सिरिजङ्गा लिपि लेखन एकदिने कार्यशाला आज सम्पन्न

496

धरान, सुनसरी । मितिः २०८० मंसिर २५ गते ।

याक्थुङ्( लिम्बु ) भाषा शास्त्री तथा प्राज्ञ दिलेन्द्र कुरुम्बाङको प्रमुख प्रशिक्षण रहेको सिरिजङ्गा लिपि लेखन कार्यशाला आज धरान, सुनसरीमा सम्पन्न भयो ।

सिरिजङगा लिपि लेखन र प्रशिक्षण कार्यमा विगतदेखि निरन्तर लागिरहनु भएका महानुभावहरूको गौरवमय सहभागिता रहेको सो कार्यशालामा मुख्यतः सिरिजङ्गा लिपि लेखनमा फरक फरक प्रयोगहरू हुनाको कारण, उत्पन्न समस्याहरूको समाधानको सम्भावना र अपनाउन पर्ने उचित सिद्धान्त बारे छलफल भएको थियो ।

सिरिजङगा लिपि लेखनमा प्रचलित र प्रस्तावितको विवाद, सिक्किम र नेपालको सिरिजङगा लिपि लेखनमा तात्विक भिन्नता, सिरिजङगा लिपिमा ७, १२, १४ र १६ वटा वर्णको प्रयोग, सिरिजङगा लिपिमा मुक्प्mरेङ, केम्भ्रेङ, एत्तु, पेच, तिच आदिको प्रयोग आदि बारे प्रष्ट पारिदिन सहभागीहरूको तर्फबाट पं्रशिक्षक समक्ष अनुरोध गरिएको थियो ।

कार्यक्रमका सभाध्यक्ष प्रा. हर्क सुब्बा ईजमबाट कार्यक्रमको औचित्य र उद्देश्य बारे प्रकाश पारिएको थियो भने वरिष्ठ तु–तु तुम्याहाङ टिकाराम कुरुम्बाङबाट कार्यक्रम समुद्घाटन गरिएको थियो ।

आयोजक संस्थाका सह सचिव पदम चेन्जी माबोको सञ्चालन रहेको आजको कार्यशालाको लागि समय छोटो भएकोले आगामी कुनै दिन पर्याप्त समय मिलाएर पुनः आयोजना गर्ने सरसल्लाहका साथ समापन गरिएको थियो ।

मुन्धुम अध्ययन केन्द्र नेपालको आयोजना र महेन्द्र लुम्फुङवा प्रायोजक रहेको आजको कार्यशालामा माङसेबुङ गाउँपालिका, ईलामदेखि आउनुभएका युमा साम्यो पुनरुत्थान महाअभियानका एक अग्रणी, किरात प्रतिवादी लेखक, याक्थुङ मुन्धुमका अध्येता तथा शिक्षक तु–तु याक्थुङ सा (जगतबहादुर योङहाङ) को समेत उपस्थितिले कार्यक्रम याक्थुङ लाजे (लिम्बुवान) प्रदेश स्तरीय बन्न पुगेको थियो ।

कार्यक्रममा सहभागिता जनाउनु हुने महानुभावहरूको नामावली विवरण–

हर्क सुब्बा ईजम,

टिकाराम कुरुम्बाङ

दिलेन्द्र कुरूम्बाङ

सुमित्र लिम्बु

बीनु चेम्जोङ्

दिल पाक्साङ्वा

निश्चलता लावती

बाली छथरे

मदन सम्बाहाम्फे

सुनिल थेगुवा

तेज कुमार साँवा

रविन्द्र केदेम

सुबास तेयुङ

पुष्पहाङ लोवा

अमित थेबे मिहाङ

जगत योड्हाङ (याक्थुङसा)

कुलमाया साबाहाम्फे

हितराम तिल्लिङ

स्वर्णिमहाड फोम्बो

भविराज तुम्सा

दिल्ली लिङ्दम

पङ्वाहाङ योङहाङ (खेलराज)

मोहन तिगेला

बुद्ध कुरुवाङ

पदम चेन्जी माबो

पुङ्लाईङ नेत्र प्रसाद सौदैन

सोम फाबेन

भीमसेन लिङदम