याक्थुङ साम्जिक मुन्धुम

316

याक्थुङ मुन्धुम अनुसार तागेरा निङ्वा?फुमाङ्को आज्ञा र सुझाव अनुसार पारोक्मि यम्भामि माङ्ले मानिसको सृष्टि गर्न लागे । पृथ्बी सृष्टिमा मानिसको उत्पति अन्तिम नै भए पनि मानिस सबैभन्दा विवेकशिल बन्यो | यसमा पहिले सुन, चाँदी र मोति झैँ टलक टल्किन्ने झल झल बल्ने मानिसको मूर्ति (चइःत्) बनाए । मानिसको मूर्तिमा श्वास–प्रश्वास लगाउनु खोज्यो बोलाउनु खोज्यो । मानिसको सृष्टि भएन । याम्मो साक्मिक्ला खप्पु पाक्मिक्ला खप्पु निगालो बाँसको खरानी, हि ताङबा खाम पहेँलो माटो र लेउ (वाहित् )) सेनिङ कुवा रे मेसरुआङ्ग मिसाएर मानिसको मूर्ति बनाए ।श्वास–प्रश्वास लगायो बोलायो मानिसको सृष्टि भयो। तर, मनुष्य बनाउने सृष्टिकर्ता लाई खुशी होइन दुःख लाग्यो । कति राम्रो सुन, चाँदी र मोतिले बनाउँदा नबनेको जाबो खरानी, माटो र लेउले बनाउँदा मात्र भएको भनी थुक्क थुक्यो ।मानिसको शीर ढल्यो अनि मर्यो त्यस समयमा साघुरे लेक्वा सक्मा रे लेक्वा सेनिङ्ग कुवा तुम्बा पारे आङ्गग साघुरे लेक्वा सक्मा रे लेक्वा येम्सिङ्गबारो मनुस्य बचेको हो|सेवारो नोगें रो खेप्सुङ्ग बा जति साप्तुङ्ग बारो

भुमि सौदेन लिम्बु यभत्लुङ फावामा