पत्ति भए पछी  मनुष्यको उत्पत्ति भएको हो|  मौलिक मुन्धुम अथाव ज्ञान शिक्षा साथै धर्म नियाम कानुन हरु हुदै आएको हो खाम्जिरी खाम्बोङ्गमा सा लुङ्गजिरी  लुङ्गपोङ्मा मुजिनामा खोयाङ्गनामा सावा युक्फुङ्केम्बा थोसुलुंग फियालुंग  योसुलुङ् मुक्कुमलुङ्ग मुगुप्लुंग  सुत्छुरु सुहाम्फेवा तेल्लारा लादोङ्गना सोधुङ्गेन  लेप्मुहाङ् र सावा येत्हाङ्ग हरु थिए युमा पनि देखा परिन त्यसै समय देखि नै सोधुङ्गेन  लेप्मुहाङ् र सावा येत्हाङ्गहरुले  धर्म कर्मको  नियम कानुन सबै राख्दै ल्याको हो भन्ने बुझिन्छ| त्यसैगरी नै  तुम्मिहाङ् फेदङ्मा, साम्बा, येबा, येमा, हरुको पनि उत्पत्ति हुदै आयो| सोधुङ्गेन  लेप्मुहाङ् र सावा येत्हाङ्गहरुले  अहिले सम्म यहि राखिएको धर्म नियाम कानुन अनुसार नै चली आएको छ पछी पनि यसरी नै चल्ने छ र चले अनुसार मानेर जानु पर्छ हामि याक्थुङ्बा हरुले नबिर्सनुको लागि याक्थुङ्ग पुर्खौली थातथलो याक्थुङ्ग प्राकृतिक मुन्धुमी स्थल याक्थुङ्ग (मुन्धुम, लिपि ,भाषा,धर्म,सस्कार, सस्कृति ,परम्परा, मौलिक, पहिचान,) हरुलाई जान्नु बुझ्नु साथै  जोगाउनु, बचाउनु, र संरक्षण गरेर राख्नु पर्छ र आउने भाबी पिढीहरुलाई पनि सिकाएर लानु पर्छ भन्ने देखिन्छ| याक्थुङ्ग पुर्खौली थातथलो याक्थुङ्ग प्राकृतिक मुन्धुमी स्थल याक्थुङ्ग (मुन्धुम,लिपि,भाषा धर्म,सस्कार ,सस्कृति, परम्परा, मौलिक, पहिचान,)हरु के हो भन्ने बारेमा मुन्धुम ,धर्म, थातथलो, स्थल , हरु नभए संसार नै कस्तो हुन्थियो होला ? यो संसारमा मनुस्य हरु लोप भएर जान्थियो होला| मानब उत्पत्तिको सृष्टि (तागेरानिङ्वाफु माङ) इश्वारको खेल हुन्| र आठ ८ सावा येत्हाङ्ग धर्मत्मी र विद्धानहरुको जन्म भए सबै  ८ सावा येत्हाङ्ग हरुले मनुष्यमा हुनु पर्ने जात जाति धर्म नियम कानुन राख्दै ल्याए हुन्| त्यसरीनै आ आफ्नो जात जातिअनुसारको थातथलो, स्थल (मुन्धुम,लिपि,भाषा धर्म,सस्कार ,सस्कृति,परम्परा, मौलिक,पहिचान,)हरु हुन्छ |र यसरि नै हाम्रो याक्थुङ्गबाहरुकोमा मानिस जन्मे देखि मृत्यु सम्मको जिबन पर्यान्त गरिन्ने धर्म र धर्म,सस्कार,सस्कृति,परम्परा नियम बिधि हुन्छ| त्यो गरिन्ने लाइ (मुन्धुम) भनिन्छ|यो हाम्रो याक्थुङ्गबा मौलिकताको मुन्धुम अनुसार (युमा साम्यो) धर्म हो मुन्धुम छ भने मौलिकता छ मुन्धुम छैना भने मौलिकता नै छैना त्यसैले धर्म भन्दा पनि मुन्धुम जेठो हो | हामि माङ्जिरी माङ्याक्थुङ्बाहरु मुन्धुम अनुसार नै युमा साम्यो धर्म को दैनिक जिबन यापन गर्छौ| र गर्नु पनि पर्छ |हामि मानिसहरुमा जुन सुकै जातजातिको छोरी चेली बिहेबारी भइसके पछी गार्जन लगाएत आमा बाबुको जिम्मेवारी हुन्छ| त्यसतै अ आफ्नो जात अनुसार याक्थुङ्बा जातिमा पनि मुन्धुम, धर्म,सस्कार ,सस्कृति ,परम्परा,अनुसार याक्थुङ्बाहरुमा छोरी मान्छे  गर्भवती भएको ३ तिन देखि ९ नौ महिना भित्रमा  साप्पोक चमेन गर्नु पर्ने हुन्छ |यसलाई नेपालीमा  भुडी पुजा भनिन्छ | यो गर्नुको कारण पेट भित्र रहेको नानि र उसको आमा लाइ रक्षा गरि दिनु हो| केहि नहोस भनेर माङ् हरुसग र घरको कुल देउताहरु सग  आयु बल माग्नु पर्ने हुन्छ | यिनै सुरुवात बाट मुन्धुम सुरु हुन्छ | महिना पुरा भए पछी नानि जन्मिन्छ|र छोरी जन्मेको हो भने ३ दिनमा र छोरा जन्मेको  हो भने  ४ दिनमा (याङ्दाङ्ग फोङ्मा) न्वारान गर्नु पर्छ|  याङ्दङ्ग फोङ्ग गर्दा फेदाङ्माले माङ्गेना मेम्मा गर्छ| माङ्गेना गर्दा  माङ्गेना नाम राखी  कुखुराको  जोडी भाले या पोथीले सिर उठाई दिनु पर्छ | आफ्नो चलन चल्ती अनुसार नैबेतले पनि माङ्गेना  सिर उठाउने चालन छ|  यति मात्र हैन नियाम हरु धेरै छन्| नानि ठुलो हुदै जान्छ नानीलाई भाषा हरु बोल्नु  सिकाउन्दै लैजानु पर्छ त्यस पछी अन्य भाषाहरु पनि सिकाउन्दै लानु पर्यो | मुन्धुम र  भाषा जानेर मात्र  हुदैना त्यसैले गर्दा जब सम्म जिन्दागिको अन्त्य हुदैना तब सम्म जान्न सिक्न बुझ्न सुन्न पढ्न लेख्नको जरुरि हुन्छ |त्यसैले याक्थुङ् (मुन्धुम, लिपि,भाषा धर्म,सस्कार,सस्कृति, परम्परा, मौलिक पहिचान,) हरु पढेर जानेर बुझेर मात्र पुरा हुदैना| युगौ युग देखि पहिला आफ्नो चेप्चु बारुजु पाला देखि के के कस्ता गरि ल्याएको र परम्परा के कसो थियो भन्ने  ब्यबहारिता मा कुरा बुझेर काम गर्नु पर्छ|त्यसैले थातथलो  स्थल (मुन्धुम,लिपि,भाषा धर्म, सस्कार, सस्कृति,परम्परा,मौलिक,पहिचान) हरुलाई लाइ  पढेर लेखेर साथै ब्यबहारिक्तमा बास्तविकताको साथ महत्व दिनु पर्छ| याक्थुङ्गको  जात अनुसार  भेष भुसा के हो  रिथि थिति बिहे बारी मर्दा पर्दा  मुन्धुम बिधी  बिधानले गर्नु पर्ने हरु जान्नु पर्ने हुन्छ | थातथलो  स्थल (मुन्धुम, लिपि,भाषा धर्म,सस्कार ,सस्कृति ,परम्परा,मौलिक,पहिचान)हरुलाई  जानिएना भने  अथवा लोप भएर गयो भने  हामि मनुष्यको मान्यता नहुन पनि सक्छ| र पशु ससहरा हुन् सकिन्छ|

                                        नोगेन रो सेवारो !

भुमि सौदेन लिम्बु

ताप्लेजुंग सिकैचा ८ ओसे

यभ्त्लुङ फावामा