पहिलाको समयमा शिकार खेल्ने चलन थियो त्यस समयमा (सजिचाङ्गबा र पुजिकचंगबा) हरुले शिकार खेल्नु जादा एउटा नाङ्गो भुतुंगे (लेक्चा पुधुग) भएको चिल को बच्चा (फिचोले कुस्सा) भेटे र समात्यो (मेघोसुआंग मेदेम्सु) खेलले कुस्साले कुमिंग वाये (येत्गुम्बा) खाकेलारिक येत्गुम्बा शिकारीहरुले माया गरेर येत्गुम्बा लाइ पात पतिन्गार को(पखेटा प्वाक) सिउरी दिनु साथै साचिकै प्वाक पखेटा उसको शरीरमा मा भयो र अनि उड्न थाल्यो तेतिकैमा ठुलो भयो बढ्यो हुर्कियो ठुलो भए पछी त्यो चिल (सावायेतंग) फंग्फे यो (पिप्मारा फोंगगोवा) यांगघंग ले कुरुम्मो लिंगे बा (सबेनसिङ् तगेम्सिंग) टुनीकोरुखमा गुड लगाएर बस्यो र त्यो टुनिको रुखमा चाहि पहिला नै (लादंगना र सुहाम्फेमा) दुइजनको बिचमा झगडा हुदा दुइ चिरा भएर (नेच्छी कुभ्रेक) भएको सन्तानमा फ्याकिएको शरीर जोम्लिया भएर उम्रिएको भुत प्रेतआत्मा बस्ने रुख नै थियो चिल ले मान्छे पशुपंशी टुनिकोको रुख को गुडमा ल्याएर खाने गर्थियो र शिकारी पशुको शिकार गर्ने(सजिचंगबा)लाई टिपेर लगेर खायो| सजिचंगबा को साथी पुजिचंगबले त्यो चिल लाइ लिसोपासो मा पारेर मार्ने बिचार गर्यो र याङ्गखुम्बा ले त्यो भुत प्रेतात्मा को रुख लै ढालेर त्यहाँ बस्ने चिल लाई पनि मार्यो र सोघा भएको उत्पत्ति मुन्धुम मा आउछ | र सवायेतंग बाजाइबा ले रुख टोड्कामा चराले पनि गुड लगाई बसेको देखेर बाजाईबाले घर बनाउने मन गरेर औल बाट पारंगसिंग सखुवाको काठ मूल खाबा बनाउन ल्याएर त्यो मुल खाबो गाड्ने समयमा चेली खाप्पुनामा मेलंगनामा को केश बाट खसेको कैयो टिप्न खोज्दा अकालमा मृत्यु भएर खाप्पुना मरे पछी राम्रो कर्म सस्कार नगरेकोले खाप्पुना मेलंगना को आत्म सोघा भएको मुन्धुम आउछ। मैले जानेको यतिनै हो नोगेन रो
भुमि सौदेन लिम्बु