याक्थुङ्ग लिम्बु मौलिक सस्कार सास्कृति सम्पदाले सम्पन्न भएको जाति हो| कृषि जिबनशैलीका याक्थुङ्ग लिम्बु ऋतु परिबर्तन सगै खेतीपाती लागाउने र बटुल्ने समयलाइ चाडको रुपमा आएका छन् | आरुको फुल् फुल्न थालेपछी उभौली याम सुरु भएको मानिन्छ भने पैयुँ फुलेको यामसँगै खोलानदिमा माछा , आकाशमा चराचुरुंगी दक्षिणतिर लागेकोऋतु लाइ उधौली याम सुरु भएको संकेतका रुपमा मनाइन्छ| उभौली र उधौली याममा सम्पन्न गरिन्ने चाडपर्ब कृषिसंग सम्बन्धित छन् | उधौलिमा परिश्रमको फल बिबिध अन्नपात र उपयुक्त हावापानी हुने भएकोले चासोकलाई चासोक तङ्गनाम न्वागीपुजा का रुपमा मनाउने गरिन्छ | याक्थुङ्ग लिम्बु भाषामा (चासोक)को अर्थ न्वागी र (तङ्गनाम) को अर्थ उत्सब वा चाडपर्ब हुन्छ|याक्थुङ्ग लिम्बु मुन्धुममा चासोक पुजाको उत्पति बर्णन पाइन्छ| कृषि युगअघि याक्थुङ्ग लिम्बुका आदिम पुर्खा सावायेत्हाङ्गहरु कन्दमुल काचै खाएर जिबनयापन गर्थे जसले गर्दा रोग्ब्याधीको सिकार हुन्थे |त्यसबाट मुक्ति पाउन उनीहरुले सर्बशक्ति तागेरानिङ्गवाफुङ्ग माङ्ग प्राकृतिक को पुजाआराधाना गरे |उनको कृपया बाट पेना / मांगदाग – कोदो पारामा कोदसगै फाल्ने बिरुवा ताक्मारु घैया धान तुम्री जुनेलो साङ्गघामा लिङ्गघामा आदि अन्नका बिउबिजन प्राप्त भयो| आदिम पुर्खा सावायेत्हाङ्गहरुले प्रकृतिकबाट यसरी पाएको बिउबिजन चेली सिवारा ए:क्थुकमा सिवेरा ( यावूङ्गकेम्मा) ले काठको खन्ती आङ्गकुसेले खोरिया फाडेर भस्मे छरिन | त्यस पछी सावायेत्हाङ्गहरुले खेतीपाती गर्न सिके |फलेको अन्न आगोमा पकाएर खान थाले | बल्ल सावायेत्हाङ्गका सन्तानले रोगब्याधी बाट मुक्ति पाए | खेतिबारिमा फलेको अन्न बालि पकाएर खान सिकाउने आफ्नी चेलिदेखी खुशी भइ सावायेत्हाङ्गहरुले उनलाई पहिले चढाएर मात्र खान पाउने बाचा गरे|यसरी कृषि युग देखि न्वागी परम्परा बसेको याक्थुङ्ग (मुन्धुम) मा उल्लेख छ | मानब हित गर्ने चेली सिवारा ए:क्थुक्माप्रति कृत ज्ञाताब्यक्त गर्न चासोक पुजा गरिन्दै आएको छ | जंगली देउताका रुपमा ताम्भुङ्गना, लेखमा बस्ने तक्सोंङ्ग सिरिङ्ग , सिकारी उत्तर दक्षिण घुमीहिड्ने खजमा पानीमा बस्ने वजमा मिसेक युमा,हिमसाम्मंगा पहाड उत्तरमा बस्ने मुदेन हाँङ्ग, कप्पोबा सायामा लहान लस्कार हरु(चासोक थिसोक ) पुजा गरीन्छ | यी पुजा फेदांङ्गबा साम्बा येबा येमा हरुको सहयोग बाट पुजा गर्छन| त्यसैलाई याक्थुङ्गबा हरुले चासोक तङ्गनाम भनि सुरु गरिआएको छ यसरीनै याक्थुङ्ग लिम्बु हरुले तंगनाम पर्ब सामुहिक चाडका रुपमा मान्न सुरुगरिएको हो | यस अवसरमा भेट घाट गर्ने मनोरञ्जन गर्ने गर्छन र यो चाड याक्थुङ्ग लिम्बु जातिमा सामाजिक सदभाव र सम्बन्ध बढाउने माध्यम पनि हो| तंगनाम अवसरमा याक्थुङहरुको बिभिन्न सामाजिक सास्कृतिक गतिबिधि हुने सुरुवात गरेका छन् | रिसराग , इश्य बिर्सेर चासोक तंगनाममा आत्मीयतासाथ याक्थुङ्ग लिम्बु दाजुभाई एबम दिदि बहिनीहरुले भेटघाट र शुभकामना आदानप्रदान गर्ने सुरुवात् गरेका छन् |बिभिन्न परिकार को चाम्रे याङ्गबेन झ्याउ सारगङ्गमा सिगोले फिलिंङ्गे र फुदोको आचार कोदो को तोंङ्गबा तिन पाने रक्सी खाने पिउने गर्छन| पाहुनाको सेवा सत्कार गर्छन |चेलीबेटी हुक्वा – आफैले बनाएर शोभित र अन्य प्रकारको चेसुङ्ग -कोसेली बोकेर मैती घर आउने जाने पनि सुरुवात भएको छ| युवा हरु सर्बजिक स्थानमा भेला भइ परम्परागत जातीय खेल पक्लुंग छेलो हान्ने खेल्ने माछा मार्ने गर्दछन | सामुहिकरुपमा के–लांङ्ग च्याब्रुङ्ग बजाएर छुइ छुइ हा सरलाई मा सर भन्दै नाच्छन |नाता नपर्ने तरुणी तन्देरी जातीय पहिरन र गहना मा सजिएर एक आपसमा हात समाउन्दै मायाप्रिथिको गीतलाई पालमको भाका स्वार उरालेर (या लाङ्ग) धान नाच नाच्छन्| बुढा पाका हरु मुन्धुमी साम्लो एकराते तङ्गसिङ्ग फुङ्वा चाङ्गमा फुङ्ग सरि यस अवसरमा सम्पन्न गर्ने चलन सुरुवात भएको छ| चासोक तंगनामले याक्थुङ्ग लिम्बु सास्कृतिक मौलिक परम्परा धार्मिक महत्व बोकेकोले जनजीबनमा यसको अविछिन्न सम्बन्ध रहिआउने सुरुवात भएको छ यस चाड ले याक्थुङ्ग लिम्बु जातीय मौलिक पहिचान र सास्कृति गैराब बढाएको छ भने सामाजिक सदभाव एकता र पारस्परिक सहयोगको भावाना पनि बढाएको छ |
नोगेन रो Thank you सुनेको जानेको जति लेखेको
- भुमि सौदेन लिम्बु
- ताप्लेजुंग यभत्लुंग फावामा सिकैचा ८ ओसे