ससिक (मच)को उत्पत्ति

894

पहिला सावा येत्हांग हरुको सत्य युगमा ताप्लेजुंग जिल्लाको तोम्मोर खोला इम्बिरी याङ्गथावा को लुङ्गधुङ्ग लेप्चोङ्ग भन्ने ठाउमा चेली माइती दुइ जना थियो रे माइतीको नाम पाक्सारा तिङ्गगेनजंग र चेलीको नाम इपनासो सेरेंगथंङ्मामा गरेको थि रहेछ | चेली चाहि छोराछोरीको रहर गर्थिन | एक दिन सब्जिबारिको पिडालो घारीमा (याक्खेबारी) गोडमेल गर्दै जादाँ त्यो समयमा (याक्खे फेकवा )को पातमा (याक्लापू:सा) कीरा भेट्टाइन त्यो किरा लाई आफ्नो बच्चा नानि सरह जस्तै हुसियार सग उठाएर एक एउटा सुरक्षित ओडारमा लगिनअनि अम्लिसोको पातले ओछ्यान बनाइ लुकाएर राखिन र आफ्नो दुध (आङ्सुक नु:बुन)खुवाई रहिन |त्यसो गर्दा गर्दै याक्लापू:सा लाइ हुर्काउदै जादा ठुलो बनाइन |त्यो अवस्थामा इपनासो सेरेंगथङ्गमा को शरीरमा दिनप्रतिदिन सुकी जिउ दुब्लो हुदै गोइन| इपनासो सेरेंगथङ्ग को शरीरसुकेर दुब्लाएको देखेर गाउ घर को छिमेकी इष्टमित्रहरु दिन दिनै छक्क परे यो केटीको जिउ के भयो भनेर तुतु तुम्मिहांग पन्च भलादमी हरु जम्मा भए |र उनलाई सोध्ने काम गरियो अनि सोध्दा केहि उत्तर आएन र तेत्तिखेर माइती तिङ्गेनजंग ले चेलीलाई चियाउन थाल्यो | घास , दाउरा,पानि ,पधेरो, जताततै चियाउन थाले|चेली जहाँ गोए पनि उसले काम गरेको हरु माइतीले हेर्ने काम गरि राख्यो |एक दिन मिरमिरे उज्यालो हुदा ठुलो ओडार बाट इपनासो सेरेंगथंङ्ना ले याक्लापू:सा लाइ आफ्नो हातले बोकेर ओडेर बाट बाहिर निकाल्दै गरेको देख्यो|अनि याक्लापू:सा लाइ लिएर आफ्नो दुध खुवान लागिन |तेत्ति खेर याक्लापू:सा को सिङ्ग पुछार झ्याम् पलाएको थियो |एकअचम्मैको ठुलो भयो |त्यो समयमा माइतीले चेली दुब्लाएको बुजेर अनि उपकारको लागि जान्ने ठुलो बिजुवा ल्याउने भयो | त्यस पछी एक ठुलो बिजुवा येबा लाइ ल्याउने बेलामा केहि( नालिकुजेन) लाम्लक दस्तुर रक्सीको बोतोल दुइ राखी दिई स्वागत सत्कार गरे| त्यस पछी येबा बिजुवाले मुन्धुम बाट आफ्नो काम सुरु गरे | बिजुवा येबा ले आफ्नो (या सामा) सबै सामान लगाएर सम्पूर्ण मुन्धुम को साथ याक्लापू:सा ख्गोजिमा लागे| खोज्दा खोज्दै याक्लापू:सा लै सुताई राखेको ठाउमा बिजुवा नाच्दै घुम्दै पुगे जादा बिजुवा येबा को कुर्कुच्चाले याक्लापू:सा लाइ कुल्चेर मारेर फुट्टाइ दियो|यसरी कुल्चीन्दा रगत उच्छिटिएको र हरियो फिज जस्तो उच्छिटिएको यसरी उच्छिटिएको खुन र फिज बाट हाडनाता काई : सोधोक वा काइसोधोक ( काङ्गलुंग चेत्लुङ्ग चेम्मा) तिनराते तंगसिङ्गको मुन्धुममा आउछ |त्यो उच्छिटिएको हरियो फिज बाट त्यस बेला पापकोसृष्टि उत्पत्ति भयो त्यो अगेना चुल्हामा परेको चाहि सुगुप हंगवा भन्ने सेसेन्त्रको उत्पत्ति भयो | सेसेन्त्र सेहेले लिम्बुनी हरु सुत्केरी हुदा बिमार हुन्छ लेच्छाम ले यांग्खु भनिन्छ|र अनि मृत्यु भयो भने (सु:सुमेत् खेरेङ्गमेत् )पोखे भनिन्छ |दात नउम्री बच्चा मरेको लाइ प्रेतात्मा भयो भनिन्छ या यसरि नै ससिक, मच , सु:सुमेत् खेरेङ्गमेत् , भुत प्रेत पिसाद को उत्पत्ति भयो याक्थुङ्ग मुन्धुम मा छ अनि इपनासो सेरेंगथङ्गनाको सारै मन दुखी हुदै माइती र पाच पन्च भलादमी तुतु तुम्हिहांग लाइ भनिन | त्यो याक्लापू:सा लाइ मेरो छोराछोरी सम्मान पालन पोषण गरि हुर्काइ राखेको थिए जाल झेल गरि बिजुवा ल्याई नचाई कुरकुच्चाले कुल्ची फुटाइ मारिदिएकोमा मेरो धेरै मन दुखेको छ र त्यो याक्लापू:सा को (सिहे) चाहि सावा येत्हांग हरुको सन्तानमा मेन्छायाङ्ग याम्मी को चोलामा भुत पिचाद भई जागेर( मच ससिक) को निमित रहिरहोस भनि श्रारापेको छ या श्राप दिइन यसरीनै इपनासो सेरेंगथङ्गना चेली बाट ( साक्मुरा पोगेबा ) गालि श्राप दिएको हो भन्ने याक्थुङ्ग मुन्धुम मा सुनिन्छ | अरु ठाउको मुन्धुम मा तोएसो सेरेंगथङ्न तेप्पेसो पेरुंगहंगमा देखि पनि उठाएर लान्छ | नोबुन अङ्गमा गर्नु मरेको कुकुरको टाउको चाहिन्छ | निङ्गबंगवा बेलेसिमा कोक्रो बनाएर सुम्बो हुक्वा दिएर सुसुमेन खेरेङ्गमेत् भयो भनेर बेलिसिमा पुर्नु पर्छ |

नोगेन रो सेवारो मैले सुने जाने अनुसार लेखेको है आदांगबासे आदांगमासे

भुमि सौदेन लिम्बु

ताप्लेजुंग सिकैचा ८ ओसे याभत्लुंग फावामा