मुन्धुम अध्ययन केन्द्र नेपाल जिल्ला शाखा ताप्लेजुङको दर्ता प्रक्रिया सम्पन्न ।

525

मितिः २०८० पुष १९ गते । धरान, सुनसरी ।

  1. सिरिजङ्गा गाउँ पालिका वडा नं. ३ ओसेमा शाख कार्यालय रहेको मुन्धुम अध्ययन केन्द्र नेपालको जिल्ला शाखा ताप्लेजुङ को दर्ता प्रक्रिया आज सम्पन्न भएको छ ।
  2. महान् राष्ट्रिय विभूति त्येअङ्सी सिरिजङ्गाको जन्मथलो रहेको गाउँपालिकामा मुन्धुम अध्ययन केन्द्र नेपाल जिल्ला शाखा ताप्लेजुङको कार्यालय रहेको छ ।
  3. आफ्ना उद्देश्य अनुसारका गतिविधिहरू निर्बाध र सहज रूपमा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मुन्धुम अध्ययन केन्द्र नेपाल जिल्ला शाखा ताप्लेजुङलाई प्रचलित कानुन अनुसार अनुमति प्रदान गरेको छ ।
  4. उक्त मुन्धुम अध्ययन केन्द्र नेपाल जिल्ला शाखा ताप्लेजुङको नाममा ३ रोपनी नम्बरी जग्गा पनि चाँडै पास हुने तयारी समेत अगाडि बढेको छ ।
  5. सावा येहाङ याक्थुङ मुन्धुम सङ्कलन, अध्ययन, अभिलेखीकरण र प्रकाशनका साथै सो सम्बन्धी क्रियाकलापहरू ताप्लेजुङबाटै गर्न सहज हुने बताइएको छ ।