मुन +हल्लिनु धुम+शक्ति
साधारणतया मुन्धुमको अर्थ दैनिक जीवनमा गर्नुपर्ने पूजाआजा र संस्कार विधि, पालन गर्नुपर्ने आचरण, निर्वाह गर्नुपर्ने कर्तव्य आदिलाई समेटर लिम्बू पण्डितहरु (फेदाङ्मा, येबा र साम्बा) ले लिम्बू भाषामा धारा प्रवाहिक रूपमा गाउने जीवन दर्शन भन्ने बुझिन्छ । यी पण्डितहरुका चेलाहरुले उनीहरुबाट मौखिक रूपमा नै मुन्धुम सिक्छन् र आफ्ना चेलाहरुलाई सिकाउँछन् । यस प्रकारले पुस्तौँ अघिदेखि मुन्धुमको ज्ञान हस्तान्तरण हुँदै वर्तमान पुस्तासम्म आइपुगेको हो ।
मौखिक रूपमा कैयौँ दिन र रात गाइने यो मुन्धुम स्मरण गर्न ज्यादै कठिन पर्ने भएकाले यसको पण्डित हुन दैवी शक्तिको जरुरत पर्छ भन्ने विश्वास छ । अर्थात् ईश्वरले छानेको व्यक्तिमात्र पण्डित बन्नसक्छ भन्ने विश्वास लिम्बू समुदायमा छ ।
सेवारो नोगेन
भुमी सौदेन लिम्बु