चखोबा साम्माङ्ग उत्पत्ती

1074


पहिला को समयमा यश याक्थुङ्ग लाजेमा कुगेत्नाम र कुधानाम गरेको का दुई जना ब्यापारी हरु थिए रहेछ।ती ब्यापारी हरुले सय वाट चक्मक नेपाल नेवाला लाजेमा लगेर सय सय टोपी साटेर ल्याए।फेरि सय वाट टोपी लागि (तेमेन) दक्षिण दिशा बाट सय सय करङ्ग पित साटेर ल्याए।त्यो सय सय पित गाई हरु मुदेन लाजे भोट मा लागि सय सय नाम्जा साटेर ल्याउ भनी धन कुट्टा जिल्ला को छरुवा खोला को सात पोखरी मा पुगि खान पकाइ खाइ जुठो भाडो त्यही गरि जुठो बाहिर नफाली त्यही पोखरी मा हाल्यो ।त्यहा जलदेबि बिथोल भइ आधिहुरी आइ बाटो छेक्यो।त्यो कुरा थाहा पाई अब हामी सग पुजा गर्ने सरदाम छैना। पछि ब्यापार गरि फर्केर आउदा पुजा अराधना गर्ने छौ। भनी भाकाल गर्दा सान्ती भयो अनि बाटो खुलि दियो ती ब्यापारीले सय सय करोङ् पित गाई सय सय नामजा साटेर घर तर्फ फर्केर आउदा सल्लाह गरि पहिलो पहिलो बाटो फर्किन्नु भने पुजा गरौला भनी भकाल गरेको छौ।र अब त्यो बाटो नजाउ फेदेप को बटो जाउ भनी बाटो लाग्दा फेरि आधिहुरिले बटारदै त्यही सात पोखरी मा ल्याइ ( कुगेत्नाम र कुधानम) भन्ने ब्यापारीहरु लाई डुबाइ मारे। त्यसरी मरेको तिन बर्ष पछि त्यहा का मानिस हरुलाइ पानीमा डुबेको जस्तो चिसो हुने भुँडी ढाडिन्ने वाक वाक आउने छाद्ने छेर्ने पखाला लाग्ने जस्ता बिराम हुन थाले त्यस समयमा त्यस भेगमा इङवा थरको बूढो फेदाङ्गमा थियो । त्यो गाउले हरुले इङ्गवा फेदाङ्गमा बुढा लाई जोखान हेराउदा आज भन्दा तीन बर्ष पहिले यस सात पोखरीमा दुई जना ब्यापारीले पोखरी मा फोहोर गरेकाले जलदेबी बितोल भइ ती दुई ब्यापारी डुबि मरेकाले तिनीहरुको अत्माले दुख दिई यस्तो बिमार भएको हो भन्ने जोखना बताए साथै दशमी तिथि पारेर चोखो नितो पानी जस्तो सेतो भाले र दुई जोड साप्तुक बनाइ पुजा गर्नु र गरेमा सबै लाई सान्ती हुने छ ।भनी फेदाङ्गमा ले भन्यो। त्यही अनुसार गाउले हरुले चोखोबा साम्माङ्ग ठानी ( कुगेत्नाम र कुधानाम ) ब्यापारीको आत्मा लाई पुजा गरे। गाउले हरु निक्को भए यसरि नै ( चोखोबा साम्माङ्ग) को उत्पती भएको हो।
नोगेन रो सेवरो आदाङ्गबासे
मैले चोखोबा साम्मङ को उत्पत्ति सुनेको जानेको लेखेको है
भुमी सौदेन लिम्बू
ताप्लेजुङ सिकैचा – ८ ओसे यभत्लुङ्ग फावाम