आइत खजुम
संसारका सबै जाति समुदायको आ-आफ्नो मुल्यमान्यता र विश्वास साझा रूपमा रहेको हुन्छ । ती साझा मुल्यमान्यता, विश्वास, आचरणहरूको संगोलरूप वा केन्द्र नै धर्म हो । धर्म भन्ने बित्तिक्कै मुक्ति, मोक्ष, स्वार्ग-नर्क (पाप र पुन्य) को विश्वास वा मान्यता हुनुपर्छ भन्ने छैन । संसारका धर्महरू विशेष गरी २ किसिमले शुद्ध धर्म (कुनै माहात्माले चलाएको मत) र जातीय धर्म (कुल परम्परादेखि मानिल्याएको प्रचलन) भनी बुझ्न सकिन्छ । शुद्ध धर्ममा अनेकौ बिषयहरूलाई विशद ब्याख्या र दर्शनका कुराहरू एक वा अर्को मान्छेलाई प्रभाव पार्नको लागि ब्याख्या गरिएको हुन्छ । यस्ता धर्महरूमा आत्माको मुक्ति, स्वार्ग, नर्क (पाप र पुन्य) आदिको कल्पना गरिएको हुन्छ । र शुद्ध धर्मले ब्याख्या गरेका बिषयहरूमा चित्त बुझे संसारका जुनसुकै ब्याक्ति, समूहले सो धर्म अंगाल्न सक्छ ।शुद्ध धर्ममा खासै साझा संस्कृतिको अर्थ रहँदैन । खास गरी यस्ता धर्महरू गुरू प्रथामा अडिएका छन् । कुनै ब्याक्तिले प्रतिपादन गरेको दर्शन र नियमहरूमा आधारित भएर धर्मको सृजना गरिएको हुन्छ । जातीय धर्म भन्नाले कुनै खास जाति वा समुदायको परम्परागत मुल्यमान्यता वा विश्वासमा आधारित हुन्छ । कुनै ब्याक्तिले निर्माण गरेको नीति, नियम र अनुशासनमा आधारित हुँदैन । जातीय धर्म गुरू प्रथामा विश्वास गर्दैन । परापूर्वकालदेखि पितापुर्खाले जे गरी आए त्यही मुल्यमान्यता र विश्वासमा रहनु नै उसको धर्म कहलिन्छ । जातीय धर्ममा जातिको साझा संस्कार र संस्कृतिमा आधारित हुन्छ । साझा संस्कार, साझा संस्कृतिको विश्वास नै जातीय धर्मको विशेषता हो । त्यसकारण धर्मलाई सजिलो अर्थमा बुझ्न बिशेषगरी आचरण, विश्वास, निर्देशन, र सांस्कृतिक क्रियाकलाप गरी चार रूपमा बुझ्न सकिन्छ …।।।नोट:- (यो स्टाटस् पढेपछि जातको धर्म हुँदैन भन्ने हाम्रा साधु सत्तेहाङ र कियाचुको भ्रमबाट हाम्रो याक्थुङ लिम्बू समुदाय धेरै प्रष्ट हुने अपेक्षा गरिनेछ…।।।)प्रस्तोता:-याक्थुङ सा

