आठराई तेह्रथुममा पुग्यो युमा साम्यो

693
  • २०७८ फाल्गुन ५

संक्रान्ति(आठराई) । युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा आठराईको आयोजनामा बुधबार सावा ये?हाङ याक्थुङ जातिको मौलिक धर्म, संस्कार, संस्कृतिप्रेमी याक्थुङहरूको आठराई गाउँपालिका स्तरीय एक भेला सम्पन्न भएको छ ।

लालीगुराँस नगरपालिकाका नगरप्रमुख तथा सावा ये?हाङ याक्थुङ मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यता र स्थानीय आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर कन्दङ्वा विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

युमा साम्यो महासभा नेपाल केन्द्रीय समितिका उपाध्यक्षद्वय प्रा.हर्क सुब्बा इजम, येबा मानबहादुर सिरेङ, केन्द्रीय सदस्य सन्तोष कुरुम्बाङको उपस्थिति रहेको सो कार्यक्रमको सभापतित्व स्थानीय तुम्याहाङ वीरेन्द्र कन्दङवाबाट भएको थियो ।

आठराई गाउँपालिका निवासी तुतु तुम्याहाङ, याक्ला सुहाङ, नाली थाङ्बेन, सिसा मेन्छिन, थुङदोबा, थुङदाङबा, फेदाङमा, साम्बा, येबा–येमा, युमासाम, सिङ्साङ्गे फेरेङ्गे आदिको सहभागितामाझ याक्थुङ लिम्बु जातिको परम्परागत प्राचिन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलनको संरक्षण, सम्बद्र्धन र विकासका लागि गर्नपर्ने कार्यहरू उपर अन्तरक्रिया गरिएको थियो ।

आठराई गाउँपालिकाको सक्रान्तिबजारमा उपस्थित सो भेलाले अन्तरक्रियाका साथै राजु इङ्नामको अध्यक्षतामा तीन जना सल्लाहकार समेत गरी १६ सदस्यीय युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा आठराई गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षहरूमा केशव पाहिम र जयकुमार कन्दङवा, सचिवमा छवि कन्दङवा, कोषाध्यक्षमा सपना इङ्नाम छन् । त्यस्तै, सदस्यहरूमा अमृता लिम्बू , रामकुमार कन्दङवा, खेम कन्दङवा, इन्द्र इङ्नाम, सूर्य चोङबाङ, भीमबहादुर लिम्बू, रमेश फोम्बो, सेरबहादुर इङ्नाम छन् । सल्लाहकारहरूमा गडुलध्वोज कन्दङ्वा, भूवनसिं चोङबाङ र सुरेन्द्र पाहिम रहेका छन् ।