स्वतन्त्रता घोषणा र हाम्रो प्रतिबद्धता

545

युमा साम्यो महासभा साउदी अरब

युमा साम्यो सम्बद्ध–असम्बद्ध स्वदेश–विदेशका सम्पूर्ण आदरणीय मान्यजन महानुभावहरूमा सेवारो !………………………………..

सावा येहाङ याक्थुङ जातिको मौलिक मुन्धुम, युमा धर्म, संस्कार, सँस्कृतिका साथै मुन्धुमी थातथलोहरूको संरक्षण, सम्बद्र्धन एवं पर्यटकीय प्रवद्र्धन गर्दै मुन्धुमी मौलिकता, मूल्य–मान्यता, याक्थुङ मौलिक पहिचान, अस्तित्व र महत्वको संरक्षण गर्नमा आफ्नो तर्फबाट यथासक्दो तन, मन, धन र बोलीवचनले युमा साम्यो महासभा नेपालको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले विगत मिति २०१८ सेप्टेम्बर २१ तदानुसार वि. सं. २०७५ साल असोज ५ गते शुक्रवारका दिन बसन्त चेन्जी माबो अध्यक्ष रहेको ३१ सदस्यीय युमा साम्यो महासभा, साउदी अरब समिति त्यहाँ सर्वप्रथम गठन भएको थियो । सो समिति साउदी अरबमा रही कार्यरत युमा साम्यो अनुयायी एवं युमा धर्मावलम्बीहरूको साझा मूल संस्था हो । युमा साम्यो महासभा नेपालको नीति तथा उद्देश्य परिपूर्ति गर्ने क्रममा विवादित नबनी तथा उद्देश्यसँग नबाझिनेगरी केन्द्रको कहिले अनन्य सहयोगी बनेर त कहिले केन्द्रसँग सहकार्य गरेर हालसम्म पनि यो समिति निरन्तर सकृय रहँदै आएको छ । केन्द्रको विधान बमोजिम औपचारिक सम्बन्ध राख्न पर्याप्त आधार नमिले तापनि यो समितिले अनौपचारिक रूपमै भए पनि भाइचारा सम्बन्ध कायम राखी युमा साम्यो महासभा नेपाललाई सर्वोच्च निकाय अथवा सर्वोच्च केन्द्र, आफ्नो मुट, शिर अथवा शिर्षस्थ अभिभावक मान्दै आएको छ । यसै सन्दर्भमा, केही समय अघि १६ सेप्टेम्बर २०२२ मा कथित मेसेन्जर मिटिङद्वारा बिकेन पालुङ्वा अध्यक्ष रहेको युमा साम्यो महासभा साउदीअरब समिति गठन भो रे भन्ने हल्ला सामाजिक सञ्जालहरूमा गाईँगुँइ चल्यो । युमा साम्यो महासभा नेपाल (केन्द्र)का पदाधिकारीहरूलाई बसन्त चेन्जी माबो अध्यक्ष रहेको साउदी अरब समिति छ भन्ने प्रष्ट जानकारी हुँदाहुँदै, दुवै समितिलाई मिलाएर युमाधर्मीहरूको एक सिङ्गो, एक ढिक्का र एकताबद्ध युमा साम्यो महासभा साउदी अरब समिति बनाउने गम्भीर पहल र भरमग्दुर कोशिश गर्नको सट्टा केन्द्रले बिकेन पालुङवा अध्यक्ष रहेको समितिलाई मात्रै युमाधर्मीहरूको संस्थाको रूपमा मान्यता दियो भनि सामाजिक सन्जालहरूबाट जान्न–सुन्नमा आएको छ । पहिलो समितिलाई नै मान्यता दिनु पर्नेमा पहिलो समितिसँग छलफल र बहस नै नगरी हतारमा विधानले तय गरेको कार्य समिति बन्ने विधि र प्रक्रिया नै नपु¥याई वा त्यसको बिपरित केही पदलोलुप व्यक्तिहरूले आफू खुशी बनाएको समितिलाई केन्द्रले मान्यता दिएकोले त्यस अनुचित कार्यलाई यो समिति विभाजनकारी, विभेदकारी, बदनियतपूर्ण, अपमानपूर्ण र अनपेक्षित ठहर गर्दछ । उक्त अवैधानिक कु–कदमको साउदी अरब समिति घोर भत्र्सना गर्दछ । केन्द्रको सो गलत कार्यले युमा साम्यो (धर्म) प्रति आस्था राख्ने र सङ्गठित हुन चाहने आम अनुयायी एवं श्रद्धालु भक्तजनहरूमा अविश्वासको वातावरण सिर्जना भई अन्योलता, निराशा र शङ्का–उपशङ्का झनै बढेर गएको छ । त्यसो हुनाले अबउप्रान्त युमा साम्यो महासभा नेपाललाई सर्वोच्च केन्द्रको रुपमा स्विकार गर्न नसकिने व्यहोरा अवगत गराउँदै युमा साम्यो र मुन्धुमी सभ्यताको रक्षार्थ सदैव अटल अविचल रही अझ बढी सकृय रहने आम युमा साम्यो धर्मावलम्बीहरू माझ प्रतिबद्धता ब्यक्त गर्दछौ र सो कार्यको लागि यो समिति एक अलग्गै स्वतन्त्र संस्थाको रूपमा रहने स–गौरव घोषणा गर्दछौं ।…………………………………

जय – युमा साम्यो ! जय – मौलिकता !!

संसारभरका युमा साम्यो अनुयायीहरू एक होऔं !!! ………………………………..मिति २०२२ नोवेम्बर ०१ तदानुसार वि. सं. २०७९ कार्तिक १५ गते…………………………………

बसन्त चेन्जी माबो अध्यक्ष

भीम माबोहाङमहासचिव