………………
तुम्याहाङ् लक्ष्मण मेन्याङ्बोका अनुसार आदिम युगमा फूल रोप्ने फुङ्लाङ्हाङ्बा र फुङ्लोतीहाङ्मा माइति र चेलीले मुरिङ्ला खारिङ्लामामा फूल रोपे। लेकतिर दाजुले रोपेकोले ढिलो मात्र फुल फुल्यो। औलोतिर बहिनीले रोपेको फुल छिटो फुलेकाले दाजुले बहिनीमाथि डाह गर्नं थाले । डाहका कारण दाजुले बहिनीसँग फूलहरूको बासना जुधाउँदा बीष उत्पन्न भई माइती-चेली दुवै बीषले फूलबारीमा हप्तौ दिनसम्म बेहोस भए । बिउँझिएर फूलबारीतिर हेर्दा जंगली जनावरहरू आई सवै फूलहरू भाँची खाई नष्ट गरेको अवस्थामा फूलहरूलाई पहिलेकै अवस्थामा जगाउन साम्केलोकेलो केवाफुङ्बाले पहिलो पटक ए … भन्ने लय (melody) ध्वनी मुखबाट निकाले। उनैले ए … भनेर लामो ध्वनी लयबद्ध तानेर गीत गाउँदै फूल जगाए । यही बाट हाक्पारे गीतको लय सुरु भयो (मेन्याङ्बो, वि. सं. २०६२ पृष्ठ १०० देखी १०५) ।अर्जुनबाबु माबुहाङका अनुसार आदिम् युगमा फुलेको फूलमा नेत्तिहाङ्मा फुङ्तिअन्ना परम सुन्दरी उत्पन्न भइन्। फूलको बासना परपरसम्म फैलियो । फूलको बासनाले आकर्षित भएर उनलाई आ?वासा सदेनहाङ्बाले विवाहको प्रस्ताव राखे। फुङ्तिअन्नामाले आकाशबाट चट्याङ् झार्न सकेको र धर्तीबाट भुइचालो ल्याउन सकेको खण्डमा मात्र विवाह गर्न मान्ने बताइन्। तर सदेनहाङ्बाले भुइँचालो पनि ल्याउन सकेन चट्याङ् पनि झार्न सकेन ।त्यसपछि नेत्तिहाङ्मा फुङ्तिअन्नामाको शीर ढल्यो र अल्पिइन् ।बतास चल्न छोड्यो । खोला, पानी सुसाउन छोडे । ब्रम्हाण्ड निष्प्राण भयो। एप्लिङ् तोरिङ्केम्बाले उक्त फूलको बोट ढालेप्छि विरह गाउने चराहरू निस्किए । साम्केलोकेलो केवाफुङ्बाले ए … भन्ने लय (melody) लामो तान्दै एकैचोटी ह्वात्तै आवाज (ह्वाक्पारे ध्वनी) निकाले । ए … भन्ने लय मिठो भाकामा तान्दै र गाउँदै फूल जगाए । यसरी हाक्पारे गायनको शुरुवात भयो (माबुहाङ्, वि. सं. २०६९ पृष्ठ १६८ र १६९) ।
…………………….
अम्बिका कुमार सम्बाहाम्फेकृत चार पालाम पुस्तकबाट उद्धृत गरिएको ।विशेष जानकारीहरू हेर्नुहोस्१४७ पोस्ट पहुँच