ससिक मचको उत्पत्ति मुन्धुम

644

सावायेत्हाङ पाङफे लुङधुङ लेपचोङ भन्ने ठाउँमा चेलीमाइती दुई जना थिए । माइतीको नाम फाक्सारा तिगेनजङ्ग र चेलीको नाम इप्नासोमा सरेङहाङमा गरेकी थिइन । इप्नासोमा सरेङहाङमा चेली अति छोरा वा छोरीको रहर गर्थिन् । एकदिन याक्खेबरी पिडालो घारीमा पुगिन गोडमेल गर्दै जाँदा ( याक्खेफेक्वा) पातमा (याक्लापुःसा) हरियो किरा भेट्टाइन् र त्यो किरालाई आफ्नो बच्चा जस्तै बनाएर होसियार साथ उठाएर ओडारमा लगिन र अमलिसोको पातले ओछ्यान बनाई लुकाएर राखिन र आफ्नो दुध ( आङसुक नु:बुन) खुवाई रहिन् । त्यो याक्लापु:सा लाई हुर्काई ज्यादै ठुलो बनाइन् । इप्नासोमा सरेङहाङमाको शरीर दिन दिनै सुकी उनी दुब्लाइन् जीउ दुब्लाएको देखेर गाउँ घरका इष्ट मित्रहरू दिन दिनै छक्क परेका थिए के भयो?यो केटीको जीउ भनेर पाच पंच भलादमीहरू जम्मा भएछन अनि इप्नासोमा सरेङहाङमा लाइ सोध्ने काम गरे तर केहि थाहा पाएनान र माइती फाक्सारा तिगेन्जङ्गबाले चेलीलाई चियाउन थाले घाँस, दाउरा, पानी सबै ठाउँमा चियाउन थाले । चेली जहाँ गएपनि के काम गर्दैछ भनेर माइतीले हेर्ने काम जारी राखे । एक दिन मिरमिरे उज्यालो हुँदा ठुलो ओडारबाट इप्नासोमा सरेङहाङमाले याक्लापुःसा किरालाई आफ्नो हातले उचालेर बाहिर निकाल्दै गरेको देख्यो । र याक्लापुःसा किरालाई लिएर आफ्नो दुध खुवान लगेकाथिइन याक्लापुःसा किराको सिङ्ग र पुच्छर पलाएको थियो र किरा अचम्मैको ठुलो थियो । र उसको माइतीले इप्नासोमा सरेङहाङमाले चेली दुब्लाएको बुझ्यो उपकार गर्न जान्ने ठुलो विजुवा ल्याउने भएछ । एउटा ठुलो विजुवा (तेमेन् येबा ओरंग येबा) ल्याउनुको लागि ( नाली कुजेन वा लाम ला) दस्तुर रक्सिको बोटल समेत राखि दिई सत्कार गरे येवाले मुन्धुमबाट आफ्नो काम सुरू गर्यो । आफ्नो ( या:सामा:) ओसंग पंगे कौडी आप्लाक थाल बजाएर विजुवाको सामान सम्पूर्ण मुन्धुमको साथ याक्लापुःसा किराको खोजीमा गर्न लाग्यो | याक्लापु:सा किरालाई सुताई राखेको ठाउँमा विजुवा नाच्दै घुम्दै पुगे घुम्दै जाँदा विजुवाको कुर्कुच्चाले याक्लापु:सा किरालाई कुल्चिएर मारी दियो फुटाई दियो यसरी कुल्चीन्दा रगत हरियो फिज को उछिट्टिएको खुन र फिजबाट हाडनाताको का:ई: सोधोक वा काईसोधोक काङलुङ चेन- चेल्लुङ चेम्बा भनिन्छ तीन राते तोंसिंग को मुन्धुम पनि आउछ खिजो: आप्मा वा तरूनी तन्नेरी । र उछिट्टिएको हरियो फिज कारण त्यस समयमा पापको सृष्टि उत्पत्ति भयो । हरियो फिज अगेना चुल्हामा परेको चाही सुगुप हङ्वा सिहे भन्ने उत्पत्ति भयो ।लिम्बूनी हरू सुत्केरी हुँदा लेच्छाम फुङसामले भेट्यो सिहे ले लग्यो भन्छन त्यो मृत्यु भएको (सु:सु:मेत् सा खेरेंगमे सा) भयो भनिन्छ । मरेको मान्छे प्रेतात्मा भयो भनिन्छ र त्यस्तै गरि मचको उत्पत्ति, भुतप्रेतको पिसाचको उत्पत्ति भएको भनिन्छ । र इप्नासों सरङहाङमाले सारै चित दुखाउदै माइतीलाई र भलादमीहरूलाई भनिन् (याक्लापुःसा) किरा त मेरो छोरा जस्तै पालन पोषण गरी हुर्काई राखेकोलाई (येबा) विजुवा ल्याई नचाई घुमाइ कुरकुच्चाले कुल्ची फुटाई मारिदिएकोमा मेरो धेरै चित्त दुखेको छ । त्यसैले याक्लापुःसाको सिहे चाही सावायेत्हाङहरूको सन्तानमा भूत, पिसाच, जस्तै जागेर दात नउम्रुको बच्च मृत्यु हुदा मच वा ससिक बनि रहोस भनि गालि सराप दिएको छ| मच को मुन्धुम को उत्पति यसरि भएको हो मैले जानेको यतिनै है।

नोगेन रो

भुमि सौदेन लिम्बु ताप्लेजुङ यभलुङ्ग फावामा