युमा हिड्डुल गरेको मुन्धुम

727

( थक्लेसाम्माङ्ग) को उत्पत्ति उहिले पृथ्वी गिलो थियो । चिजिप्पलुङ्ग तादाप्पलुङ्ग ( थलथले माटो रूपी देवता) माङ्ग र समुद्रको संसर्ग हुँदा युमा माङ्गको जन्म भयो । हुर्कदै बड्दै गएपछि डाँडा काँडा हिड्न थाल्यौ। तागेरा निङ्गवाफुमामाङ्गले तिमीलाई भेटेर तान लगाउन भनेर लासा नेप्ना यदअलुङ्गमा गएर तान बुन्, डुल बस् भनेर आज्ञा दियो । दाहिने तिर राता ध्वजा देब्रेतिर काला ध्वजाका साथ खेल्दै डुल्न थाल्यो । मगमग बास्नायुक्त भएर उत्तरतिर ताक ताकुम (बहुरूपी) भनेर चिनियो । त्यसपछि लाघुरूङ्ग नाम्घुरूङ्ग माङ्गलाई भेट्यो र आफ्नो बनायो। मगमग बास्नायुक्त भयौ । ताकताककुम बहुरूपी कहलियो ।र पृथ्वी र आकाश जोडिएको क्षितिजमा तरूणी भएर खेल्दै गरेकी देखिन्थ्यौ । सिसा, काँस, पित्तल, तामा, सुनचाँदी र हिरामोतीले जडिएको नभेटिने रत्नहरूले जडित मजेत्रो ओडेको देखिन्थ्यौ । माथीबाट ताङभारा पेबाभाक नाघेर आयौ । वेत्लासो फुत्लासो तेम्बेमा आईपुगेपछि ठुलो पोखरीले तिम्रो बाटो छेक्यो । सुनचाँदीको थोलीले पोखरी भत्काएर आफ्नो बाटो सोझ्याउन् खोज्यौ । तर पोखरी भत्किएना । त्यसपछि तिमीले पोखरी भत्काईदिन् बाँदरदेवलाई सहयोग माग्यौ । उसले पनि पोखरी भत्काउन सकेना । उ त पल्टियो मात्र । त्यसपछि च्याङ्ग्रा र घोरललाई गुहार्यौ । उनीहरूको त सिङ मात्र भाँचियो । यसपछि सोधीखोजीका लागि तागेरा निङ्गवाफुमा माङ्गकोमा पुग्यौ । तागेरा निङ्गवाफुमा माङ्गको आज्ञाअनुसार तिमीले अरूण नदीको भैसीलाई सहयोग माग्यौ । तिमीले भैसीलाई आफ्नो सन्तानले उनको मासु नखाने बाचा गरेर त्यो बिशाल पोखरी भत्काउन् लगायौ । भैसीले खुट्टाले खोस्रिएर पुच्छरले हिर्काएर सिङले हानेर पोखरी भत्कायो । पोखरी भत्किएपछि पोखरीभित्र रहेका देवताहरूले कुहिरो झरी, आँधीबेरी, पहिरो उठाए । यस्तो अवस्थामा तिम्रो दाहिनेतिर रातो र देब्रेतिर कालो ध्वजासँग तिम्रो रूप र बासनासँग अविचलित रहयौ, कहालियौ । अनि आफ्ना साहानवहानसँग लासा गाउँतिर खेल्दै गयौ । पेनपेनलुङ्गमा फक्ताङ्गलुङ्गमाबाट तसुरखा, येतिलङ फुक्कु, खोर्पाथक, अलेरे अलाङचुङ, सेगेन गुम्वा हुँदै लाशा पुग्यौ । तिमीलाई वास्ता गरेनन् । तरूणी भएर उभियौ । लाशाहाङमा भनेर चिनियौ । लाशामा चिनियौ । लामाहरूले तिमीलाई झोला पनि दिए । त्यहाँबाट कतातिर जाउँ भनेर अल्मलियौ । दाहिनेतिर लाग्यौ । याङमावा, चेनिया तेम्बे हुँदै निस्कियौ । त्यहाँबाट तिम्रो चिलराजाहरूसँग भेट भयो । चिलराजालाई पनि तिमीले आफ्नो साहानवहान बनायौ र तिनपाने, सरहाप्लो, देवराली, लुङफियक्मा, धुपीटार, चङपितमा तानका तानाबुनाको भारीसँग देखियौ । सुनचाँदी जस्तै लाग्ने तिम्रा केशराशी कपाल कोर्दै, चौरी गाई चराउँदै, कराउँदै बस्यौ । कराएको नसुन्ने चौरीको बच्चालाई मारेर मेजमानी खायौ । यहाँबाट तीनबर्षे सुँगुरको साँड खोज्न लाग्यौ । मागावा, सुकेपानी, केसक्मा, आना बधान, सुकि वदोफुक्को तमरको किनारै किनार साँगोरकमा कोपिरकमा (ताप्लेजुङ्ग लेलेप) निस्कियौ । त्यहाँबाट मुरिङ्गला खारिङ्गला डाँडाको शिर निस्कियौ । त्यहाँबाट लागेर लाधुङधाङ्ग र नामगेरे नामथुङधाङ्गसँग भेट भयौ । उसलाई पनि साहानबहान बनायौ । मुलपानीले उनीहरूको मानमनितो राख्यौ । सेक्वा पाक्वा निस्कियौ । चोईटिएका ग्रहहरूका सन्तानहरू मिक्ताप्सो ताम्भुङ्गना, काईरूङ्ग नु तक्सङ्ग, मुन्दाङ्गवा सिरिङ्गवा, तेन्छिकुमलो तेनिछगावा, पिप्पिरिमा यान्खजमा, माक्चिक्सो माक्लाङ्गामा, तुङगुतछोमा पेअरक्मा, मेनतुप्पुमा तप्पुवा मेन्जेप्पुमा चेप्पुमा,सामेन्जा ग माङसेङवा, थि मेन्धुङ ग पअनायो, योसु अमिमाङ, थोसु अधाक माङहारो जस्ता जङगली शिकारी देवताहरूसँग भेट भयौ । एकअर्कामा चिनजान भयो । तिमीले आफुलाई बहुरूपी देवता भनेर परिचय दियौ । अब देवताहरू बढी भइएछ फेदाङमाको फूलअक्षेता, मानमनितोले पुग्दैना भनेर तिमी आफ्ना साहानबहानसँग त्यहाँबाट बाटो लाग्यौ । सिसाङवा, सङगम्बो, सेत्लोरारो, एनुङवा, खोङलिसो, हाङलादो, थिवा, ताक्वा वहङ्ग हुँदै खेसेक्वामा निस्कियौ । हाङवङलुङमा आएर बेतले बुनेको थुन्सेभित्र तानको भारी लगाएर इम्मावा निदेम्मा खोलाहरूको बीच थुङभाङलुङ आईपुग्यौ । उत्तिगोत्ति नाम्साङ्गत्तिसँग पोइला गयौ । उनले मिवा नाम्साङ्ग झरनामा लगेर नुहाईदिए । दिउँसो भरि नाम्साङ्गोत्ति हाङेनसँग कुराकानी गर्यौ । त्यहाँबाट फेरी तानको भारी बोकेर मापाङ्गफे ( ताप्लेजुङ्ग खेजेनिम) निस्कियौ । त्यहाँबाट थुम्बेक्लुङ्ग पाक्वा पुग्यौ । हाम्बेला र चिच्वामाको बीच नियार यक्चे यक ( खेजेनिम ) पुग्यौ । तान बिग्रियो कि भनेर तानका धागाहरू चुँडियो कि भनेर तानका भारी छामछामछुमछुम गर्यौ । यहाँबाट कता जाने भनेर अल्मलियौ । तान लगायौ तान अटेन । र तान उठायौ । आफेना साहानबहानहरूसँग फेरी बाटो लाग्यौ । मुधासोरो तागारोबुङ, चिच्वा, उल्लुङ, साम्मेथाङ, लारावा, याङदुवा पुग्यौ । त्याहाँबाट तमर तर्यौ । लुङ्गाबेक्नाबाट उकालो लाग्यौ । थाकथाकसिबो ताङगेलुङ (फुरूम्बो) पुग्यौ । तान लगायौ । तान आट्यो । तान बुन्दै बस्यौ ।हातखुट्टा हल्लाउँदै धागो कात्दै बस्यौ । त्यहाँ साओगेओगेहाङहरू शिकार खेल्दै थिए । बीउबिजन खोज्न निस्कियौ । फापर बनकोदो जुनेलोको बीउ सिगारा याभुङ्गेक्नाले छरे । तान उठाएर बाटो लाग्यौ । हाजिरि हाङलेवा (ताप्लेजुङ्ग हाङदेवा) गाउँ पुग्यौ । खिदेवामा पुगेर उभियौ । खाप्पुरा मेल्लङ तेम्बे पुगेर खाप्पुरा मेल्लङहाङमालाई भेट्यौ । उनलाई पनि साथै लिएर हिड्यौ । त्यहाँबाट ताप्लेजुङ्ग निस्कियौ । निङगिचङ, याङलिङचङ हुँदै तक्मा निस्कियौ त्यहाँ बाट सेमुक्तु मुक्तुगोक घुम्दै । कसैको देहमा प्रवेश गर्न खोज्यौ । तर आँखीडाँही ब्याप्त भयो तापमा पोखरी, रजैया पोखरी, साहार सुभाङ्ग, नाभेसोरो यभक्लुङ्ग, फावाखोला, केहुक्सो काङ्गवा खोलाहरूमा नुहायौ । त्यहाँबाट थर्पु पाँचथर निस्कियौ । त्यहाँबाट सुनचाँदी गरगहनाले सुशोभित भएर आङवुङ्ग गाउँ निस्कियौ । येक्तेन, यक्चेक्पा, चोक्मागु, कुम्मायक यासोक तेम्बे, कुस्सयक यासोक तेम्बेमा निस्कियौ । तान लगायौ । हात-खुट्टा हल्लाई हल्लाई तान बुन्न थाल्यौ । निभु र सिवाखोला दोभानमा माक्सिङवामा गएर सुनचाँदीको तान लगाएर बुन्दै बस्यौ । फाकतेप जयजिते र खलबलेहरू जाल हान्दै थिए । उनीहरूले तिमीलाई राम्री तरूणी भनेर पोइल लगे । बिहान झुल्के घाममा घर कसिङ्गार लगाउदै आयौ । मुलखाँबामा पुगेपछि आँखीडाँही भेट्यौ । त्यहाँबाट अल्पियौ । उनीहरूको देहमा प्रवेश गर्यौ । गाउँघरमा महामारी फैलायौ । जोखना खुट्टयाएर जयजिते खलबलेहरूले लिपपोत गरेर उन्यूमा ओथ्रिएको जाँडसँग तीनबर्षे सुँगुरले थाकथाककुम्मे माबोहाङमे भनेर तिम्रो मानमनितो राखे । तिमी खुसी भयौ ।आदाङ्गबासे युमा हिड डुल गरेको ठाउँ हरु धेरै छुटेको next time जोडेर लेखेर लाने छु नोगेन रो सेवारो

भुमी सौदेन याक्थुङ्ग ताप्लेजुङ सिकैचा ८ ओसे

यभत्लुङ्ग फावामा