जलकन्य पोखरी देउता पगरी लगाएर नाची हिड्ने कौडिको माला भोटे जामा झल्काएर नाची हिड्ने पहिला भाले पोथी पोखरी मा उत्पत्ति भएको हो ।जल कन्य तिमी सोधुगेन लेम्मुहङ्ग को सन्तन हौ। पगरी लगाएर नाची हिड्ने हौ। तिमी बिजुवानी देउता मनुष्य हरुको गाउमा कासको थाल बजाउदै आउदा एक लाप्चे भोटे लामा ले आखिडाही गरि सगिन ले घोची तिम्रो हत्या गर्यो त्यस पछि पोखरी मा तिमिलाइ फ्याकी दिए ।त्यस पछि तिमी भुत प्रेत मा परिवर्तन भयौ र लाप्चे भोटे माथी जाइलाग्यौ। यसैले सोला हान्ने मुटु दुख्ने मुटु खाने रोग को जन्म भयो। यसरी आक्रमण गर्दा लाप्चे लामा ले जोखना मा तिमिलाइ देखे। तिमिले खेचिङ्गसे नाभ्योमा सिङ्ग को एक जोडी याग्राङ्गसिङ्ग ९ नौ ताला खिपी साप्तोक राखी एउटा कालो कुखुरा र अन्डा मान रख्नु भनी जल कन्या देउता ले प्रस्ताव गर्यौ। र मुथक्ले थक्ले खोला को शिरमा खेचिङ्गसे नाभ्योमा सिङ्ग को एक जोडी याग्राङ्गसिङ्ग ९ नौ ताला खिपी साप्तोक राखी कोला को पात ओछ्याइ थान मान बनाए। अब यो कालो कुखुरा र अन्डा ले राखी खत्तुकिले मान गरे पछि आत्मा पबित्र खुशी भयौ।
वरक्मा लाप्चेनी बिजुवानी को मुन्धुम सुने अनुसार लेखेको हजुर ह नोगेन रो सेवरो।
भुमी सौदेन लिम्बू यभत्लुङ फावामा