याक्थुङ् लिम्बू पहिचान किन ?

1028

याक्थुङ् सा

१. याक्थुङ र किराँत कुन अगाडिको हो ?

पूर्वी नेपालको पाहाडी भेग अथवा अरूण नदीदेखि पूर्वका नौ जिल्ला संखुवासभा, ताप्लेजुङ्, तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, सुनसरी, मोरङ र झापाका मुलवासी/आदिवासी समुदायलाई राज्यले चिन्ने पहिचान भनेको लिम्बू हो । तर बर्तमान अवस्थामा लिम्बू समुदायमा याक्थुङ्, किरात, राय, लिम्बू र सुब्बा (सुभा) के हौं भन्नेबारेमा बौद्धिक बर्गमा समेत विवाद रहेको पाइन्छ । लिम्बूहरू मध्येबाट पनि हामी लिम्बू याक्थुङ्/याक्थुङ्बा होइन किरात मात्र हौं भन्ने समूह पनि रहेको देखिन्छ । खासगरी यस्तो भन्नेहरूमा लिम्बू समुदाय कै लारूम्बेली किरात सत्तेहाङमा मित्रहरू रहेका छन् । खासमा किराँत भनेको यसको मुल भनेको संस्कृत भाषा हो । त्यसमा पनि यो किराँत भनेको संस्कृत तत्भव शब्दको रूपमा नेपाली भाषामा भित्रिएको हो । यो शब्द संस्कृतमा ‘किरात’ लेखिन्छ भने नेपाली भाषामा लेख्नु पर्दा त्यै संस्कृतमा भएको किरात शब्दमा चन्द्रविन्दु मात्रा थपेर ‘किराँत’ लेखिन्छ। त्यसैले किरात शब्द भनेको संस्कृत भाषाबाट नेपाली भाषामा भित्रिएको संस्कृत तत्भव शब्द हो । यो याक्थुङ लिम्बू भाषा भित्रको मौलिक शब्द होइन । त्यसैले हामी याक्थुङ लिम्बूहरूले आफुले आफैलाई कहिल्यै पनि किराँत भनेर भनेनौ । पछि आएर हामीलाई संस्कृत भाषाबाट किरात भन्नेहरू हिन्दु आर्यहरू नै हुन् । र अझै पनि उनीहरू हामीलाई किरात नै भन्छन् । हामी पनि उनीहरूलाई हाम्रो याक्थुङ् लिम्बू भाषाबाट पेनेबा, च्वाकेलाक्पा र पाम्भ्ना भन्छौं । त्यो उनीहरूले आफ्नो पहिचानको रूपमा अंगालेको पनि छैन र स्वीकारको पनि छैन । फेरी पनि कुरा दोहोर्याउ कि याक्थुङ् लिम्बू समुदायले आफुले आफ्नो याक्थुङ् लिम्बू भाषाबाट भन्नु पर्दा याक्थुङ् / याक्थुङ्बा नै भन्छ । र भन्दै पनि आएको छ । याक्थुङ्/याक्थुङ्बा याक्थुङ् लिम्बू भाषाको मौलिक शब्द हो अरू कुनै भाषाबाट आयातित शब्द होइन । याक्थुङ लिम्बू भाषालाई याक्थुङ लिम्बू भाषामा भन्नु पर्दा ‘याक्थुङ् पान’ भनिन्छ । यो भाषा भोटबर्मेली भाषा उप-परिवारको एउटा प्रमुख भाषा हो । यो याक्थुङ् लिम्बू भाषाको विकास वा सुरूआत कहिले देखि भयो भन्नेबारेमा त कुनै यकिन गर्ने अवस्था छैन तर पनि एकजना याक्थुङ् लिम्बू भाषामा अनुसन्धान गर्ने वा अनुसन्धान कर्ता नेदरल्याण्ड निवासी डा. जर्ज भ्याण्ड्रीमको अध्ययन अनुसार याक्थुङ् लिम्बू भाषा ४/५ हजार बर्ष पुरानो भाषा हो भन्ने अध्ययन रहेको पाइन्छ । उहाँका अनुसार आजभन्दा ४००० बर्ष अगाडि उच्चारण गरेको चैनिज शब्द अहिले फेरबदल भईसकेको छ, भने याक्थुङ् लिम्बू भाषाका शब्दहरू ४ हजार बर्ष अगाडिको शब्दावलीहरू जस्ताको तस्तै अझै उच्चारण हुन्छ भन्ने उहाँको अध्ययन रहेको छ । यसबाट के तथ्य कुरा प्रष्ट हुन्छ भने याक्थुङ् लिम्बू भाषा संस्कृत भाषा भन्दा पनि प्राचिन भाषा हो । त्यसैले जव याक्थुङ लिम्बू भाषाको सुरूआत भयो त्यही समयदेखि नै हाल लिम्बू भनिएका समुदायले आफुहरूलाई याक्थुङ/याक्थुङ्बा भनेका हुन भन्ने तर्कको कुनै विकल्प छ जस्तो लाग्दैन । यहाँनिर भन्न खोजेको के हो भने हामी किरात सर्वप्राचिन हो र याक्थुङ/याक्थुङ्बा त पछि मात्र भएका हौं भन्ने केही बिद्धवान मित्रहरूको तर्कको प्रतिउत्तरको लागि यो तर्क प्रस्तुत गरिएको हो । याक्थुङ अगाडि कि किराँत अगाडिको हो भन्ने तर्क सारै चल्ने गर्छ । याक्थुङ् लिम्बू समुदाय भनेको यहाँको ढुङ्गा माटो (खाम्बोङ्बा सा, लुङ्बोङ्बा सा) सँगै उत्पत्ति भएको यहाँको रैथाने वा मुलवासी/आदिवासी (native) हौं । यस बाक्यांशले याक्थुङ् लिम्बू जातिहरू अन्यत्र कतैबाट घुमन्ते फिरन्ते जातिको रूपमा यो याक्थुङ लाजे (लिम्बूवान) मा भित्रिएको होइन भन्ने अर्थ लाग्छ । नेपालको आधिकारिक प्राचिन इतिहासको आधारमा भन्नै पर्दा किरात भन्ने तथाकथित समुदाय नेपाल खाल्डोमा प्रवेश गरेको ई. पू. १ हजार बर्ष तिर मात्र हो । यो अवधि अहिले ३२ सय बर्ष मात्र हुँदैछ किरातहरू नेपाल खाल्डो प्रवेश गरेको त्यसैले किरात अगाडि कि याक्थुङ अगाडिको हो भन्ने कुरा प्रष्ट छ । किन किरात भन्दा याक्थुङ अगाडि हो त ? यो तर्कको पुष्टि के छ भने मानवशास्त्रीय दृष्टिकोण अनुसार के छ भने याक्थुङ् यही भुमिमा फुत्त उम्रिएका हुन् भन्ने तर्क गर्नेहरूको पनि कमि छैन । तर पनि कुरा के हो भने, मानवको रूपमा विकसित प्राक् मानव वा आधुनिक मानव होमोसेम्पियन्स यो भूमिमा आजभन्दा ५० हजार बर्ष पहिले प्रवेश गरिसकेको थियो यही होमोसेम्पियन्सबाट विकसित जाति नै अहिलेका याक्थुङ लिम्बू समुदाय हुन् । यही आधारले किरात भन्दा याक्थुङ अगाडिको हो जातिगत रूपमा पनि र भाषागत रूपमा पनि । अर्को तर्फ याक्थुङ शब्दलाई माइनर वा कम्जोर गराउन याक्थुङ लिम्बू समुदाय कै किरात याक्थुङ चुम्लुङका प्रतिनिधि मित्रहरू लागि परेका छन् । यो संस्थाले याक्थुङ् लिम्बूको मौलिकताको संरक्षण गर्ने रे ! यस्ता उर्तौलो तर्क गर्नेहरूले कसरी जातीय मौलिकताको संरक्षण गर्छ ? याक्थुङलाई मानइनर गरेर किरातलाई वढवा दिएर पनि मौलिकताको संरक्षण हुन्छ ? धान नाचेर, पालाम गाएर अनि च्याब्रुङ नाचेर मात्र याक्थुङ मौलिकतको संरक्षण हुँदैन ? मुल पहिचानलाई नै गौण राखेपछि कस्तो मौलिकताको संरक्षण गर्न खोज्या हो ? फेरी कियाचुका प्रतिनिधि मित्रहरूको अर्को तर्क के पनि छ भने मुन्धुममा किरात पनि छैन र याक्थुङ पनि छैन रे ! यसको प्रतिउत्तर के छ भने, यदी याक्थुङ शब्द याक्थुङ लिम्बू भाषाको मौलिक शब्द होइन भने मात्र मुन्धुममा याक्थुङ शब्द हुँदैन तर मुन्धुममा किरात शब्द चाहि हुँदैन, किनभने यो शब्द संस्कृत/नेपाली शब्द हो । याक्थुङ् मुन्धुममा सुसुवा लिलिम याक्थुङ्, माङजिरी माङ याक्थुङ सा तथा सावा येत्हाङ याक्थुङ भनेर उच्चारण भएको वा बाचन भएको पाईन्छ । सिरिजङ्गाले सुसुवा लिलिम याक्थुङ भनेर आजभन्दा ३०० बर्ष अगाडि उल्लेख गरेको हज्सन पाण्डुलिपिमा अझै संग्रहित छ । यदी हामी किरात नै थियौं भने किन सिरिजङ्गाले किरात उल्लेख गरेको पाइँदैन । अर्को कुरा हामी याक्थुङ लिम्बूहररू सुसुबेङ्ग लालावेङ्का शाखा सन्तान भएको हुनाले मुन्धुमी भाषामा सुसुलिलिम वा सुसुवा लिलिम याक्थुङ भनिएको हो । माङजिरी माङ याक्थुङ साको बारेमा भन्नु पर्दा हामी याक्थुङ लिम्बू देवताको सन्तान हो भन्ने अर्थ लाग्छ । मुन्धुमी कालमा मान्छे (याक्थुङ) र देवता (साम्माङ) ले विवाह गरेर फैलिएको सन्तान भएको हुनाले हामीले मुन्धुममा माङजिरी माङ याक्थुङ सा बाचन भएको हो । यदी हामी किरातीका सन्तान हौं भने किरात भनेको हिन्दु आर्यले किरात भनेको दानव वा राक्षसका रूपमा पनि अर्थ लगएको पाइन्छ । यस अर्थले हामी दानव वा राक्षसका सन्तान हुन्छौं । यो हाम्रो मुन्धुम विपरित हुन्छ । देवता (साम्माङ) र मान्छे (मेन्छामगेन नाम्मी) विवाह भएर पनि छुट्टिएको मुन्धुम फाल्टै छ । अर्को कुरा सावा येत्हाङहरू नै हालका याक्थुङहरूको पुर्वजहरू हुन् त्यसैले सावा येत्हाङ याक्थुङ मुन्धुममा सावा येत्हाङ याक्थुङ पनि उच्चारण वा बाचन हुन्छ । इम्बिरी याङथाङवा याक्थुङ सभ्यताको सुरूआत कृषि युग पुर्व नविन ढुङ्गे युगतिर नै हो । जुन कुरा हाम्रा मुन्धुमी स्थलहरूले प्रमाणित गर्छ । याक्थुङ लिम्बूहरूले पहिले वा प्रथम घर बनाएको स्थल, बैबाहिक र मृत्यु संस्कार गरेको स्थल, संस्कृतिको सुरूआत गरेको स्थल, प्रथम बालीनाली लगाएको स्थल, आगोको प्रयोग गरेको स्थल (यो बिषय मानवशास्त्री अध्ययन अनुसार १५ लाख बर्ष अगाडि पेकिङ मानवको पालमा भन्ने रहेको छ) लगायतका कैयौं मुन्धुमी तथ्यहरू वा घटनाहरू यही याक्थुङ लाजे (लिम्बूवान) भित्र नै रहेका छन् । त्यसैले उल्लेखित मुन्धुमी तथ्यहरूको आधारमा हामी याक्थुङ् लिम्बू समुदाय यहाँका रैथाने (native) समुदाय हौं भन्ने प्रमाणित गर्छ । अन्यत्र कतैबाट घुमन्ते फिरन्ते जातिको रूपमा भित्रिएको होइन । त्यसैले एउटा दुर्भाग्यको कुरा के छ भने याक्थुङ् लिम्बू भाषाको विकास इम्बिरी याङथाङ्वा याक्थुङ सभ्यताको विकाससँगै भएको हुनुपर्छ नत्र सभ्यताको कुनै अर्थ नै हुँदैन । सभ्यताको क्रम नै सुचारू हुँदैन । भाषा भनेको मानवको बिचार, भावना तथा धारणाहरू आदान प्रदान गर्ने माध्यम हो । एउटा उदाहरण लिउ कि याक्थुङ पान वा याक्थुङ लिम्बू भाषाको सुरूआत कहिले भयो भनेर अनुमानको लागि सावा येत्हाङहरूले आगो चलाउन जानेका थिएन सावा येत्हाङ कान्छा सेच्छेनेहाङलाई आमाले बुबा सोधुङ्गेन लेम्मुहाङकोमा आगो माग्न पठाएको मुन्धुम छ, यसमा भाषाको प्रयोग भयो कि भएन् ? र यो घटना कति पुरानो हो ? त्यसैले याक्थुङ लिम्बू भाषा धेरै नै प्राचिन भाषा हो । तर यो भाषाको लेख्य परम्पराको बिकास पछि मात्र हुनु दुर्भाग्य कुरा हो । अर्को कुरा संस्कृत भाषाको विकास हिन्दु आर्यहरूले ई. पू. १५०० पछाडि भारतबर्षमा प्रवेश गरेपछि विकास गरेका हुन् भन्ने छ । किन भने ऋृगबेदको रचना यही समयमा भएको हो । तर याक्थुङ लिम्बू भाषा त्यो भन्दा धेरै प्राचिन हुनुपर्छ । संसारभरका मुलवासी/आदिवासी समुदायको लेख्य परम्परा वा लिपिको विकास प्राय: पछि मात्र भएको पाइन्छ । र अन्त्यमा: याक्थुङ् लिम्बू र हिन्दु आर्य शाहबंशी राजाहरूको सम्पर्क बि. स. १८३१ देखि मात्र भएको हो । अझ लिखित दस्तावेज लालमोहरको आधारमा बि. स. १८५५ को राजा रणबहादुर शाहको पालाको अन्त्यतिरको लालमोहरमा मात्र प्रथम पल्ट पल्लो किरात भनेर उल्लेख गरिएको पाइन्छ । यो भन्दा अगाडिको कुनै पनि सेनवंशी तथा शाहबंशी राजाहरूको स्याहामोहर लालमोहर, सनद तथा रूक्काहरूमा किरात भनेर उल्लेख गरिएको ऐतिहासिक दस्तावेजहरू प्राप्त भएको छैन । त्यसैले उल्लेखित तथ्यहरूको आधारमा भाषागत र जातिगत आधारमा किरात भन्दा याक्थुङ अगाडिको हो । २.के राय, लिम्बू र सुब्बा (सुभा) हामी याक्थुङ लिम्बूको वास्तविक पहिचान हो ? क. राय र राई: राय भनेको कुनै जात जाति, समुदाय र पहिचानको नामाकरण नै होइन । यो कुनै पदवी वा उपाधि जस्तो मात्र हो । यो राय पदवी बाइसे चौबिसे, लिम्बू, खम्बु, याक्खा र सुनुवार समुदायका राजाहरूले ग्रहण गरेको इतिहास छ । इतिहासकार स्व. इमानसिं चेम्जोङको “किरात कालिन विजयपुरको संक्षिप्त इतिहास” का अनुसार बि. स. १४२१ तिर मोरङका किराती राजा साङलाईङका छोरा पुङ्लाइङले हिन्दुमत ग्रहण गरे । उनले आफ्नो हिन्दु नाम अमर राय पदले सुशोभित गरे भन्ने उल्लेख छ । अर्को तर्फ याक्थुङ् लिम्बू कहिलेदेखि राय पदवी ग्रहण गरे भन्ने प्रमाण सेनकालको एउटा स्याहामोहर इतिहासकार भगिराज इङ्नामले आफ्नो “लिम्बुवानको ऐतिहासिक दस्तावेज”मा उल्लेख गरेका छन् । प्रथम पल्ट राजा हरिचन्द्र सेनको पाला बि.स. १७१९ को स्याहामोहरबाट मात्र लिम्बू खम्बुलाई राय भनेर उल्लेख गरिएको हो भन्ने छ । त्यसरी नै बि. स. १७७९ को सेनराजाहरूको स्याहामोहरमा प्रथम पल्ट लिम्बू र खम्बुहरूलाई राई भनेर उल्लेख गरिएको छ भनेर पनि इङ्नामले उल्लेख गरेका छन् । त्यसै गरी बाइसे चौबिसे राजाहरूले त राय पदवी १२ औं शताब्दीतिर नै धारण गरेको इतिहास छ । तसर्थ: प्रमाणित दस्तावेजहरूको आधारमा लिम्बु खम्बु दुवैलाई बि. स. १७७९ तिर नै सेन राजाहरूले संयुक्तरूपमा राई भनेर संबोधन गरेको प्रमाणित हुन्छ । यही कुरालाई लिएर खम्बु मित्रहरूले राई र लिम्बू दाजु भाई हो भन्ने गर्छन् । कसैले दिएको पदवीको आधारमा कुनै समुदाय दाजु भाई हुन सक्दैन । दाजु भाई हुनलाई एउटै पुर्खाको सन्तान हुनुपर्छ । उत्पत्ति थलो एउटै हुनुपर्छ । भाषा, लिपि, संस्कार संस्कृति तथा परम्परागत प्रचलनहरू मिल्नुपर्छ । राई जाति हौं भन्ने मित्रहरूकै एक आपसमा भाषा, संस्कार फरक छ । उत्पत्ति स्थल फरक छ । कसैले हाम्रो उत्पत्ति खुवालुङ् भन्छ । कसैले तुवाचुङ् भन्छ । कसैले साल्पा पोखरीतिर भन्छ । माथी उल्लेखित सेनकालिन बि. स. १७७९ सालको स्याहामोहरका अनुसार लिम्बू खम्बु दुवै समुदायलाई राई संबोधन गरेको देखिन्छ । तर लिम्बूले राई भन्न छाडे तर खम्बुले राईलाई अहिले जातिको रूपमा अंगाली राखेको पाइन्छ । उनीहरू खम्बु भन्नु भन्दा पनि राई किराती भन्ननाई रूचाएको देखिन्छ तर उनीहरूको असली पहिचान खम्बु नै हो । ख. सुब्बा (सुभा): प्रसिद्ध किरात इतिहासकार स्व. इमानसिं चेमजोङका अनुसार सुभा शब्द अपभ्र भई सुब्बा भएको हो र त्यसरी नै राय शब्द अपभ्रंश भई राई भएको भनेर “किरात कालिन विजयपुरको संक्षिप्त इतिहास”मा उल्लेख गरेको पाइन्छ । चेम्जोङका अनुसार विजयपुर राज्यको संस्थापक राजा नै विजयनारायण राय हुन् । मोरङ्गे राजा साङलाईङ्ग राजाका सातौं पुस्ताका राजा विजयनारायण राय हुन् । चेम्जोङले यो राजबंशलाई साक्वादेन थरी लिम्बू भएको पनि उल्लेख गरेका छन् । त्यस समयमा प्राचिन याक्थुङ लाजेलाई समग्रमा फेदाप तथा दश लिम्बुवान भन्ने चलन थियो । त्यस समयमा फेदाप राज्यमा एक जना शक्तिशाली मुरेहाङ खेवाहाङ राजा थिए । विजयपुरका राजा विजयनारायण रायले मुरेहाङ खेवाहाङसँग साझेदारी शासन गर्न समझदारी गरेपछि दश लिम्बुवानका मुरेहाङ खेवाहाङ फेदाप र विजयपुर दुवै राज्यका चौतारिया भए । त्यसै समयदेखि मुरेहाङ खेवाहाङले राय पदवी धारण गरी आफ्नो नाम मुरेहाङ खेवाहाङ राय नामाकरण गरे । यसरी याक्थुङ लिम् बू राजाहरूले हिन्दुमत धारण गरेको चेम्जोङका अनुसार १५ औं शताब्दी अगाडि नै देखिन्छ । मुरेहाङ हिन्दुमत धारण गर्ने दोस्रा राजा हुन् भने १४ शताब्दीमा नै हिन्दु मत धारण गरी राय पदवी लिने राजा साङ्लाईङ् राजाका छोरा पुङ्लाइङ् हुन् ति राजाले आफ्नो नाम अमर राय भनेर नामाकरण गरेको कुरा माथी नै उल्लेख गरी सकिएको छ । त्यस समयमा दश लिम्बुवानका हाङहरूलाई सुभा भनिन्थ्यो भनेर पनि इतिहासकार चेम्जोङले विजयपुरको इतिहासमा उल्लेख गरेको छ । दश लिम्बुवानका हाङ तथा सुभाहरूले पालो पालो विजयपुरमा राज्य गरेको उनीले उल्लेख गरेका छन् । चेम्जोङको विजयपुरको ऐतिहासिक तथ्यलाई अध्ययन गर्दा सुभाहाङ प्रणाली ऐतिहासिक फेदाप तथा दश लिम्बुवान कालदेखि कै प्रचलन हो भन्ने बुझिन्छ । यो सुभाहाङ प्रणाली विजयपुर राज्यका सेन राजा लोहाङ सेनको पालामा पनि कायमा रहयो राजा लोहाङ सेनले धेरै जना सुभाहरूलाई सेन राज्यको विभिन्न क्षेत्रको सुभाहाङ नियुक्ति गरी संघात्मक प्रणालीबाट विजयपुरमा शासन गरेका थिए । यदी चेम्जोङको यो इतिहास सत्य हो भने फेदाप तथा दश लिम्बुवानको सुभाहाङ प्रणाली पंचायत कालसम्म कायम रहयो । यो सुभा वा सुब्बाङ्गी प्रथा याक्थुङ लिम्बूहरूको फेदाप वा दश लिम्बुवानको समयदेखि यसलाई सेन राजा र शाहबंशी राजाहरूले पनि नमासी कायम नै राखेको वा निरन्तरदा दिएको देखिन्छ । याक्थुङ लिम्बू भाषाको सुभा शब्द गैर याक्थुङ लिम्बू भाषीले सुब्बा भनेर उच्चारण गरेको हुनुपर्ने अनुमान गरिन्छ । अझै याक्थुङ लिम्बू समुदायमा बोलचालमा सुभाहाङे भनेर बोलाउने गरेको वा अझै पनि गरिन्छ । पहिले सुभा शब्द हाङ वा राजा समानको एउटा पदवी वा उपाधि भएको देखिन्छ भने पंचायत कालसम्म सुब्बाङ्गी भनेर याक्थुङ लिम्बू समुदायलाई राज्य शासनको केही अधिकारहरू सहित सुब्बाङ्गी अधिकार दिलाइएकोमा मात्र सिमित भई अन्त भयो साथै त्यो पनि पंचायती शासनको भूमि सुधार कार्यक्रमले खायो । अहिले त नामको अन्तमा मात्र सुब्बा लेख्ने छ त्यो प्रचलनको पनि विरोध हुने हुँदा त्यो क्रम पनि सकिन लागेको छ । यसै कारणहरूले गर्दा याक्थुङ लिम्बूहरूलाई सुब्बा भनेर चिनिएको वा संबोधन गरिएको हो साथै कोही कोही याक्थुङ लिम्बूहरूले आफ्नो जातथरमा सुब्बा लेख्ने प्रचलन अझै पनि कायम नै छ । खासमा यो सुब्बा याक्थुङ लिम्बू जातिको मान वा सम्मान बोधक शब्द हो । किनभने याक्थुङ लिम्बू शब्दबाट अपभ्रंश भएर बनेको शब्द सुब्बा हो । साथै हाल नेपालको प्रशासनिक वा कर्मचारीहरूमा सुब्बा वा नायव सुब्बाको पोष्ट वा दरवन्दी कायम नै छ । सुभा वा सुब्बा राय, लिम्बू र किरात जस्तो अन्य समुदायले भिराएको कुनै उपाधि, पदवी वा पहिचान थिएन । फेदाप वा दश लिम्बुवानकै एक राज्य सत्ता सञ्चालन गर्ने एउटा पदवी वा उपाधि हुनुपर्छ । सुभा वा सुब्बा भनेको के हो ? भनेर मैले अहिलेसम्म बुझेको बिषय यति नै हो । यसको बारेमा अझै थप खोज अध्ययन र अनुसन्धान गर्ने कार्य जारी नै रहनेछ । अहिले आएर नामको अन्तमा सुब्बा लेख्नेहरूलाई आलोचना गर्ने गरिन्छ । सत्य र तथ्य कुरा प्रष्ट नभई कसैलाई आलोचना गर्नु पनि सहि होइन । ३. याक्थुङ्/याक्थुङ्बाहरू कसरी लिम्बू भए ? यो बिषयमा पनि हाम्रो याक्थुङ लिम्बू समुदायको विद्धवानहरूमा कुनै एक मत भएको देखिँदैन । यो लिम्बू शब्द पनि मौलिक याक्थुङ लिम्बू शब्द होइन भन्नेमा चाहि पक्का छ । याक्थुङहरूलाई कसले र कहिलेदेखि लिम्बू भन्न थालियो यो कुरामा विद्धवानहरू आफैमा विवादित छन् । तर अहिले आएर हामीले बाध्य भएर लिम्बू पहिचानलाई स्वीकार्नु परेको हो । किनभने राज्य वा शासक बर्ग तथा नेपालको सरकारी निकायहरूले हामीलाई लिम्बू भनेर चिन्छ । याक्थुङहरू कसरी लिम्बू भए भन्ने मतहरूको बिश्लेषण गर्दा इतिहासकार इमानसिं चेम्जोङका अनुसार उहाँले किरात इतिहासमा के उल्लेख गर्नु भएको छ भने, छैटौं शताब्दितिर आठ राजा (येत्हाङ) र आप्रवासी दश सरदारहरू विच युद्ध भई दश सरदारहरूले धनुवाँणले युद्ध गरेर (लि- आबु आङ्) आठ राजाहरूलाई जितेको हुँदा यो भूमिको नाम लिम्बुवान रहन गएको र यो भूमिमा बसोबास गर्ने समुदायको नाम लिम्बू भएको मत रहेको छ । यही ‘लि- आबु’ शब्द अपभ्रंश भएर ‘लिम्बू र लिम्बुवान’ भएको हो भन्ने चेम्जोङको मत हो । यसरी दश सरदारहरूले आठ राजाहरूलाई धनुबाँणले युद्ध जितेको उल्लास तथा स्मृतिमा पाँचथरको फेदेन यकको आम्बे पजकमामा तीन ओटा आँपका विरूवा र तीन ओटा ढुङ्गा रोपेका हुन् भनेर पनि उहाँले उल्लेख गरेका छन् । यो मतको खण्डन गर्दै लेखक बिरही काइँला ज्यूले आम्बे पोजो, सुम्हेतलुङ्मा वा काम्गेलुङ्मनको बारेमा के उल्लेख गरेका छन् भने, बि. स. १८ ३० को अन्ततिर गोरखाली सेनाको बिरूद्धमा युद्ध गर्न लिंहिञा नेम्बाङ् राजाले तमोर पारका पापो राजा जङ्ग (चङ्ग) राय, थेगिम राजासँग मिली तमोर किनार नजिकै पर्ने फेदेन यकमा अग्लो डाँडामा संयुक्त रूपमा गढी बनाउने निर्णय गरी तीन थरका लिम्बूहरूको दृढ सम्बन्धको प्रतिकको रूपमा तीन बोट आँप रोपेपछि झुरूप्प होस भनेर (आम्बे पोजो) र तीन जनाको मुटु (प्राण) यौटै हो भनि तीन ओटा ढुङ्गा गाडेर रातो (रगत) रंगले रंगाए (चेमजोङका अनुसार सुभा शब्द अपभ्र भई सुब्बा भएको हो र त्यसरी नै राय शब्द अपभ्रंश भई राई भएको भनेर “किरात कालिन विजयपुरको संक्षिप्त इतिहास”मा उल्लेख गरेको पाइन्छ । चेम्जोङका अनुसार विजयपुर राज्यको संस्थापक राजा नै विजयनारायण राय हुन् । मोरङ्गे राजा साङलाईङ्ग राजाका सातौं पुस्ताका राजा विजयनारायण राय हुन् । चेम्जोङले यो राजबंशलाई साक्वादेन थरी लिम्बू भएको पनि उल्लेख गरेका छन् । त्यस समयमा प्राचिन याक्थुङ लाजेलाई समग्रमा फेदाप तथा दश लिम्बुवान भन्ने चलन थियो । त्यस समयमा फेदाप राज्यमा एक जना शक्तिशाली मुरेहाङ खेवाहाङ राजा थिए । विजयपुरका राजा विजयनारायण रायले मुरेहाङ खेवाहाङसँग साझेदारी शासन गर्न समझदारी गरेपछि दश लिम्बुवानका मुरेहाङ खेवाहाङ फेदाप र विजयपुर दुवै राज्यका चौतारिया भए । त्यसै समयदेखि मुरेहाङ खेवाहाङले राय पदवी धारण गरी आफ्नो नाम मुरेहाङ खेवाहाङ राय नामाकरण गरे । यसरी याक्थुङ लिम् बू राजाहरूले हिन्दुमत धारण गरेको चेम्जोङका अनुसार १५ औं शताब्दी अगाडि नै देखिन्छ । मुरेहाङ हिन्दुमत धारण गर्ने दोस्रा राजा हुन् भने १४ शताब्दीमा नै हिन्दु मत धारण गरी राय पदवी लिने राजा साङ्लाईङ् राजाका छोरा पुङ्लाइङ् हुन् ति राजाले आफ्नो नाम अमर राय भनेर नामाकरण गरेको कुरा माथी नै उल्लेख गरी सकिएको छ । त्यस समयमा दश लिम्बुवानका हाङहरूलाई सुभा भनिन्थ्यो भनेर पनि इतिहासकार चेम्जोङले विजयपुरको इतिहासमा उल्लेख गरेको छ । दश लिम्बुवानका हाङ तथा सुभाहरूले पालो पालो विजयपुरमा राज्य गरेको उनीले उल्लेख गरेका छन् । चेम्जोङको विजयपुरको ऐतिहासिक तथ्यलाई अध्ययन गर्दा सुभाहाङ प्रणाली ऐतिहासिक फेदाप तथा दश लिम्बुवान कालदेखि कै प्रचलन हो भन्ने बुझिन्छ । यो सुभाहाङ प्रणाली विजयपुर राज्यका सेन राजा लोहाङ सेनको पालामा पनि कायमा रहयो राजा लोहाङ सेनले धेरै जना सुभाहरूलाई सेन राज्यको विभिन्न क्षेत्रको सुभाहाङ नियुक्ति गरी संघात्मक प्रणालीबाट विजयपुरमा शासन गरेका थिए । यदी चेम्जोङको यो इतिहास सत्य हो भने फेदाप तथा दश लिम्बुवानको सुभाहाङ प्रणाली पंचायत कालसम्म कायम रहयो । यो सुभा वा सुब्बाङ्गी प्रथा याक्थुङ लिम्बूहरूको फेदाप वा दश लिम्बुवानको समयदेखि यसलाई सेन राजा र शाहबंशी राजाहरूले पनि नमासी कायम नै राखेको वा निरन्तरदा दिएको देखिन्छ । याक्थुङ लिम्बू भाषाको सुभा शब्द गैर याक्थुङ लिम्बू भाषीले सुब्बा भनेर उच्चारण गरेको हुनुपर्ने अनुमान गरिन्छ । अझै याक्थुङ लिम्बू समुदायमा बोलचालमा सुभाहाङे भनेर बोलाउने गरेको वा अझै पनि गरिन्छ । पहिले सुभा शब्द हाङ वा राजा समानको एउटा पदवी वा उपाधि भएको देखिन्छ भने पंचायत कालसम्म सुब्बाङ्गी भनेर याक्थुङ लिम्बू समुदायलाई राज्य शासनको केही अधिकारहरू सहित सुब्बाङ्गी अधिकार दिलाइएकोमा मात्र सिमित भई अन्त भयो साथै त्यो पनि पंचायती शासनको भूमि सुधार कार्यक्रमले खायो । अहिले त नामको अन्तमा मात्र सुब्बा लेख्ने छ त्यो प्रचलनको पनि विरोध हुने हुँदा त्यो क्रम पनि सकिन लागेको छ । यसै कारणहरूले गर्दा याक्थुङ लिम्बूहरूलाई सुब्बा भनेर चिनिएको वा संबोधन गरिएको हो साथै कोही कोही याक्थुङ लिम्बूहरूले आफ्नो जातथरमा सुब्बा लेख्ने प्रचलन अझै पनि कायम नै छ । खासमा यो सुब्बा याक्थुङ लिम्बू जातिको मान वा सम्मान बोधक शब्द हो । किनभने याक्थुङ लिम्बू शब्दबाट अपभ्रंश भएर बनेको शब्द सुब्बा हो । साथै हाल नेपालको प्रशासनिक वा कर्मचारीहरूमा सुब्बा वा नायव सुब्बाको पोष्ट वा दरवन्दी कायम नै छ । सुभा वा सुब्बा राय, लिम्बू र किरात जस्तो अन्य समुदायले भिराएको कुनै उपाधि, पदवी वा पहिचान थिएन । फेदाप वा दश लिम्बुवानकै एक राज्य सत्ता सञ्चालन गर्ने एउटा पदवी वा उपाधि हुनुपर्छ । सुभा वा सुब्बा भनेको के हो ? भनेर मैले अहिलेसम्म बुझेको बिषय यति नै हो । यसको बारेमा अझै थप खोज अध्ययन र अनुसन्धान गर्ने कार्य जारी नै रहनेछ । अहिले आएर नामको अन्तमा सुब्बा लेख्नेहरूलाई आलोचना गर्ने गरिन्छ । सत्य र तथ्य कुरा प्रष्ट नभई कसैलाई आलोचना गर्नु पनि सहि होइन । ३. याक्थुङ्/याक्थुङ्बाहरू कसरी लिम्बू भए ? यो बिषयमा पनि हाम्रो याक्थुङ लिम्बू समुदायको विद्धवानहरूमा कुनै एक मत भएको देखिँदैन । यो लिम्बू शब्द पनि मौलिक याक्थुङ लिम्बू शब्द होइन भन्नेमा चाहि पक्का छ । याक्थुङहरूलाई कसले र कहिलेदेखि लिम्बू भन्न थालियो यो कुरामा विद्धवानहरू आफैमा विवादित छन् । तर अहिले आएर हामीले बाध्य भएर लिम्बू पहिचानलाई स्वीकार्नु परेको हो । किनभने राज्य वा शासक बर्ग तथा नेपालको सरकारी निकायहरूले हामीलाई लिम्बू भनेर चिन्छ । याक्थुङहरू कसरी लिम्बू भए भन्ने मतहरूको बिश्लेषण गर्दा इतिहासकार इमानसिं चेम्जोङका अनुसार उहाँले किरात इतिहासमा के उल्लेख गर्नु भएको छ भने, छैटौं शताब्दितिर आठ राजा (येत्हाङ) र आप्रवासी दश सरदारहरू विच युद्ध भई दश सरदारहरूले धनुवाँणले युद्ध गरेर (लि- आबु आङ्) आठ राजाहरूलाई जितेको हुँदा यो भूमिको नाम लिम्बुवान रहन गएको र यो भूमिमा बसोबास गर्ने समुदायको नाम लिम्बू भएको मत रहेको छ । यही ‘लि- आबु’ शब्द अपभ्रंश भएर ‘लिम्बू र लिम्बुवान’ भएको हो भन्ने चेम्जोङको मत हो । यसरी दश सरदारहरूले आठ राजाहरूलाई धनुबाँणले युद्ध जितेको उल्लास तथा स्मृतिमा पाँचथरको फेदेन यकको आम्बे पजकमामा तीन ओटा आँपका विरूवा र तीन ओटा ढुङ्गा रोपेका हुन् भनेर पनि उहाँले उल्लेख गरेका छन् । यो मतको खण्डन गर्दै लेखक बिरही काइँला ज्यूले आम्बे पोजो, सुम्हेतलुङ्मा वा काम्गेलुङ्मनको बारेमा के उल्लेख गरेका छन् भने, बि. स. १८ ३० को अन्ततिर गोरखाली सेनाको बिरूद्धमा युद्ध गर्न लिंहिञा नेम्बाङ् राजाले तमोर पारका पापो राजा जङ्ग (चङ्ग) राय, थेगिम राजासँग मिली तमोर किनार नजिकै पर्ने फेदेन यकमा अग्लो डाँडामा संयुक्त रूपमा गढी बनाउने निर्णय गरी तीन थरका लिम्बूहरूको दृढ सम्बन्धको प्रतिकको रूपमा तीन बोट आँप रोपेपछि झुरूप्प होस भनेर (आम्बे पोजो) र तीन जनाको मुटु (प्राण) यौटै हो भनि तीन ओटा ढुङ्गा गाडेर रातो (रगत) रंगले रंगाए (सुमहेत्लुङ्गमा) । यसरी मित्रता कायम गरे (काम्गे लुङ्मा) र साक्षीका रूपमा रही रक्षा गरून भनी १ बोट सिमल पनि रोपे । यसरी यो पवित्र स्थलको जन्म भयो भनि उल्लेख गरेका छन् । लेखक विरही काइँला ज्यूको याक्थुङहरू लिम्बू भएको मत अर्कै रहेको छ । पहिले लिम्बू राजाहरूलाई भुईफुट्टा हाङ भनिन्थे । यो भुईफुट्टा हाङ भनेको जमिनबाट उम्रेको भन्ने अर्थ लाग्छ । यसलाई याक्थुङ लिम्बू भाषामा भन्नु पर्दा लिङ्बा भनिन्छ । यही लिङ्बा, लिङ्ब शब्द अपभ्रंश हुँदै लिम्बू भएको हो भन्ने मत रहेको छ । त्यसै गरी लेखक प्रेमबहादुर माबोहाङका अनुसार लिलिमहाङका शाखा सन्तान नै लिम्बू हुन भन्ने रहेको छ । लेखक अर्जुनबाबु माबुहाङका अनुसार सुसुवा लिलिम याक्थुङहरूलाई राजपुत, सेन र शाहहरूले लिलिम भन्दा भन्दै लिम्बू भनि सम्बोधन गर्न थालेको हो भन्ने रहेको छ । थाम्सोहाङ पुष्प सुब्बाका अनुसार लुङ्बोङबाबाट लिम्बू भएको उहाँको मत छ । डा. चैतन्य सुब्बाका अनुसार गोरखाली उपनिवेश वा अतिक्रमण बढेपछि लिम्बू र लिम्बुवान शब्दको प्रयोग बढाईएको भन्ने मत रहेको छ । प्रस्तुत विद्धवानहरूको मत कसैको पनि मिल्दैन । अहिलेसम्म लिम्बू वा दश लिम्बू भनेर उल्लेख गरिएको दस्तावेज सेनकालको बि. स. १८२४ को एउटा स्याहामोहर रहेको छ । दश लिम्बू भनेर उल्लेख भएको स्याहामोहर लेखक भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहमा उल्लेख छ । यहाँ निर चेम्जोङको मत चाहि अहिले आएर अलिक भ्रामक रहेको पाइन्छ । यदी याक्थुङ लिम्बूहरू छैटौ शताब्दी देखि नै लिम्बू भएको हो भने यो लिम्बू भन्ने शब्द मुन्धुमको कुनै न कुनै पाटोमा उच्चारण वा बाचन हुनु पर्ने थियो । तर किन मुन्धुममा लिम्बू उच्चारण हुँदैन त्यसरी नै अर्को खण्डन के हो भने छैटौ शताब्दीतिर नै दश सरदारहरूले फेदेन यकको आम्बे पोजोमा रोपेको आँप र सिमल अहिले १६०० बर्षसम्म बाँच्न कसरी सफल भयो ? आँप र सिमलको बोटको आयु कति बर्षसम्म हुन्छ ? यि प्रश्नहरूको उत्तरले चेम्जोङको लिम्बू भएको मत के हो कस्तो हो भन्ने प्रष्ट गर्ने छ । र अन्य विद्धवानको मतको बारेमा यहाँ कुनै खण्डन र विश्लेषण गर्न प्रासंगिक ठानिन । अन्त्यमा:- खासमा पहिले याक्थुङ समुदायमा जात जातिको प्रचलन थिएन । यो जात जातिको प्रचलन हिन्दु आर्य समाजमा मात्र थियो । उनीहरूले नै हामी याक्थुङ समुदाय वा अन्य मुलवासी समुदायलाई किरात, लिम्बू तथा राय भन्दै ल्याए र पछि गएर यिनै उपनामहरू जात जाति तथा महाजातिको रूपमा विकसित भएर अहिले विवादको कारण बनेको छ । लिम्बूहरूलाई जात जाति तथा छुवाछुतको बारेमा केही थाहा थिएन । यो पनि पृथ्वीनारायण शाहको अतिक्रमण पछि लिम्बूहरूले बुझे वा सिके । हामी याक्थुङ लिम्बू समुदायहरूको असली पहिचान भनेको नै याक्थुङ/याक्थुङबा हो । माथी नै उल्लेख भईसकेको छ कि जवदेखि याक्थुङ् लिम्बू भाषाको विकास भयो त्यही समयदेखि हामीले याक्थुङ्/ याक्थुङ्बा भनिएको भन्ने यो सुक्ष्म अध्ययनको निष्कर्स हो । किन हामीले लिम्बू पनि भन्नु पर्ने भने, किनभने हामीले लिम्बू भन्ने पहिचान बाध्य भएर अंगाल्नु वा स्वीकार्नुको अर्थ राज्य, शासक तथा सरकारी निकायले हामीलाई लिम्बू भनेर चिनेको हुनाले मात्र हो । अहिले आएर हामीले हाम्रो मौलिक पहिचान याक्थुङलाई स्थापित गर्न याक्थुङ र लिम्बूसँगै वा एकैसाथ स्थापित गर्न आवश्यक भएको हुँदा जनगणनामा जात जातिको महलमा याक्थुङ लिम्बू उल्लेख गर्न याक्थुङ लिम्बू समुदायमा ब्यापक प्रचार प्रसार गरिएको थियो । कति याक्थुङ लिम्बू समुदायले यसको खुलेरै विरोध गरे त्यसमा पनि कियाचु र लारूम्बे किरात सत्तेहाङमा मित्रहरू प्रमुख हुन् । यस्तै विरोध भएतापनि वा रहेता पनि हाम्रो याक्थुङ लिम्बू समुदायमा चेतनाको स्तर क्रमिक रूपले बढ्दै गरेको हुँदा एक दुई ओटा जनगणनाहरूमा याक्थुङ लिम्बू भन्ने हाम्रो मौलिक पहिचान स्थापित हुनेमा विश्वस्त छु …अस्तु …।।। सन्दर्भ ग्रन्थहरू:- १. चेम्जोङ, इमानसिं (बि. स. २०५९) किरात इतिहास; किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालय, महालक्ष्मीस्थान, ललितपुर । २. काइँला, बैरागी ( बि. स. २०४८) लिम्बू जातिमा कोख पूजा; नेपाल राजकीय प्रज्ञा- प्रतिष्ठान । ३. चेम्जोङ, इमानसिं (बि. स. २०५९) किरातकालिन विजयपुरको संक्षिप्त इतिहास;किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालय, महालक्ष्मीस्थान, ललितपुर । ४. इङ्नाम, भगिराज (बि. स. २०७८) लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह; साझा प्रकाशन । ५. कुरूम्बाङ, दिलेन्द्र सुब्बा (बि. स.२०५) लिम्बुवान क्रान्ती र विकास; संघिय लिम्बुवान राज्य परिषद,पान्थर, लिम्बुवान नेपाल ।