याक्थुङ लिम्बूको मौलिक पहिचान

816

याक्थुङ सा

हामी तमाम मौलिकवादी याक्थुङ् लिम्बूहरूले यो कुरा बुझ्न जरूरी छ कि सुधारको नाममा र धेरै संख्या देखाउने नाममा तथाकथित किरात जाति जस्ता झुट छलकपटको नाममा हाम्रो असली मौलिक पहिचान याक्थुङ लिम्बू नै नामेट गर्ने षडयन्त्र हुँदैछ । पहिचान, मौलिकता, धर्म, संस्कार र संस्कृति राम्रो नराम्रो, धेरै थोरै, सभ्य असभ्य भन्ने नै हुँदैन । धेरै ठुलो संख्याको जाति हुन खोज्ने हो भने किन किरात जाति बन्न खोज्नु ? चिनिया जातितिर समाहित हुँदा हुँदैन र ? विश्वको सबै भन्दा धेरै जनसंख्या भएको जाति नै चिनीयाँरू हुन् । त्यस्तै गरेर याक्थुङ् लिम्बूको धर्म किरात धर्म भन्दा ठुलो धर्म हुन्छ रे! के लिम्बूले मान्ने धर्म किरात धर्म भन्दा के इसाई, मुस्लिम धर्म भन्दा पनि ठुलो वा धेरै मानिसले मान्ने धर्म हुन्छ त ? अहिले हाम्रो देश नेपाल भनेको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । धर्म निरपेक्ष नेपाल हो । वर्तमान संबिधान अनुसार नेपालमा भएका सबै जाति तथा समुदाय, भाषा, धर्म र संस्कृतिका मानिसहरूलाई समान अवसर पाउने हो । न कि धेरै संख्या भएको जाति र धर्म तथा संस्कृतिकालाई मात्र ? एकात्मक शासन प्रणालीमा चाहि त्यस्तो थियो तर अहिले त्यो सोच राख्नु भनेको एकात्मक सोच मात्र हो । त्यसैले याक्थुङ् लिम्बू समुदाय भनेको एक छुट्टै सभ्यता, इतिहास, धर्म र संस्कृति भएको समुदाय हो । यो समुदायको आफ्नै भिन्न प्रकारको मौलिक पहिचान छ । यसलाई बचाउन र संरक्षण गर्न अहिलेको पिढिको दायित्व हो…।।। नोगेन सेवारो