बिरेन लिम्बु इजम
२०४८ सालमा समुह ठुलो देखाएर सरकारलाई दवाव दिन ४ जाती लिम्बु,राई, यख्खा र सुनुवार मिलेर किरात जाती, किरात धर्मी भनेर मिलेर जाने तर किरात एक कारक भए पनि आफ्नो जाती, भाषा-लिपि, धर्म-संस्कृति, मौलिकताको अभ्यास सवैले आ-आफ्नै गर्ने र गराउने भनि निर्यण गरियो र सरकारलाई दवाव पनि दिइयो। तर हामीले पछिको कुरो नसोच्दा अहिले याक्थुङ लिम्बुहरु जाती विहिन, धर्म विहिन, भाषा विहिन, लिपि विहिन र मौलिकता विहिन भइयो। राज्यले किरात मात्र बुझ्यो। राज्यले किरात जाती, किरात धर्मी, किरात भाषी समग्रमा किरात भनेर मात्र बुझिदियो र सवै दस्तावेजमा किरातीकरण गरिदियो। राज्यले त्यै किरात शब्दलाई अन्तराष्ट्रियकरण पनि गरिदियो। यो मानेमा याक्थुङ लिम्बुहरुको वास्ताविक पहिचान लुकाएर ठुलो समुह देखाउन किरात पहिचान अगाडि सार्दा याक्थुङ लिम्बुहरुको वास्ताविक पहिचान नामेट भएर गएकै हो। यहाँ तत्कालिन समयका तुम्याङहाङहरुले एउटा कुरोलाई बेवास्ता गर्दा आज हामी याक्थुङहरु पहिचानको संकटमा परेको छौं। तत्कालिन समयका तुम्याङहाङहरुले किरात शव्दलाई फ्याक्टरको रुपमा लिएर गयौं भने राज्यले हामीलाई किरातीनै हो भनेर चिन्छ र दस्तावेजिकरण गर्छ र राज्यले हेर्दा र देख्दा किरात मात्र देख्छ र हाम्रो अशलि पहिचान राज्यले देख्दैन र मान्दैन भन्ने कुरो नबुझिदिंदा आज याक्थुङ लिम्बुहरु अशलि मौलिक पहिचानमा संकट आएकै हो।
वास्तावमा भन्ने हो भने त्यो किरात शव्दले याक्थुङ लिम्बुहरुलाई के फाइदा गर्यो त? राज्यलाई किराती भनेर ठुलो समुह देखाए वापत याक्थुङ लिम्बुहरुले के पाए? सरसर्ति हेर्दा याक्थुङ लिम्बुहरुले केहि पाए जस्तो लाग्दैन। मेरो नजरमा त सवै गुमाएको मात्र देख्छु। याक्थुङ लिम्बुहरुले सवै मौलिक पहिचान गुमाए, धर्म-संस्कृति गुमाए, लिपि पनि गमाईरहेका छन, मुन्धुम पनि उथलपुथल गरि बनावटि किरात मुन्धुम बनाएका छन। ऐतिहासिक थातथलो गुमाए, साम्जिक मुन्धुममा वर्णन गरिएका थातथलो गमाईरहेका छन। ठुलो समुह बनाउने होडमा अशलि पहिचान गुमाई रहेका छौं। अझै पनि ठुलो झुण्ड वनाएर सरकारलाई दवाव दिन आफ्नै मौलिक पहिचानमा आधारित मुन्धुमी थातथलोको सम्झौता गरिरहेका छौं। हामीले कहिले बुझ्ने?४० वर्ष पछि याक्थुङ लिम्बुहरुले बुझे। एउटा सानो गल्तिले हाम्रो पहिचान गुमिसकेको महसुश गर्यौ र धेरै मौलिक कुराहरु विलिनहुने अवस्थामा छ, जसमध्ये सवै भन्दा पहिले धार्मिक पहिचानलाई उठान गरौं भनेर युमा साम्यो महासभा गठन भएको हो। त्यसपछि जातिय उत्थानको लागि याक्थुङ चुम्लुङको पनि स्थापना भइसकेको छ। आशावादी वनौं, हामी हाम्रो मौलिकतालाई फेरि ल्याउन सक्छौ।याक्थुङ लिम्बु आदाङ्बा आदाङ्मासे साथै देशविदेशमा रहनुहुने याक्थुङ लिम्बु आदाङ्बा आदाङ्मासे अव ठुलो समुह वनाउने होड नगरौं। जे छ, जति छ, कति पुग्छ, कति गर्न सक्छौं त्येतिमै अगाडि बढ्न सक्छौ। ठुलो समुह वनाउने होडमा मुन्धुमि पहिचानमा सम्झौता नगरौं भन्ने विन्ति गर्दै दुई शव्द वन्द गरे है!
नोगेन
यभत्लुंग फावामा


