हाक्पारेको साम्लोको उत्पत्ति मुन्धुम

1055

पहिला पुर्ब कालमा सेदोहाङ्ग नाम गरेको राजा थिए | उन का इरेरे इधोक्ना नाम गरेको एउटी छोरी थियो | छोरी एक दम राम्री लक्षिनकि राज कुमारी अत्यन्तै सुन्दरी थिइन् | छोरी कलिलो उमेरमा अचानक मृत्यु भइन |छोरी मृत्यु भए पछी राजाले आफ्नो मन थाम्न सकेनान |सबै प्रजा हरुको छेउमा बिरह चलाउन्दै रुन् थाल्यो | सेदोहाङ्ग राजा बाट अचानक निस्केको आवाज सबै प्रजा बीच चर्चा हुन् थाल्यो|( आइंग आनी हाङ्ग इन पारे) आज त् हाम्रो राजा बोल्यो हाम्रो राजा बाट बिरही लाग्दो आवाज आयो | त्यसै लाइ त्यस पछि बिस्तारै राजा को लय युक्त रोदन आवाज लाइ सम्जी प्रजा हरुले लय युक्त अवाज मा गित गाउन सुरु गरे |र प्रजा हरु बाट गएको लय युक्त आवाज लाइ नै हाक्पारे गीत को रुपा परिणत भइ याक्थुङ्गबा समुदायमा मा हाक्पारे गित को सुरुवात भयो भन्ने आख्यान छ | सिन्युक  मुदेन तिब्बत हुदै सोधुङ्गेन तेम्बे मुनाले लेप्तुबा  मनातेम्बे ताप्लेजुङ इम्बिरी याङ्थाङ्गवा   केवाफुङ्बा साम केलो केलो मेवारा फुङ्वमा  भनिन्छ र  यात्रा निरन्तर रह्यो त्यहा बाट ओरालो झर्दा लेक्वादो सुम्वादो पुग्यो र मावरक पावरक साम्लुङ्धुङ्ग साम्लोमा गर्दा हाक्पारे साम्लोको बिकाश भएको हो भन्ने मुन्धुम मा सुनिन्छ र यिनी हरु मुन्धुमी स्थल हरु हुन् र अर्को हाक्पारे गित को बारेमा मुन्धुम अनुसार स्थान क्षेत्र को आधारमा हाक्पारे गितको उत्पत्ति भएको भन्ने गरिएको छ पहिला देखि नै याक्थुङ्ग बाहरु प्रदेश मा भारि बोकन जाने गर्थे | प्रदेश जाने क्रम मा ताप्लेजुंग ,पाचथर , तेरहथुम ,र धनकुटा आसपासका याक्थुङ्गबा हरु (इम्बिरी याङ्गथावा) तम्मोर नदीको किनार हुदै जानु पर्थियो | त्यस समय मा सामुहिकरुपमा रातको बासस्थान तम्मोर नदीको किनार स्थित (हाक्पारा) भन्ने ठाउँमा हुन्थियो | त्यहा सामुहिकमा धान नाच्ने ख्याल ठट्टा गर्ने गायन पनि हुन्थियो त्यो हाक्पार भन्ने ठाउ प्राकृतिक रुपमा त्यो ठाउ वरिपरी ढुंगाको ओडार मात्र हुनाले गित गाउदा स्वारम प्रति ध्वानी गएको गीत बाट त्यो ठाउ नै गुन्जियो | गुन्जिएको स्वार ले गर्दा उत्साहित भाइ भाका फेरी फेरी गित गाउँ सुरु गरे|त्यसैले (इम्हाबिरी याङ्क्थावा ) तम्मोर नदीको किनार हाक्पारा भन्ने ठाउ बाट सुरु गरिएको गित नै पछी गएर हाक्पारे गित मा परिणत भाइ दुखको काम तुक्खे वा ताजेंग तेन्धाम मिख्खिहीम बिहे बारी उत्साह चाड पर्ब हरुमा अहिले सम्म याक्थुङ्गबा समुदायहरुले हाक्पारे गित गाउदै ल्याएको छन् | यसरी याक्थुङ्गबा हरुको मुन्धुम आ आफ्नो तर्क मा बाझिए पाए पनि हाङ्ग राजाको लय युक्त बिलौना बाट नै हाक्पारे गित सुरुवात भएको कुरा मान्न सकिन्छ भन्ने हाक्पारे साम्लो उत्पत्ति बुडा पाका बाट मैले सुनिल्याको हुङ्ग | सेवारो नोगेन रो

भुमि सौदेन लिम्बु

ताप्लेजुंग सिकैचा ८ ओसे यभत्लुंग फावामा